रिब्दिकाेटकाे प्रशासकीय अधिकृतमा शिक्षा शाखाका खनाल

पाल्पा, रिब्दिकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल रिब्दिकाेटबाट सरूवा भई निस्दी गाउँपालिकामा जान लाग्नुभएको छ । रिब्दिकाेट गाउँपालिका कर्मचारी मिलन केन्द्र र गाउँपालिकाले संयुक्तरूपमा एक कार्यक्रम गर्दै उहाँलाई गरि फेरि भेटाैला सहित विदाई गरेको हाे ।

त्यस्तै रिब्दिकाेट गाउँपालिकाले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय काठमाडौकाे मिति २०८०/१०/२४ गरेको पत्र च.न. १५२६ अनुसार रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनाललाई मिति २०८०/११/०१ गतेदेखि लागु हुनेगरि पदभार ग्रहणका लागि रिब्दिकाेट गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी ताेकेकाे जानकारी गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउँनु भएको छ। उहाँले शिक्षा शाखा समाल्नुभएका खनालकाे याे जिम्मेवारीले समग्र गाउँपालिकाकाे विकास निर्माण र सेवाग्राही जनताको हितमा कार्यसम्पादन हुने विश्वास गाउँपालिकाले लिएको छ उहाँले भन्नुभयाे। खनालको पद वहाल एवं स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरूकाे उपस्थिति रहेको थियोे । सरूवा भई निस्दी गाउँपालिका जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत अर्याललाई विदाइ गर्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाललाई स्वागत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *