रिब्दिकाेट अध्यक्ष कार्कीद्वारा विपन्न नागरिकलाई स्वास्थ्य बीमा

नवराज ज्ञवाली पाल्पा, रिब्दिकोट गाउँपालिकाकाे “म बनाउँछु मेरो रिब्दिकाेट” भन्ने स्वयंसेवी कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले यस वर्ष विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिदिनु भएको छ । उहाँले निर्वाचनकाे समयमा नागरिकसंग गरेको प्रतिबद्धता अनुसार आफु निर्वाचित भई गाउँपालिका अध्यक्षकाे जिम्मेवारीमा रहँदा राज्य काेषबाट प्राप्त रकम आफ्नो व्यक्तिगत र पारिवारिक काममा खर्च नगर्ने र सामाजिक एवं सार्वजनिक हितमा खर्च गर्ने प्रतिबद्धता अनुसार राज्यबाट आफ्नो खातामा जम्मा भएको रकमबाट अघिल्लो वर्ष पाँच लाख पचास हजार बराबरको हारथाेक-बतासे अन्तर्गतकाे सडकमा गट्टी खरिद गरि विछ्याइएको र अति विपन्न भई रकमअभावमा घाट खर्च नभएको परिवारलाई घाट खर्च व्यवस्था गरिदिएको,असक्त बिरामीहरूकाे उपचारमा आर्थिक सहयोग उपलब्ध गराएको, सेवामूलक पराेपकारी संस्थाहरूलाई आर्थिक सहयोग स्वरूप रकम दिएको र स्वयंसेवी कार्यक्रम अन्तर्गत रहि गाउँपालिकामा रहेका धार्मिक स्थलहरू गाउँका बस्तीटाेलमा जनसमुदायको उपस्थितिमा सरसफाइ जस्ता कार्यक्रम गरिएको र ती सबै कामहरूबाट ठूलो धनराशि राज्यकाेषको लागि बचत भएको र आफुले प्राप्त गरेको सेवा सुविधा उल्लेख काममा खर्च भई बचेको ५१,०००/- गाउँपालिकाकाे संञ्चिती काेष दाखिला गरेको अध्यक्ष कार्कीले बताउँनुभयाे । उहाँले जनतासंगकाे बाचा अनुसार आफुलेखकुनै पनि सेवा सुविधा नलिने प्रतिबद्धता गर्नु भए अनुसारको राज्यबाट प्राप्त भएको तलव,कार्यपालिकाकाे बैठक भत्ता आफ्नो खाता प्राप्त भएपनि उक्त रकमलाई आफुले व्यक्तिगत ,पारिवारिक रूपमा खर्च नगरी सामाजिक ,पराेपकारी एवं सार्वजनिक काममा खर्च गरेको जानकारी दिनुभयो ।यसवर्ष उहाँले गाउँपालिकाका ६५ जना विपन्न नागरिक परिवारलाई स्वास्थ्य बीमा गरिदिनुभएको छ ।

अध्यक्ष कार्कीले जनतासंगकाे प्रतिबद्धताअनुसार आफूले पाएकाे तलब भत्ता एवं सेवा सुविधा जनताकै सेवामा खर्च गर्ने बाचा बमोजिम उहाँले यो वर्षकाे प्राप्त सेवा सुविधाकाे रकमबाट स्वास्थ्य बिमा कार्यक्रमलाई अघि सार्दै विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरि दिनुभएकाे हाे । तीन हजार पाँच सय रुपैयाँ तिरेपछि पाँच जनासम्मको परिवारले एक लाख रूपैयाँ बराबरको स्वास्थ्य बीमाबाट उपचार गर्न पाउने भएकाले विपन्न वर्गलाई सहयोग पुग्ने भएकोले ती परिवारलाई सहयोग पुगाेस् भन्ने उद्धेश्य र लाेक कल्याणकारी कार्य अन्तर्गत याे स्वास्थ्य बीमा गरि दिएको अध्यक्ष कार्कीले बताउँनुभयो । उहाँले कार्यक्रममा बाेल्नुहुँदै यस अघि श्रम गर्ने तर बचत नगर्ने र मदिरापान गर्ने लगायतका समस्याहरुको समाधानका लागि पनि कार्यक्रमकै अवसरमा परामर्श समेत दिइएको र याे कार्यक्रम आगामी दिनमा निरन्तरता दिदै अघि बढ्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

अभियान अन्तर्गत गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाभित्रका श्रमिकहरुलाई पोशाक सहित सम्मान गरिएको छ । सबै वडाको प्रतिनिधित्व हुने गरी श्रमिकहरुलाई सम्मान गरिएको हो । गाउँपालिकाले सबै वडा बाट तथ्यांक संकलन गर्न लगाई उहाँहरुलाई सम्मान गरिएकाे रिब्दिकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताउँनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाका आठवटै वडाबाट प्रतिनिधित्व गराई श्रमिकलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउँनुभयो । सम्मानका लागि पालिकाभित्रका ८ वडाका ६४ जना श्रमिकलाई निमन्त्रणा गरिएको थियो । जसमा ख्याहाबाट १०, देउरालीबाट २०, खस्यौलीबाट १२, भैरवस्थानबाट ८, कुसुमखोलाबाट ३, ठिमुरेबाट ७ पालुङमैनादीबाट ४ र फेकबाट ४ जनालाई सम्मान गरिएको हो । आफ्नै गाउँटाेलमा बसेर श्रम गरि जिविकोपार्जन गर्ने श्रमिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यसरी सम्मान गरिएकाे याे कार्यक्रमले श्रम गर्ने श्रमिकलाई गाउँपालिका सरकार श्रमजीवी र श्रमिकहरूको साथ सम्मानमा रहेको छ भन्ने अनुभूति दिने विश्वास लिएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका जनस्वास्थ्य निरीक्षक एवं स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले श्रमिककाे मादक पदार्थको सेवनले स्वास्थ्यमा पर्ने असरबाट नागरिकको दैनिक जीवनमा पर्ने असर र समस्या एवं सामाजिक रूपमा हेर्ने दृष्टिकोण बारेमा जानकारी गराउँनुभएकाे थियोे । कार्यक्रममा सहभागी भएका श्रमिकहरुलाई सहजीकरण गर्नुहुँदै उहाँले साेही अवसरमा उपस्थित भएका उनीकाे क्षयरोग परिक्षण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा सचिव एवं पत्रकार यज्ञमूर्ति तिमिल्सिनाले कार्यक्रमकाे उद्धेश्य अनुसारकाे विषयमा बाेल्नुहुँदै उहाँले रिब्दिकोटको यो अभ्यास जिल्लामा नै नमुना रहेको बताउँनुभयो । उहाँले प्रसङ्गमा भन्नुभयो नागरिक असल हुँदा परिवारमा खुशी र एउटा नागरिकले असल कार्य गर्दा समाजलाई समृद्ध बनाउन महत्त्वपूर्ण याेगदान हुने, यसले सिंगो समाज गाउँपालिका समृद्ध बन्नलाई सहयोग पुग्ने बताउँदै कार्यक्रमले श्रमिकहरुलाई पनि असल मार्गमा लाग्न प्रेरित गर्ने बताउँनुभयो ।

कार्यक्रममा पत्रकार एवं प्रशिक्षक रामप्रसाद न्यौपानेले श्रम अनुसारको पारिश्रमिक पाउनुपर्ने र पाएकाे पारिश्रमिकलाई बचत गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँनुभयो । उहाँले कार्यक्रममा आफ्नो विगतका कार्य अनुभव सुनाउँदै न्याैपानेले आफ्ना ती व्यवहारिक अनुभवलाई उदाहरण दिदै प्रशिक्षणमा श्रमिकहरूले अनुसरण गरेमा पक्कै पनि परिवारमा खुशी जीवन यापनमा सहजता हुने बताउँनुभयाे। प्रहरी चौकी हार्थोकका प्रहरी जवान गोविन्द किसानले मादक पदार्थ सेवनबाट हुने सक्ने जोखिम र घटनाबारे अवगत गराउनुभएको थियो । रिब्दिकाेट गाउँपालिका रोजगार कार्यक्रम संयोजक दुर्गा पछाई क्षेत्रीले प्रधानमन्त्री रोजगार कार्यक्रमकाे महत्वबारे जानकारी गराउँनुभएको थियो ।

कार्यक्रम रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालको स्वागत र सूचना अधिकृत रुकलाल भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *