रामपुरकाे तालपाेखरा साँस्कृतिक उत्सव सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाकाे, तालपाेखरा, सय पर्यटकिय गन्तव्यमा पर्न सफल पर्यटकीय स्थान   तालपोखरा विशेष विविध सांस्कृतिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका -६, मा रहेको तालपाेखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ वर्षकाे अवसरमा दुई दिने तालपाेखरा उत्सव कार्यक्रम सञ्चालन गरेको हो ।

तालपाेखरा साँस्कृतिक उत्सव कार्यक्रमलाई एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठले उट्घाटन गर्नुहुदै उहाँले रामपुर क्षेत्र र रामपुरसंग जाेडिएका गाउँपालिकाहरूकाे पर्यटन विकास तथा पाल्पाको पूवक्षेत्र पहिचानका लागि तालपोखराले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठले रामपुरकाे    विकासका लागि तालपोखरासंगै नगर भित्रका अन्य पर्यटकिय स्थलहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताउँदै उहाँले यसकाे प्रचारप्रसार गर्नसके मात्र रामपुर पर्यटकीयरूपमा थप आकर्षण बढ्ने सक्ने उहाँले कार्यक्रममा बताउनुभयो ।

कार्यक्रममा बाेल्दै उहाँले आफू प्रदेशसभा मार्फत रामपुरकाे पर्यटन विकासका लागि सकेको पहल गर्ने भन्दै विकास  निर्माणमा पहल गर्ने प्रतिवद्धता समेत जनाउँनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं  वडा नं. १ का वडाअध्यक्ष कपिल बहादुर खाँणले तालपोखरा नगरकै गहनाको रुपमा रहेको भन्दै यसकाे संरक्षण  एवं उत्थानका लागि नगरपालिका कटिवद्ध भएर लागेको बताउनुहुदै उहाँले रामपुर नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तालपाेखरा  संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले पर्यटन प्रवर्द्धनका लागि तालपाेखराकाे  व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले नयाँ वर्ष विषेश साँस्कृतिक उत्सव कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउँनु भयाे । साँस्कृतिक उत्सव कार्यक्रममा तालपोखरा संरक्षण समितिका उपाध्यक्ष मित्रा ढकालले तालपाेखरा आउने आगन्तुकहरूलाई स्वागत गर्नुहुदै उहाँले विगतका वर्षहरुमा शिवरात्रीको दिन  कार्यक्रम गरिदै आएको भएता पनि यस वर्ष भने  रामपुर महोत्सव हुने भएकाले पनि नयाँ वर्षको अवसरमा कार्यक्रम गरिएको बताउँनुभयो ।

दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष एवं गायक बद्री पंगेनी र गायक बसन्त थापा, राजन कार्की, अर्जुन सापकोटा, गायिका मञ्जु पौडेल, कला लम्साल, तुलसा जिसी सहित नृत्यकार वर्षा क्षेत्री  र सृष्टि विश्वकर्मा लगायतको प्रस्तुति रहनेछ ।

तालपोखरामा डुङ्गा सयर गर्ने तथा पार्कमा रमाउने पुग्नेहरुको घुँईचो लागेको थियो । कार्यक्रमलाई लक्ष्यित गरी तालपोखरा संरक्षण समितिले काठ र फाईवर बाट बनेको पाँच वटा डुङ्गा सञ्चालन गरेको थियो । साथै कार्यक्रमलाई लक्ष्यित गरी दुई  वटा र्‍यापटिङ्ग बोट थप गरिएको थियो ।साँस्कृतिक उत्सव कार्यक्रममा सुक्रवार लोक तथा दोहोरी गायिका मञ्जु पौडेल, कला लम्साल, गायक कृष्ण सुवेदी,संकल्प लामिछाने  र नृत्यकार वर्षा क्षेत्रीकाे प्रस्तुति रहेने छ। भने बाँकी अन्य  कलाकारहरूको प्रस्तुति शनिबारकाे दिन हुनेछ । नयाँ वर्षको अवसरमा हजारौं दर्शकहरु घुम्न तथा कार्यक्रममा रमाउन तालपोखरा पुगेका थिए ।

तालपोखरा संरक्षण समिति अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएको तालपाेखरा साँस्कृतिक उत्सव कार्यक्रम सञ्चालन समितिका सदस्य जनक भण्डारी र गायिका मञ्जु पौडेलकाे संचालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *