रिब्दिकाेटका सबै विद्यालयहरूमा साँगीतिक पिटि सहितको राष्ट्रिय गान प्रार्थना हुने

पाल्पा, रिब्दिकाेट गाउँपालिकाले गाउँपालिकाभित्रका सबै विद्यालयहरूमा साँगीतिक पिटि सहितको राष्ट्रिय गान प्रार्थना सुरुगर्ने भएको छ । यसका लागि गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरूबाट खेल शिक्षकहरूका लागि तीनदिने राष्ट्रियगान सहित साँस्कृतिक पिटि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन सम्पन्न गरेको हाे।

रिब्दिकाेट गाउँपालिकाकाे शिक्षा शाखाद्वारा आयाेजना गरेको राष्ट्रियगान तथा साँगीतिक पिटि ब्यायाम खेल शिक्षकहरूका लागि तीनदिने तालिम जेष्ठ १६ गतेदेखि १८ गतेसम्म सरस्वती माध्यमिक विद्यालय खस्याैली, बरडाँडामा सञ्चालन गर्दै तीन दिने साँस्कृतिक पिटि ब्यायाम खेल प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ।
रिब्दिकाेट गाउँपालिका शिक्षा शाखाले साँगीतिक पिटि ब्यायाम खेल प्रशिक्षणका लागि पालिकाका ३८ वटा विद्यालयबाट ५२ जना खेल शिक्षकहरूलाई तीनदिने राष्ट्रियगान साँस्कृतिक पिटि खेल प्रशिक्षण तालिम कार्यक्रमकाे आयाेजना गरेको हाे ।

रिब्दिकाेट गाउँपालिकाकाे शिक्षा शाखाले आयाेजना गरेको तीनदिने राष्ट्रियगान सहितको संगीत पिटि प्रशिक्षक प्रशिक्षण तालिममा रिब्दिकाेट गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षकहरूलाई तालिममा सहभागी गराउँदै शिक्षक, अभिभावक र विद्यार्थीहरूकाे त्रिकोणात्मक सम्बन्ध सहित राष्ट्रियगान तथा साँगीतिक पिटि ब्यायाम खेल माध्यमबाट शिक्षण सिकाइमा गुणस्तरीय बनाउन सकिने विश्वास रिब्दिकाेट गाउँपालिका शिक्षा शाखाले लिएको छ ।

रिब्दिकाेट गाउँपालिका अध्यक्ष एवं समापन कार्यक्रमका प्रमुख अतिथि नारायणबहादुर कार्कीले तीनदिने खेल शिक्षकका लागि राष्ट्रियगान तथा साँगीतिक पिटि ब्यायाम प्रशिक्षक प्रशिक्षण तालिमबाट रिब्दिकाेटका सबै विद्यालयमा नियमित प्रार्थनामा एकरूपता ल्याउनलाई प्रशिक्षक प्रशिक्षण तालिमले मद्धत पुग्ने विश्वास लिएको बताउँनुभयाे । प्रमुख अतिथि कार्कीले समापन कार्यक्रममा शुभकामना मन्तब्य दिनुहुँदै उहाँले रिब्दिकाेटका सबै विद्यालयमा साँगीतिक पिटि ब्यायाम प्रार्थनाले विद्यार्थीहरू लाई शारीरिकरूपमा फूर्ति बनाउने र दिउँसभरीकाे उत्साहजनक पठनपाठनमा सक्रियता बढाउने भन्दै यस किसिमको पिटिखेल ब्यायामले विद्यार्थीलाई शारीरिक मानसिकरूपमा बलियो समेत बनाउने विद्यालयकाे पठनपाठनमा आकर्षित गर्दै पढाइमा प्रेरित गर्न सघाउने उहाँले बताउँनुभयाे । प्रशिक्षक प्रशिक्षणकाे तीनदिने बसाइँमा सिकेका ज्ञान सीपलाई यहाँहरूले आ-आफ्नो कर्मक्षेत्रमा गएर ब्यवहारमा लागूगरे मात्र याे सिकाइको महत्त्व रहने भन्दै अध्यक्ष कार्कीले साँगीतिक पिटि प्रशिक्षणले विद्यालयहरूमा एकै किसिमको प्रार्थना गर्न गराउन र विद्यालयकाे गुणस्तरीयतामा समेत उल्लेखनीय सुधार ल्याउन सकिने उहाँले बताउँनुभयाे ।

प्रमुख अतिथि एवं अध्यक्ष कार्कीले तालिममा सिकेका ज्ञानसीप उपलब्धिलाई ब्यवहारिकता प्रयोगमा ल्याउन यहाँहरू सक्षम हुने बताउँदै उहाँले आ-आफ्नो विद्यालयमा गई प्रदान गरेमा शैक्षिक प्रणालीमा सुधार र परिवर्तन गर्न सकिने कार्कीले बताउँनुभयाे ।

समापन कार्यक्रममा विशिष्ट अतिथि एवं रिब्दिकाेट गाउँपालिका उपाध्यक्ष कान्ताअधिकारीले रिब्दिकाेट गाउँपालिकाकाे समग्रमा शिक्षा प्रणालीलाई सुधार गर्न प्रयासरत रहेकोले शिक्षा क्षेत्रमा के कति काम गर्न सकिन्छ त्यस अनुसारको याेजना नीति कार्यक्रम बनाउने र त्यहीँ अनुसारको कार्यान्वयनमा जाने बताउँदै उहाँले अब पालिकाकाे शैक्षिक विकासका लागि यहाँहरूकाे सुझाव र सल्लाहकाे खाँचो रहेकाले पनि यहाँहरूकाे सुझाव प्राप्त हुनेमा रिब्दिकाेट गाउँपालिकाले विश्वास लिएको उपाध्यक्ष अधिकारीले बताउँनुभयाे।

कार्यक्रममा बाेल्दै उहाँले तालिममा सिकेका उपलब्धिहरूलाई आ-आफ्नो विद्यालयमा गई ब्यवहारमा लागू गर्नुपर्ने बताउदै यस तालिमले शिक्षक शिक्षिकाहरूलाई नयाँ ऊर्जा थप गरिदिने नयाँ अनुभूति दिने बताउँदै शुभकामना दिनुभयो ।

समापन कार्यक्रमका अतिथि एवं रिब्दिकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले यस किसिमको अभ्यासले विद्यार्थीहरूलाई विद्यालयमा आउने बित्तिकै रमाइलो वातावरण सिर्जना गर्नेहुँदा पिटि ब्यायामले विद्यार्थीमा अनुशासन, शारीरिक फुर्तिलो बनाउने र दिनभरिकाे पठनपाठनमा समेत रूचि बढाउने भएकोले विद्यालयकाे शैक्षिक सुधारमा सहयोग पुग्ने विश्वास गर्दै उहाँले शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने उहाँले बताउँनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले शिक्षकहरूले अनिवार्य मुस्कान सहितको अध्यापन र कक्षाकाेठामा शिक्षण सामग्रीलाई अनिवार्य लग्नुपर्ने भन्दै उहाँले विद्यार्थी केन्द्रीत भएर अध्यापन गर्न र विद्यार्थीहरूले प्रश्न गर्दा नझर्कि मुस्कान साथ अध्यापनमा लाग्नलाई उहाँले सुझाव राख्दै शुभकामना दिनुभएको थियोे ।

रिब्दिकाेट गाउँपालिका पूर्व अध्यक्ष नारायणबहादुर जिसीले रिब्दिकाेटका लागि याे एउटा नमुना कार्यक्रम भएको र यसबाट सिकेको कुरालाई ब्यवहारमा लागू गरेमात्र शिक्षाकाे गुणस्तरमा सुधार र विद्यार्थीहरूमा अनुशासन आउने बताउँदै पूर्वअध्यक्ष जिसीले विद्यार्थी संख्यामा वृद्धि ,शैक्षिक नतिजामा सुधार हुने र विद्यार्थीकाे सिकाइमा साँगीतिक पिटिले मनाेरञ्जन गराउने र फ्रेसभई तन्दुरुस्ती बनाउने, पठाइप्रति विद्यार्थीकाे रूचि अझ बढेर जाने भएकाले याे निकै महत्त्वपूर्ण रहेको भन्दै शुभकामना दिनुभयो ।रिब्दिकाेट गाउँपालिका शिक्षा शाखाबाट आयोजना भएको तीनदिने साँगीतिक पिटि खेल प्रशिक्षण कार्यक्रमका प्रशिक्षक हरिस वलीले तीन दिनकाे बसाइँमा सिकाएको बिषयबस्तुमा प्रष्टाउँदै उहाँले याे सिकाइलाइ ब्यवहारमा लागुगरे मात्र आफुले दिएको प्रशिक्षण सफल हुने बताउँदै अहिले साँगीतिक पिटि खेल ब्यायामले विद्यार्थीहरूकाे शारीरिक फुर्ती र पठनपाठनमा रूचि बढाएको र शैक्षिक गुणस्तर वृद्धिमा समेत साँगीतिक पिटि ब्यायामले विद्यार्थीकाे विद्यालयमा रूचिपूर्ण नियमितता हुने गरेको अनुभव आफुले पाएकाे बताउँदै पाल्पाको दाेस्राे अभ्यास रिब्दिकाेट गाउँपालिकाले गरेको उहाँले बताउँनुभयाे ।

कार्यक्रममा वडाअध्यक्ष नारायणबहादुर केसी, नेपाल शिक्षक महासंघका गाेपाल रायमाझी र सहभागीहरूकाे तर्फबाट बिमला गाैतम र गाेपीप्रसाद भण्डारीले आ-आफ्नो भनाइ सहितकाे धारणा राख्दै शुभकामना दिनुभएको थियोे । रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *