रामपुर नगरपालिकाद्धारा बाल दिवसको अवसरमा विद्यार्थी सम्मान सहित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाले ५९ औँ बाल दिवसका अवसरमा विद्यार्थी सम्मान तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । रामपुर नगरपालिकाले २०७९ सालमा माध्यमिक शिक्षा परिक्षा एसईईमा ३ं.६५ जिपिए र सो भन्दा बढि जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । विद्यार्थीहरुलाई नगद र सम्मान पत्रले सम्मान गरेको हो ।

विद्यार्थीहरुलाई सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाले बालबालिका र शैक्षिक क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । उहाँले बालबालिका र विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा जोड दिनु आवश्यकता औँल्याउनुभयो । नगर प्रमुख थापाले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षामा जोड दिनका लागि रामपुर नगरपालिकाले हरेक शुक्रबार बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । “किताबी ज्ञान मात्रै शिक्षा होईन, व्यवहारिक शिक्षाले मात्र बालबालिका र विद्यार्थीहरुको जिवनमा सकारात्मक प्रभाव पार्छ ” नगर प्रमुख थापाले भन्नुभयो । साथै उहाँले बालबालिकको प्रतिभाको पहिचान गरि उनिहरुको चहाना अनुसार शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख थापाले बालबालिकाको अधिकार सुनिश्तिताका लागि नगरपालिका सधैै प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बालबालिकाको हरेक अधिकार सुरक्षित गर्न र बालबालिकाको सुनौलो भविष्यका लागि नगरपालिकाले धेरै लगानी गरेको बताउनुभयो । साथै बालमैत्री स्थानीय शासन कायम गर्नका लागि नगरपालिकाले विभिन्न सुचकहरु अबलम्बन गरिरहेको बताउनुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका सल्लहाकार कृष्ण प्रसाद पौडेल , रामपुर नगरपालिका शिक्षा समितिका सदस्य सुन्दर प्रसाद देवकोटा , गोविन्द प्रसाद पौडेल लगाएतले बोल्दै बालबालिकाको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

बाल दिवसका अवसरमा भएको माध्यमिक तह स्तरिय “बालबालिकामा लगानी , सुनिश्चित भविष्यको थालनी” विषयक वक्तृत्वकला प्रतियोगितामा रामतुलसी माध्यमिक विद्यालयकी सञ्चिता थापा प्रथम , दरैठाँटी माध्यमिक विद्यालयकी पूर्णिमा खनाल द्धितिय , भूपू सैनिक राईजिङ ईंिग्लस सेकेण्डरी स्कुलकी मनिषा नेपाली तृतिय र भानुभक्त माध्यमिक विद्यालय जब्गादीका सृष्टि काफ्ले सान्तवना भएका छन् । उनिहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा नगर भित्रका १० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । रामपुर नगरपालिका शिक्षा समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *