रिब्दिकाेटकाे १४औँ गाउँसभा तथा हिउँदे अधिवेशन सुरू

नवराज ज्ञवाली पाल्पा, रिब्दिकोट गाउँपालिकाको १४ औँ गाउँ सभा तथा हिउँदे अधिवेशन सूरु भएको छ । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीकोअध्यक्षतामा सुरू भएको गाउँ सभाको पहिलो बैठकमा पालिकाका वडाअध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, सभाका सदस्यहरु चिरञ्जीवी पोखरेल, ओमप्रसाद पोखरेल, राजेन्द्र नेपाल, दुर्गा प्रसाद ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

सभाको पहिलो बैठकमा रिब्दीकोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक – २०८० माथि छलफलका लागि सभा समक्ष प्रस्तुत गर्दै निर्णयार्थ पेश गरिएको जानकारी गाउँपालिका रोजगार सहायक शिव पोखरेल जानकारी दिनुभयो । गाउँसभाको १४ औंँ हिउँदे अधिवेशनमा रिब्दिकाेट उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल गाउँसभा सदस्यहरु, गाउँ कार्यपालिकाको विषयगत कार्यालय प्रमुख तथा शाखाका सम्पुर्ण कर्मचारी एवं पत्रकार र सुरक्षाकर्मी लगायतकाे उपस्थितिमा सभाको पहिलो बैठक रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *