राेटरी क्लब अफ पाल्पा लुम्बिनीको नि:शुल्क स्वास्थ्य शिविर

भक्तिराम न्याैपाने पाल्पा, राेटरी क्लव अफ पाल्पा लुम्बिनीलेक्लवकाे वार्षिक कार्ययाेजना अनुसार राेटरी डे काे अवसरमा पाल्पा तथा स्याङ्जाकाे संङ्गमस्थल रामनदि धाम राम्दीस्थितशिव पार्वती बृद्धआश्रम तथा बहुउद्देश्यीय संस्थामा रहनुभएकाबृद्धबृद्धाहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभासकाे प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य चेकजाँच गर्नुका साथै पाेष्टिक आहार र कम्मल वितरण गरेको छ ।राेटरी क्लव अफ पाल्पा लुम्बिनीको राेटरीयन सदस्यकाे आर्थिक सहयोग लुम्बिनी मेडिकल कलेजकाे प्राविधिक सहयोगमा बृद्धबृद्धाहरूलाई स्वास्थ्य चेकजाँच गर्नुका साथै पाेष्टिकआहार एवं कम्मल वितरण गरिएको हाे ।

क्लवसंग जाेडिनुभएका विविध क्षेत्रका राेटरीयन सदस्यहरूकाेपहलमा सहयोगी मनलाई एक सुत्र गर्दै क्लवकाे वार्षिक कार्य याेजना अनुसारको कार्यक्रम अन्तर्गत पाेष्टिक आहार ,कम्मल रस्वास्थ्य शिविर मार्फत स्वास्थ्य चेकजाँच गरिएको राेटरी क्लवअफ पाल्पा लुम्बिनीका प्रेसिडेन्ट राेटरीयन रमेश न्याैपानेले बताउँनुभयाे ।कार्यक्रममा राेटरी क्लव अफ पाल्पा लुम्बिनीका पाष्ट प्रेसिडेन्ट राेटरीयन निर्दाेष खनालले सामाजिक क्षेत्रमा विशिष्ट व्यक्तिहरूर सहयोगी मनहरूलाई क्लवमा जाेड्दै सामाजिक रूपान्तरणमा जागरूक बनाउने एवं सामाजिक सहयोग सक्रिय बनाउने कामक्लबले गर्ने गरेको जानकारी दिनुभयो ।राेटरी क्लव अफ पाल्पा लुम्बिनीको नि:शुल्क स्वास्थ्य शिविर एवं पाेष्टिक आहार र कम्मल वितरण कार्यक्रममा विभिन्न क्षेत्रमारहेका समसामयिक चुनाैती तथा अवसरलाई आ-आफ्नो स्थान बाट हातेमालो गर्दै क्लबले बनाएको वार्षिक कार्यक्रम अनुसारकार्ययोजना पूरागर्न सबै राेटरीयनहरू एक भएर कार्यान्वयनमाजानुपर्ने राेटरी क्लवकी सर्भिस प्राेजेक्ट चियर शिखा पहारीलेबताउँनुभयाे ।

कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका भाइस प्रिन्सिपल डाक्टर रूवनराज जाेशीले क्लबले गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट आश्रममा रहेका बृद्धबृद्धाहरूकाे स्वास्थ्य उपचारमाटेवा पुगेको बताउँदै उहाँले नि:शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य चेकजाँच र औषधी वितरण गरेको जानकारी गराउँनुभयाे ।

कार्यक्रममा लुम्बिनी मेडिकल कलेज कम्पनी सचिव राेटरीयन कृष्ण पराजुली , क्लवका प्रेसिडेन्ट इलेक्ट राेटरीयन प्रदिप खनाल , नाेमिनी राेटरीयन लक्ष्मण काेईराला,राेटरीयन गाेविन्दगाैतम उपाध्यायले शुभकामना दिनुभयो । राेटरी क्लव अफ पाल्पा लुम्बिनीको निःशुल्क स्वास्थ्य शिविर तथा पाेष्टिक आहार र कम्मल वितरण कार्यक्रममा डाक्टर विनियक न्याैपाने, प्रतिक्ष न्याैपाने, राेटरीयन डाक्टर हिमाल घिमिरेले स्वास्थ्य चेकजाँच गर्नुभएको थियोे । कार्यक्रममा शिव पार्वती बृद्धआश्रम तथा बहुउद्देश्यीय संस्था रामनदि धाम प्रमुख सुनिल श्रेष्ठले क्लबले गरेको कामको प्रसंशा गर्दै शिविरकाे स्वास्थ्य चेकजाँचबाट समयमै राेगकाे पहिचान भई उपचारमासहयोग पुग्ने बताउँनुभयाे। कार्यक्रम राेटरीयन सदस्य राेमाकर घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *