राधा धनश्याम मन्दिर केलादीधाममा श्रीमद्भागवत महायज्ञ ज्ञान सप्ताह हुने

पाल्पा, रामपुर नगरपालिका वडा नं.- ३, केलादीधाम राधा घनश्याम मन्दिरमा श्रीमद्भगवदत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले  उद्घाटन गर्नुहुदै कालीनदी किनारमा रहेको पवित्र  धार्मिक स्थलमा महायज्ञ हुनु महत्त्वपूर्ण रहेको बताउँनुहुदै उहाँले यस धार्मिक क्षेत्रलाई धार्मिक पर्यटन प्रवर्द्धनका लागि आफुले पहल गरेको बताउँनुभएकाे छ । धर्म संस्कार र सस्कृति बचाउँन सबै मानिसमा विवेक विचार र भावनामा सुधार हुनुपर्छ भन्दै उहाँले नगरपालिकाको तर्फबाट मन्दिरकाे विकास एवं गाैशाला संरक्षण गर्नका निम्ति रू:-१ लाख ११ हजार रूपैयाँ सहयोग  रकम प्रदान गर्ने घोषणा गर्नुभएको छ।राधा घनश्याम मन्दिर प्राङ्गणकाे कार्यक्रममा बाेल्दै रामपुर नगरपालिका वडा नं.-३, वडाअध्यक्ष दामोदर पाठक, समाजसेवी उमनाथ अर्याल कथा बाचक पण्डित राधासरण काफ्ले लगाएतले भनाइ राख्नुहुदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।राधा घनश्याम मन्दिर ब्यबस्थापन समिति अध्यक्ष पण्डित छबिरमन उपाध्याय सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेबी बोधराज सुवेदीकाे स्वागत महायज्ञ व्यवस्थापन समिति प्रचारप्रसार सचिव समीर पाैडेलकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *