रामपुरकाे टापु धाममा शिवलिङ्ग स्थापना सहित राेट महाेत्सव हुने

पाल्पा , रामपुर नगरपालिका – १, शालिग्रामक्षेत्र, टापुधाममा १२ लाख १२हजार आठ सय ८८ शिवलिङ्ग स्थापना एवं रोट महोत्सव हुने भएको छ । धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह अग्नि शम्शेर प्रताप शाहको संकल्प अनुसार यहि भाद्र ११ र १२ गते अनुसार शिवलिङ्ग स्थापना गर्न लागिएको हो । रामपुर नगरपालिकाको सभाहलमा कार्यक्रम गर्दै रामपुरका राजनैतिक दल र पत्रकारहरुलाई शिवलिङ्ग स्थापना एवं रोट महोत्सवको बारेमा जानकारी गराईएको थियो ।

योगी अक्षर ब्रम्ह अग्नि शम्शेर प्रताप शाहले नेपाललाई अखण्ड राख्नु पर्छ भन्ने संकल्पका साथ विगत ४ वर्ष देखि ३ करोड शिवलिङ्ग स्थापन गर्ने अभियान सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो । टापुधाम दिव्य भूमि रहेको भन्दै यस वर्ष १२ लाख १२ हजार ८ सय ८८ शिवलिङ्ग स्थापना गर्न लागिएको जानकारी दिनुभयो । माटो बाट निर्माण भएको शिवलिङ्ग जोडेर जमिन माथि २ फिट अग्लो शिलाको पञ्चमुखी शिवलिङ्ग स्थापना गरिने जानकारी दिनुभयो ।

मुलुकलाई गुरुदेशको रुपमा निर्माण गर्ने हो भने पूर्खाले जस्तै भगवानलाई मान्न र नेपाली संस्कृतिलाई मान्नु आवशयक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख बालकुमारी थापाले रामपुर नगरपालिकाले कालीगण्डकी किनारमा अवस्थित टापु धामको आफ्नै पहिचान रहेको भन्दै धार्मिक पर्यटन प्रवर्द्धनका लागि रामपुर नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

११ लाख १ हजार आठ सय ८८शिवलिङ्ग स्थापनाकाे अवसरमा रोट महोत्सव गरिने संयोजक एवं वडा नं. १ का वडाअध्यक्ष कपिलबहादुर खाँणले जानकारी गराउनुहुदै उहाँले यस अघि टापु धाममा नेपाल पर्यटन बोर्ड र रामपुर नगरपालिकाको सहकार्यमा शालिग्राम संग्राहालय स्थापना भएको समेत कार्यक्रममा जानकारी गराउनुभयाे।उहाँले टापुधामलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न शिवलिङ्ग स्थापना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार भाद्र ११ गते विशेष पूजा पश्चात काठमाण्डौंबाट शिवलिङ्ग ल्याई प्राण प्रतिस्था गरिने छ ।१२ गते बिहान पूजा आरधना सहित सत्सड्ड र आर्शिवचन हुनेछ ।

योगी नरहरीनाथकी अत्यन्त प्रिय चेली नरदेवी नाथ देखि गोरक्ष जागरण अभियानका संयोजक गुरुदेव बलभद्र नाथजी महाराज र डाक्टर योगी दयानाथजीको नियमित साधना वmेन्द्रको रुपमा रहेको पवित्र कालीगण्डकी तटमा अवस्थित टापुधाममा धार्मिक पर्यटन विकासको लागि शिवलिङ्ग स्थापना एवं रोट महोत्सव हुन लागेको हो ।कार्यक्रममा प्रसादको रुपमा रोट खुवाईने छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, कार्यपालिका सदस्य सिमादेवी थापा, नेपाली कांग्रेस रामपुर उपसभापति क्याप्टेन देवबहादुर थापा मश्राङ्गी, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यमबहादुर सुनार, एकिकृत समाजवादीका कमल सेन, नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल सहित रामपुरमा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको रामपुर नगरपालिका प्रेस सल्लाहकार दानु हिस्की मगरकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *