रामपुरमा लाेक सेवा तयारी कक्षा सञ्चालन

पाल्पा, रामपुर नगरपालिकाले रामपुर क्षेत्रमा बस्ने विद्यार्थीकाे आवश्यकतालाई मध्यनजर गर्दै लाेक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । रामपुर नगरपालिका नगर कार्यपालिका सदस्य दुर्गादेवि भण्डारी गौतमले कार्यक्रममा बाेल्नुहुदै यस क्षेत्रका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरेर नै नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको उहाँले बताउँनुभयो । 

यस्तै लाेकसेवा तयारीकक्षा सञ्चालन कार्यक्रममा  रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले कक्षामा सिकाईएका ज्ञान र सिपको अधिकतम् सदुपयोग गरि अगाडी बढ्न आग्रह गर्नुभयो। शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाका स्ववियू सभापति ल्याकत अलिले नगरपालिकाले विद्यार्थीहरुको चहानालाई बुझेर सहि समयमा कक्षा सञ्चालन गरेकोमा धन्यवाद  ब्यक्त गर्नुहुदै उहाँले बढि भन्दा बढि विद्यार्थीलाई समेट्न आग्रह गर्नु भएको थियो ।

रामपुर नगरपालिका नं.५का अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेको स्वागत र नगर प्रेस सल्लहाकार दानु हिस्की मगरको सञ्चालनमा  कार्यक्रम सम्पन्न भएको हो ।

रामतुलसी नमुना माध्यमिक विद्यालयमा भएको तयारी कक्षाको सञ्चालन पहिलो दिन मालपोत कार्यलय रामपुरका अधिकृत होम बहादुर थापाले गर्नु भएको छ । एक महिना सम्म सञ्चालन हुने लाेक सेवा तयारी कक्षा सञ्चालनमा एक सय अठार जनाकाे सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *