रामपुर नगरपालिकाकाे बजेट नीति तथा अन्य वित्तीय विषयहरु माथि सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाकाे आयाेजनामा काेष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको छ । बजेट तथा अन्य वित्तिय विषयहरु सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम गर्दै रामपुर नगरपालिका पाल्पाले आर्थिक वर्षको बजेट निर्माण तथा नीति कार्यक्रममा बोल्नुहुदै रामपुर नगरपालिका नगरप्रमुख रमणबहादुर थापाले राजश्व र बजेटको स्रोत पहिचान गर्न नसक्दा स्थानीय तहको बजेट तथा नीति निर्माणमा प्रभाव पर्ने गरेको उहाँले बताउँनुभयो । स्थानीय तहमा आन्तरिक स्रोतको पहिचान गरि राजश्व संकलन गर्न नसक्दा सोँचे अनुसारको आन्तरिक आम्दानी गर्न नसकेको बताउँनुहुँदै उहाँले संघ तर्फको बजेट भए पनि समयमा खर्च हुन नसक्नु दुखद पक्ष रहेको उल्लेख गर्नुभयो ।अभिमुखिकरण कार्यक्रमले बजेट निर्माणमा अपनाउनु पर्ने नीति प्रक्रिया र राजश्व संकलन , योजना संचालन तथा भुक्तानी लगाएतका विषयमा प्रष्ट पारेको नगर प्रमुख थापाले कार्यक्रममा बताउँनुभयो ।

कार्यक्रमको सहजिकरण गर्नुहुदै कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पा प्रमुख शशीन्द्र खातिले पाल्पाका हरेक स्थानीय तहले अनुमान गरे भन्दा धेरै कम आन्तरिक आम्दानी गरेको बताउँनुहुँदै उहाँले यस तालिमले पालिकाको योजना निर्माण, संचालन संगै समग्र पालिकाको विकास निर्माणमा प्रभाव पार्ने बताउँनुभयाे। उहाँले स्थानीय तहको आन्तरिक स्रोतको सही पहिचान गरि बजेट निर्माण गर्न आवश्यकता रहेको बताउँदै उहाँले कार्यक्रमकाे सहजीकरण गर्नुहुदै कर राजश्व बृद्धि तथा पालिका र विभिन्न निकाय बीचको अन्तर सम्बन्ध , आन्तरिक कर व्यवस्थापन ,योजना बजेट तर्जुमाका चरण , बजेटको पूर्व तयारी , बजेट सिमा निर्धारण गर्ने विधि लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

रामपुर नगरपालिकाकाे सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका वडाअध्यक्ष, जनप्रतिनिधि र कर्मचारीहरूकाे सहभागीतामा रामपुरमा भएको अभिमुखीकरण कार्यक्रमकाे रामपुर नगरप्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *