रामपुर नगरपालिकाका अव्यवस्थित जग्गाधनीहरुलाई राष्ट्रिय भूमि आयाेगले गर्याे जग्गाधनी प्रमाण पुर्जा वितरण

पाल्पा, राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुर नगरपालिकाभित्र अव्यवस्थित रूपमा बसाेवास गर्ने ३ सय ५४ जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । रामपुरमा ५० वर्षअघि देखिको अव्यवस्थित बसोबासीहरूको समस्याकाे रूपमा रहेको जग्गा सम्वन्धि समस्याको समाधान गर्दै रामपुरमा दोस्रो चरणमा एक कार्यक्रमकाे आयोजना गरि जग्गाधनी पूर्जा वितरण गरिएकाे राष्ट्रिय भूमि आयाेग पाल्पाले बताएको हो । आयोगले पहिलो चरणमा गत पुस ८ गते २ सय ६२ जना जग्गा धनीलाई पूर्जा वितरण गरेको थियो ।

रामपुरमा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले अबको २ वर्ष भित्र नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त बनाउने गरी आयोगले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको उहाँले बताउँनुभयो । देशमा भूमि हिनताको अन्त्यको लागि देश व्यापीरुपमा अभियान सञ्चालन गरेको बताउँदै उहाँले भन्नुभयो, “स्थानीय तहहरुको सहयोग प्रर्याप्त भएको स्थितिमा आउने २ वर्ष भित्र सधैंका लागि भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमि सम्बन्धी समस्यालाई अन्त्य गर्न, नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त देश बनाउन लागि रहेका छौं ।” भूमिहिन दलित, भूमि हिन सुकुम्बासीलाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउन, अव्यवस्ति बसोबासीहरुलाई तोकिएको शुल्क लिएर जग्गा उपलब्ध गराउनका लागि सरकारले राष्ट्रिय भूूमि आयोग गठन गरेको बताउँदै भूमि हिनताको राष्ट्रिय अभियानको रुपमा आयोगले लालपूर्जा तयार गर्ने वितरण गर्ने लगाएतका कामहरु देश व्यापी रुपमा गरिरहेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशमा ५० लाख भन्दा धेरै नागरिक भूमि हिनताको अवस्थामा रहेका छन् । अहिले देशैभर बाट साढे १३ लाख भन्दा बढी जनताले राष्ट्रिय भूमि आयोग समक्ष निवेदन पेश गरेका छन् । जस मध्ये ८ लाख ३६ हजार भन्दा धेरै निवेदनहरु कम्प्युटर प्रणालीमा इन्ट्री भएका छन् । १ लाख २५ हजार भन्दा धेरै कित्ता जग्गाहरु नापजाँच भैसकेको छ । २५ सय लालपूर्जा वितरण भैरहेको छ ।” रामपुर नगरका भुमिहिन दलित ५७, भुमिहिन सुकुम्बासी ६१ ज्ना र अव्यवस्थित बसोबासी ४ सय २७ जनाको इन्ट्री भएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहन लाल गैरेले पहिलो र दोस्रो चरणमा गरी हाल सम्म रामपुरमा हाल सम्म ६ सय १६ वटा लालपूर्जा वितरण भएको बताउनुभयो । रामपुरको अव्यवस्थित बसोबासीको समस्या धेरै पहिले देखिको भएकाले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार ६ सय १६ अव्यवस्थि जग्गाधनी पूर्जा वितरण बाट १० करोड २४ लाख ९ हजार ६ सय ३७ राजस्व संकलन भएको छ । हाल सम्म ९४ रोपनी, १३ आना, २ पैसा ०९८ दाम क्षेत्रफलको जग्गालाई पूर्जा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले सबैको साथ र सहयोगले हाल सम्मको उपलब्धी प्राप्त भएको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका आयोगलाई साथमा लिएर अघि बढेको बताउनुभयो । उहाँले अहिले प्राप्त भएका जग्गा धनी प्रमाण पुर्जा प्रक्रियागत रुपमा दर्ता भए पछि मात्र जग्गाधनी ढुक्क हुने बताउनु भएको छ । उहाँले प्राप्त जग्गाको श्रेस्ता कायम छिटो गर्न अनुरोध गर्दै अव्यवस्थित जग्गामा बनेका घरको अभिलेखिकरण नगरपालिकामा गर्न आग्रह गर्नुभयो ।

तत्कालीन रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यकाे लागि र हालकाे रामतुल्सी, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि लगायतका विद्यालयहरूले विद्यालय सञ्चालनकाे लागि तत्कालीन समयमा बिक्री गरेको जग्गामा बसाेबास गरिरहेका स्थानीयहरूलाई जग्गा धनी पूर्जा वितरण गरिएसंगै खुशी भएको हुन्। वि.सं.२०५५ सालसम्ममा बिक्री वितरण भएका रामपुर नगरपालिका वडा नं. ५,६ र ७ का जम्मा ७ सय ८३ वटा घडेरी मध्ये पहिलो र दाेस्राे चरणमा गरि जग्गाधनी पूर्जा वितरण गरिएको जानकारी राष्ट्रिय भूमि आयाेग पाल्पा अध्यक्ष माेहनप्रसाद गैरेले बताउँनुभयाे ।

कार्यक्रम रामपुर नगरपालिका नगरप्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले स्वागत गर्नुभएको थियोे भने योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *