रिब्दिकाेट गाउँपालिकाकाे आयाेजनामा लाेक नृत्य प्रतियोगिता

पाल्पा, रिब्दिकाेट गाउँपालिकाले पालिका स्तरीय कार्यक्रमकाे नियमित क्रियाकलाप अन्तर्गत पालिकाका (कक्षा ९-१० ) मा अध्ययनरत विद्यार्थीलाई प्रतियोगितात्मक लाेकनृत्य प्रतियोगिता गरेको छ ।रिब्दिकाेट गाउँपालिकाकाे शिक्षा शाखा अन्तर्गत रहेको पालिका स्तरीय अतिरिक्त क्रियाकलाप समिति अन्तर्गतकाे आयोजनामा १४ वटा माध्यमिक विद्यालयकाे सहभागीतामा पालिका स्तरीय लाेक नृत्य प्रतियोगिता आयाेजना गरेको हाे ।

रिब्दिकाेट गाउँपालिका शिक्षा शाखाकाे नियमित क्रियाकलाप अन्तर्गत यस अघि रक्तदान जीवनदान शिर्षकमा वक्तृत्वकला र अन्य अतिरिक्त क्रियाकलापहरु भएको जानकारी अतिरिक्त क्रियाकलाप समितिले जनाएको छ । रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा अन्तर्गत रहेको अतिरिक्त क्रियाकलाप समितिले गाउँपालिका स्तरीय माध्यमिक तहकाे (९-१० ) कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई लाेक नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।

लाेक नृत्य प्रतियोगितामा १४ वटा विद्यालय सहभागी रहेकोमा आदर्श मावि प्रथम, भैरव जनता मावि द्वितीय, नारायण मावि तृतिय भएका हुन् ।
रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा अन्तर्गतकाे गाउँपालिका स्तरीय लाेकनृत्य प्रतियोगिता कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीकाे प्रमुख आतिथ्यता उपाध्यक्ष कान्ता अधिकारीकाे विशिष्ट आतिथ्यता रहेको थियो ।

रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा अन्तर्गतकाे गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप समिति संयाेजक देवराज घिमिरेकाे अध्यक्षता, शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालकाे स्वागत मन्तब्य र सरस्वती माविका सहायक प्रधानाध्यापक मदन नेपालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *