रामपुर शीत भण्डार एक हप्ताका लागि खुल्ला 

पाल्पा, रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुल्ला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो । कृषक तथा उपभोक्ताले राखेको आलु निकाल्नका लागि शीत भण्डार आईतबार देखि आगामी कार्तिक १८ गते सम्म खुल्ला गरिएको छ । 

शीत भण्डारको औपचारिक रुपमा खुल्ला गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले यस क्षेत्रका कृषकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गरि शीत भण्डार सञ्चालन गरेको बताउनुभयो । उहाँले कृषि उपज भण्डारणका लागि नगरपालिकाले शीत भण्डार निर्माण गरे पनि पर्याप्त मात्रामा कृषि उपज राख्न नसक्नु दुखद् भएको बताउनुभयो । भण्डारण क्षमता धेरै भए पनि कृषि उपज भण्डारण नभएको बताउनुभयो । साथै उत्पादनमा वृद्धि गरी उत्पादित बस्तु शीत भण्डारमा भण्डार गरी ढुक्क हुन आग्रह गर्नुभयो । सञ्चालनको पहिलो वर्षमा प्राविधिक त्रुटीका कारण शीत भण्डारमा केही समस्या देखिए पनि अहिले त्यस्तो समस्या नरहेको भन्दै ढुक्का साथ शीत भण्डारमा कृषि उपज भण्डारण गर्न कृषकहरुलाई आग्रह गर्नु भएको छ । 

सुर्योदय कृषि सहकारी संस्थाका अध्यक्ष बुद्धिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सहकारी संस्थाका सचिव विष्णु रेग्मीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन शीत भण्डारका व्यवस्थापक भुपति पाण्डेले गर्नु भएको थियो । रामपुर नगरपालिका र सुर्योदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको सहकार्यमा शीत भण्डार संचालन हुँदै आएको छ । आलु निकाल्नका लागि आईतबार देखि खुल्ला गरिएको शीत भण्डार कार्तिक १८ गते सम्म विहान १० बजे देखि ५ बजे सम्म खुल्ला रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *