राेटरी क्लब अफ पाल्पा लुम्बिनीको निःशुल्क स्वास्थ्य शिविर

पाल्पा,बगनासकाली गाउँपालिका-९ चापपानीमा अवस्थित कालिका आधारभूत विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । रोटरी क्लब अफ पाल्पा लुम्बिनीको आयोजनामा भएको उक्त नि:शुल्क स्वास्थ्य शिविरमा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेड प्रभासको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन भएको हाे। राेटरी क्लव अफ पाल्पा लुम्बिनीकाे आयोजनामा गरिएको स्वास्थ्य शिविर कार्यक्रममा स्कुल हेल्थ कार्यक्रम अन्तर्गत रही बाल तथा दन्तरोग सम्बन्धी निःशुल्क स्वास्थ्य चेकजाँच गर्दै स्वास्थ्य शिविर सम्पन भएको हो। कालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले स्वास्थ्य शिविरमा ५५ जना बढीले बाल तथा दन्तरोग सम्वन्धि स्वास्थ्य चेकजाँच गराई सेवा लिएका हुन्। लुम्बिनी मेडिकल कलेजकाे प्राविधिक टिम सहित बगनासकालीकाे चापपानी पुगेको राेटरी क्लब अफ पाल्पा लुम्बिनीकाे टिमले स्वास्थ्य जाँच गर्दा धेरै जसो बालबालिकाहरुमा पेटको समस्या,ग्याष्ट्रिक एवं दात किराले खाने समस्या रहेको क्लवले जनाएको छ।

शिविरको समापन कार्यक्रममा बगनासकाली- ९ का वडाध्यक्ष थानेश्वर तिमिल्सिनाले मेडिकल कलेज र रोटरीले स्वास्थ्य क्षेत्रमा गरेको योगदान महत्वपुर्ण रहेको बताउँनुभएको छ ।

बालरोग बिशेषज्ञ डा.रमेश खड्काले खानपिनलाई मात्र ध्यान दिने हो भने पनि रोग लाग्ने सम्भावना निकै कम हुने हुदा त्यस तर्फ सचेतना फैलाउन सबैले आ-आफ्नो तर्फबाट पहल गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । डा.खड्काले जङफुड खानाले बालबालिकाको स्वास्थ्यमा बिकराल समस्या ल्याउन सक्ने हुँदा हरेक अभिभावकले ध्यान पुर्‍याउन अनुरोध गर्नु भएको थियो । कालिकाआधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरी अर्यालले बालबालिकामा बढ्दो स्वास्थ्य समस्यालाई मध्ये नजर गरि बगनासकालीकाे चाँपपानीमा स्वास्थ्य शिविरको आयोजना गरिएको बताउँनुभयो । शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्णलाई निःशुल्क स्वास्थ्य चेकजाँच तथा नि:शुल्क औषधी समेत उपलब्ध गराइएको जानकारी गराउँनुभयाे। उहाँले भन्नुभयो नि:शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँच गराई रेफर भएर आउने विद्यार्थीहरुका लागि लुम्बिनी मेडिकल कलेजबाट दस प्रतिशत छुटमा सेवा उपलब्ध हुने बताउँनुभयाे ।

रोटरी क्लब अफ पाल्पा लुम्बिनीका अध्यक्ष रमेश न्यौपानेले विद्यालयमा आएर सेवा दिन पाउदा निकै खुसी लागेको बताउँनु भयाे । उहाँले आउँदा दिनहरुमा पनि आवस्यक ठाउँमा स्वास्थ्य शिविर सञ्चालन लगायत अन्य विभिन्न सामाजिक गतिविधिका कार्य गर्दै जाने बताउँनुभयो ।

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा प्रधानाध्यापक जीवराज घिमिरले कालिकाआधारभूत विद्यालयमा शिविर सञ्चालनलाई छनोट गर्नुभएकोमा रोटरी क्लब पाल्पा लुम्बिनी तथा लुम्बिनी मेडिकल कलेज सहित सहयोग गर्ने सम्पूर्ण दाता प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

शिविरमा बाल रोग विशेषज्ञ रमेश खड्का र दन्तरोग बिशेषज्ञ बिनेक न्यौपाने सहित चिकित्सकहरुद्धारा स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा तानसेन-७ का वडाध्यक्ष प्रदिप खनाल,लुम्बिनी मेडकिल कलेजका सुजन कार्की लगायत स्थानीय समाजसेवी हरुको सहभागीतामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन कार्य सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *