रामपुर साहित्यिक प्रतिष्ठानकाे स्थापना दिवसमा रामकुन्जिका पुस्तक लाेकार्पण सहित रचना वाचन

शाेभाकान्त पाठक रामपुर पाल्पा, रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाको नाैऔँ स्थापना दिवसकाे अवसरमा स्रष्टाकाे रचना वाचन संगै रामकुन्जिका पुस्तक लोकार्पण गरिएको छ। रामपुर साहित्यिक प्रतिष्ठान रामपुर, पाल्पाका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा रहनुभएको थियो ।

मुख्य पाहुना नगरप्रमुख थापाले नेपाली साहित्यको विकास र समाजको विकासमा यस्ता कार्यक्रमहरूले इट्टा थप्ने काम गरेको बताउँदै उहाँले रामपुर साहित्यिक प्रतिष्ठानले कालीगण्डकी बेसी साहित्यक्षेत्रको विकासमा उच्च स्तरीय र प्रसंशायाेग्य काम गर्ने गरेको बताउँनुभयो । रामपुरकाे विकाशमा साहित्यिक संस्थाले गरेको याेगदानकाे चर्चा गर्दै नगरप्रमुख थापाले साहित्यकार एवं साहित्यिक संस्थाकाे विकासका लागि रामपुर नगरपालिका सधैं साथमा रहेको पनि नगरप्रमुख थापाले बताउँनुभयो ।

कार्यक्रममा साहित्यकारहरु गोपालप्रसाद भण्डारी , पुष्करराज रेग्मी,राजन न्यौपाने, डाक्टर टंकप्रसाद पन्त, सीता ज्ञवाली, रामप्रसाद गैरे, समाजसेवी धनबहादुर राना, लेखनाथ पोखरेल लगायतले आ-आफ्नो रचना बाचन र साहित्यिक प्रतिष्ठानलाई शुभकामना दिनुभएको थियोे । रचना वाचन गर्दै स्रष्टाहरूले कार्यक्रममा बोल्दै साहित्य क्षेत्रको विकासमा यो कार्यक्रम निकै फलदायी एवं महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा उहाँहरुले साहित्यिक क्षेत्रको माध्यमबाट समाजकाे रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्न सकिने बताउँनुभएकाे थियो ।

रामपुर नगरपालिका-६ स्थित दरैँठाटी माध्यमिक विद्यालयकाे सभाहलमा भएको कार्यक्रममा रामकुन्जिका पुस्तक लोकार्पण गर्नुका साथै साहित्यकार स्रष्टाहरुले सिर्जना गरेको आ-आफ्नो रचनालाई वाचन गर्नुभएको थियो । विभिन्न स्रष्टा एवं साहित्यिक व्यक्तिहरुको कथा, लोकभजन, बालन, मुक्तक, गजल, कविता लगायतकाे लेख रचना विषयबस्तु समिटिएकाे पुस्तक बिमोचन गरिएको हाे । कार्यक्रममा रामपुर साहित्यिक प्रतिष्ठान पाल्पाका सदस्यहरू सरिता रेग्मी र समिर पौडेलले स्वागत तथा सदस्य दिपकमणी अर्यालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।रामपुर साहित्य प्रतिष्ठानकाे कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, काठमाडौं लगायतका ठाउँहरुबाट पाल्पा आउनुभएका साहित्यकार स्रष्टाहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्था आजीवन तथा विशिष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *