रिब्दिकाेटकाे पाचौंँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सुरू

पाल्पा,रिब्दिकाेट गाउँपालिकाकाे आयोजनामा पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता गाउँपालिकाकाे लक्ष्मी आधारभूत विद्यालयकाे प्राङ्गण नयाँटाेलामा सुरु भएको छ । रिब्दिकाेट गाउँपालिकाकाे आयाेजना र रिब्दिकाेट गाउँपालिका खेलकुद विकास समितिकाे समन्वयमा सुरु भएको प्रतियोगिता “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ प्रतियाेगिता सुरु भएको हाे । माघ ७ गतेदेखि ९ गतेसम्म तीन दिन चल्ने प्रतियोगिताकाे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले उद्घाटन गर्नुभएको हाे । रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनु भएका घर्ती मगरले खेलले खेलाडीहरूलाई अनुशासित ,स्वस्थ्य एवं मर्यादित बनाउन,शारीरिक,बाैद्विक विकास सँगै राष्ट्रकाे चाैतर्फी विकास गर्न सहयोग पुर्‍याउने बताउँदै उहाँले राष्ट्रपति रनिङ्ग शिल्ड खेल प्रतियाेगिता राष्ट्रकाे अभिभावक रूपमा रहनु भएका राष्ट्रपतिकाे सम्मान स्वरूप ऐनमै व्यवस्था गरि समग्र खेल जगतकाे विकास एवं खेलाडीहरूकाे विकासका लागि राष्ट्रले प्राथमिकतामा राखी अगाडि बढाएको हाे उहाँले भन्नुभयो। यसले प्रत्येक वर्ष स्थानीय स्तरमा रहेका खेलाडीहरूकाे पहिचान समेत हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीकाे उत्पादनमा टेवा पुग्ने बताउँनुभयो ।

रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा बाेल्नु हुँदै फरक सन्दर्भमा सभामुख घर्तीमगरले रिब्दीकाेट गाउँपालिका प्राकृतिक स्राेतकाे हिसाबले कमि भएको गाउँपालिका रहेकाे बताउँनुहुँदै उहाँले गाउँपालिकाकाे समग्र विकास तथा कृषि,पशुपालन क्षेत्रबाटनै सम्भव रहेकाले पनि गाउँपालिकाले कृषि र पशुपालनलाई मध्ये नजर गरि आफ्ना गतिविधि अगाडि बढाएकाे भन्दै प्रशंसा गर्नु भएकाे थियो । गाउँपालिकाले याे वर्ष वडा न. ७ मा सुन्तला महाेत्सव गरि उदाहरणीय कार्य गरेको बताउदै आगामी बर्ष रिब्दीकाेट र रैनादेबी छहरालाई समेटी सुन्तला महाेत्सव गरिने समेत उहाँले कार्यक्रम जानकारी दिनुभयो । यसका लागि प्रदेश सरकारबाट सहयोग एवं सहकार्य गर्न तयार रहेको बताउँनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिकाे मन्तब्य दिदै भन्नुभयो आफुलेगरेको समाज शास्त्रीय अध्ययन अनुसार समाज तीन किसिमको धारमा रहेको बताउँदै उहाँले पहिलो स्व-विवेकीय धार दाेस्राे आज्ञाकारी धार तेस्रो अटेरी धार यी तीन धारले समाज चलेको प्रसङ्ग जाेड्दै उहाँले भन्नुभयो पहिलो स्व-विवेकीय धार जाे आफ्नो विवेकले काम गर्छ,दाेस्राे आज्ञाकारी धार जसले आज्ञा पाएपछि मात्र काम गर्छ र इमानदार छ,इमानदारीका साथ कामगर्छ, तेस्रो धार अटेरी धार जुन आफुले केही पनि गर्दैन र अरूलेगरेको पनि रूचाउँदैन,जतिबेला पनि झाँजाे हाल्ने गर्छ त्यस्तो प्रवृत्तिले समाजलाई हानि नाेक्सानी पुर्‍याउने गरेको हुन्छ भन्दै उहाँले पहिलो र दाेस्राे धारले तेस्राे धारकाे प्रवृत्तिसंग संघर्ष गर्नुपर्ने बताउँनुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाबाट राष्ट्रिय ,अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा गाउँपालिकाले शिक्षा तथा खेलकुदलाई केन्द्रित गरि बजेटकाे सुनिश्चितता गर्ने बताउँनुहुँदै उहाँले विद्यालयहरुलाई खेलाडी उत्पादनमा पर्याप्त सहयोग गर्ने र त्यसका लागि विधागत रुपमा खेलक्षेत्रमा खेलाडी विद्यार्थीहरूको आकर्षण बढाउनलाई आग्रह गर्नुभयो । रनिङ शिल्ड प्रतियोगितामा विशिष्ट अतिथिकाे मन्तब्य दिनुहुँदै उहाँले मानिसका लागि खेल शारीरिक र मानसिक स्वास्थ्यका लागि अपरिहार्य भएको चर्चा गर्दै विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न याेग्य बनाउन र दक्ष खेलाडी उत्पादन गर्ने उद्धेश्य अनुसार नै गाउँपालिकाले खेल र खेलकुदको विकासमा लागि रहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने गरि गाउँपालिकाले पर्याप्त लगानी गरेको बताउँदै उहाँले खेल स्वास्थ्यका लागि मात्र नभएर मानवको समग्र वृद्धि विकासका लागि खेलिने विधा संगै स्वस्फूर्त रूपमा खेल्ने विधा भएको बताउँनुभयाे।पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा नेपाली वडा अध्यक्ष मान बहादुर अस्लामी, काँग्रेस जिल्ला समिति सदस्य डा.माधवबहादुर थापा ,नेकपा एमाले रिब्दिकाेट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद खनाल ,रिब्दिकाेट गाउँकार्यपालिका सदस्य गाेमा थापा पचभैया र आदर्श मावि देउरालीका प्रधानाध्यापक निर्मलप्रसाद खनालले आ-आफ्नो धारणा सहितको शुभकामना मन्तब्य दिनुभएको थियोे ।

पाचौंँ राष्ट्रपति रनिङ शिल्ड कार्यक्रममा साेमकुमार कार्की, दानबहादुर कुँवर, नारायणबहादुर केसी ,चिरञ्जीवी पाेखरेल,ओमप्रसाद पाेखरेल, चुराबहादुर छहरी,सरस्वतीकुमार श्रेष्ठ, सुरेश ठकुरी ,हुमा दमाई ,गाेपालजंग रायमाझी , रिख बहादुर राना, तिलकबहादुर बगाले किशोर अर्याल ,दिपक कुँवर, सुरेश प्रसाद गाैतम,ढालबहादुर उचै,नारायण चिदी,सिर्जना बुढा, यादवसिंह कुँवर ,जनक आचार्य ,गाेविन्द खड्का,रिता राना,मिनाकुमारी पचभैया र पत्रकार नवराज ज्ञवाली ,सन्तोष गहजराज,कमल अधिकारीकाे उपस्थिति रहेको थियोे । पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमकाे रिब्दिकाेट गाउँपालिका खेलकुद विकास समितिअध्यक्ष एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उपसमिति संयाेजक झपिन्द्र थापा “दिपक” काे अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उपस्थित भएका चाैध विद्यालयका सहभागीमा प्रतियोगिहरूलाई स्वागत गर्नुहुँदै उहाँले प्रतियोगिता खेल उन्नतिस विधामा खेलाइने र तीन दिन सम्म चल्ने प्रतियाेगितामा गाउँपालिकाका आठवटै वडाका विद्यालयहरूकाे सहभागीतामा कबड्डी, पुरूष भलिबल,महिला भलिबल ,रिले दाैड प्रतियाेगिता लगायतका खेलहरू सञ्चालन हुने जानकारी गराउँनुभएकाे थियोे ।

पाचौँ रनिङ शिल्ड प्रतियोगिता लक्ष्मी आधारभूत विद्यालयका शिक्षक एवं रिब्दिकाेट गाउँपालिका स्तरीय खेलकुद विकास समिति सदस्य गाेकर्ण खाम्चाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *