रिब्दिकाेट गाउँपालिकाकाे तेह्रौं गाउँसभा तथा अधिवेशनमा प्रस्तुत नीति कार्यक्रम माथिकाे छलफल सुरु

नवराज ज्ञवाली पाल्पा, रिब्दीकाेट गाउँपालिकाले तेह्रौं गाउँसभा तथा वर्खे अधिवेशन सुरू गरेको छ। रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तेह्रौं गाउँसभा सभामा स्थानीय सरकार प्रमुखको रूपमा आर्थिक वर्ष २०८०/०८१ का लागि गाउँसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियो । उहाँले गाउँसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै हाल नेपालकाे अर्थतन्त्र परेको चापले यस गाउँपालिकालाई समेत प्रभाव बताउँनुहुदै चालू आर्थिक वर्ष सञ्चालनमा रहेका योजनाहरूलाई निरन्तरता दिने बताउँनुभयाे ।

गाउँपालिकाकाे तेह्रौं गाउँसभा तथा वर्खे अधिवेशनमा नीति कार्यक्रम प्रस्तुत गर्नुहुँदै अध्यक्ष कार्कीले गाउँपालिकाभित्र रहनु भएका नागरिकहरूकाे आवश्यकता , इच्छा चाहना अनुसारको विकास उन्नति र समृद्धिका लागि हरपल कर्तव्यनिष्ठ भई सक्रिय र क्रियाशील भएर तनमनका साथ कर्म गर्ने बताउँदै नीति तथा कार्यक्रम तर्जुमा गर्दा सविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४,नेपाल सरकार र प्रदेश सरकारले निर्दिष्ट गरेका नीतिगत ब्यवस्था र नेपालले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेका प्रतिबद्धता लाई मार्गनिर्देशनकाे रूपमा लिई नीति तथा कार्यक्रम तर्जुमा गरेकाे उहाँले बताउँनुभयाे। रिब्दिकाेट गाउँपालिकाकाे गाउँसभा तथा वर्खे अधिवेशनमा प्रस्तुत कार्यक्रमले “समृद्ध रिब्दीकाेट निर्माणकाे आधार ,शिक्षा, कृषि र पर्यटन पूर्वाधार” भन्ने आदर्श नारा दिएर समग्र रिब्दिकाेटकाे विकास र समृद्धि आधारलाई परिकल्पना गर्दै नीति कार्यक्रम सुरु गरेको हाे । प्रस्तुत नीति कार्यक्रमलाई सफलपार्न गाउँपालिकाकाे तर्फबाट बृहत् विकास याेजनालाई मागकाे आधारमा नीति तथा कार्यक्रम बनाई अघि सारिएकोले कार्यान्वयनमा तदारुकता साथ अगाडि बढ्दै जाने अध्यक्ष कार्कीले बताउँनुभयाे ।

रिब्दिकाेट गाउँपालिकाले नीति तथा कार्यक्रममा आर्थिक विकासका लागि संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्दै समृद्ध रिब्दिकाेट बनाउने उद्धेश्य अनुसारको अभिभारा पूरागर्न आगामी आर्थिक वर्षका निम्ति निम्न अनुसारकाे नीतिहरू अवलम्बन गरि गाउँसभामा प्रस्तुत गरेको छ ।

कृषि तथा भूमि व्यवस्था :

कृषि तथा भुमि व्यवस्था अन्तर्गत “एकीकृत कृषि तथा पशु विकास रणनीति” अनुसारकाे एक टाेल, एक सामुहिक उत्पादनलाई प्रवद्वन गर्ने, उत्पादन वृद्धि गर्न कृषि तथा पशुपालनमा आधुनिकीकरण, यान्त्रिकरण गर्दै कृषि तथा पशुपालनलाई व्यवसायिकरण गर्दै किसानले उत्पादन गरेको बस्तुलाई बजारीकरणका लागि कृषि संकलन केन्द्र तथा कृषि पूर्वाधारकाे नीति अवलम्बन गर्ने प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ। त्यस्तै गाउँपालिकाले घरदैलाेमा प्राविधिक सेवा ,बीउबिजनमा आत्मनिर्भर बनाउन रैथाने बाली संरक्षणकाे नीति अघि सार्दै रैथाने बाली धान,मकै,गहुँ ,काेदाे,फापर र झिलङ्गी जस्ता स्थानीय प्रजातिका बीउबिजनहरूलाई संरक्षण र पुष्प खेतीकाे संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीति अवलम्बन गरिनेछ “घरदैलोकाे प्राविधिक सेवा:उत्पादनमा टेवा” कार्यक्रम सञ्चालन गरि कार्यक्रमलाई प्रभावकारी बनाउन सघन अनुगमनको व्यवस्था मिलाउने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष कार्कीले बताउँनुभयाे । उहाँले सामुहिक खेती प्रणालीलाई प्राेत्साहित गर्ने नीति लिदै कृषि सम्वन्धि काम गर्ने उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने नीति लिई प्राङ्गारिक जैविक खेतीतर्फ प्राेत्साहन गर्न “विषादी मुक्त उत्पादन रिब्दिकाेटकाे पहिचान र प्राङ्गारिक खेतीतर्फ पाइला बढाई खुशी ,स्वस्थ र आत्मनिर्भर रिब्दिकाेट बनाउँ” पशुमा कृत्रिम गर्भाधान, पशु उत्पादन तथा उत्पादकत्व बढाउन नश्ल सुधार ,पशु स्वास्थ्य सेवा,पशु बीमा कार्यक्रम सञ्चालन गरि पशु महामारी राेग नियन्त्रणका लागि नि:शुल्क खाेपलाई निरन्तरता दिई किसानले उत्पादन गरेको बस्तुकाे लागत आधारमा उचित मूल्य प्राप्त गर्ने गरि कृषि उपजकाे बजारीकरणलाई अघि बढाउने नीति लिएको बताउँदै कृषिलाई व्यवसायिकरण गर्न “हाईटेक नर्सरी” जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ,बाँझो रहेको जग्गाहरूमा उच्च र गुणस्तरीय घाँसकाे बीउ बिरुवा राेपणकाे व्यवस्था मिलाई पशुपालन व्यवसायलाई प्रतिस्पर्धा र आधुनिक बनाई कृषकहरूकाे जीवनस्तर उठाउन विषेश ध्यान दिईनेछ। प्रस्तुत नीति कार्यक्रममा गाउँपालिकाले हाईटेक नर्सरी कार्यक्रम सञ्चालन गर्ने,नीति अनुसार “खनाैँ आफ्नाे माटाे,छाडाैँ बिदेशकाे बाटाे ” मुख्य लक्ष्य सहित नीति कार्यक्रममा समेट्दै खेतीयोग्य बाँझाे जमिनकाे उपयोग गर्न उत्प्रेरित गर्नलाई पनि या नीति कार्यक्रमले प्राेत्साहन गर्ने बताउँनुभयाे ।

पर्यटन :

पर्यटकीय सम्भावना बाेकेका प्राकृति ,ऐतिहासिक ,धार्मिक एवं साँस्कृतिक महत्त्वका क्षेत्रहरू भैरवनाथ मन्दिर भैरवस्थान, जलेश्वर मन्दिर जलेश्वर,कालिका मन्दिर, कान्ताश्रम,छत्रदेव मन्दिर ,रिपगुफा,रिङ्गसिङडाँडा,सेल्फीडाँडा, छुनफानडाँडा लगायतका क्षेत्रलाई पर्यटकीय गन्तब्यकाे रूपमा विकास गर्ने लक्ष्य अनुसार “भैरवस्थान जलेश्वरकाे शान,रिब्दिकाेटकाे उत्थान” बहुवर्षिय याेजनाकाे रूपमा आगामी आर्थिक वर्ष देखि कार्यसुरू गर्ने गरि प्रमुख पर्यटन गन्तव्यस्थलकाे रूपमा विकास गरिने, रिब्दीकाेटकाे सिमानामा पालिकाकाे चिनारी सहितको डिजिटल बाेर्ड राखिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अध्यक्ष कार्कीले बताउँनुभयाे ।


पूर्वाधार विकास :

रिब्दिकाेट गाउँपालिकाले पूर्वाधार विकासका याेजनाहरू निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गर्नका लागि वातावरणमा पर्न सक्ने प्रभावकाे सुक्ष्म अध्ययन गरेर विकास निर्माणकाे कामलाई निजी साझेदारी अन्तरगर्तकाे नीति अबलम्वन गर्दै गाउँपालिकाभित्रका सडकहरूलाई व्यवस्थित तरिकाले सञ्चालनमा ल्याउन सडक गुरूयाेजना तयार गरि सबै वडा केन्द्रहरूसम्म पुग्ने बाटो कालाेपत्रे तथा स्तराेन्नती गर्नकाे लागि बहुवर्षिय याेजनाकाेरूपमा आगामी बढाईनेछ।


उद्योग बाणिज्य तथा आपूर्ति :

नेपाल सरकारकाे आर्थिक सहयोगमा गाउँपालिकाकाे वडा नं.३ र ४ मा रहेको चकल्दीफाँट र रज्वे क्षेत्रलाई रिब्दिकाेट औद्योगिकग्रामकाे रूपमा निर्माण गर्न कार्य थालनी गरिनेछ ।


सामाजिक विकास:

गर्वका साथ आफ्नो जन्मभूमि र समाजप्रति उत्तरदायित्व पूरागर्न सबै नागरिकको सहभागीता रहने एक श्रम सहचारी खडा गरि “मेराे रिब्दिकाेट मेराे गर्व मेराे स्वर्ग”“म बनाउँछु मेराे रिब्दीकाेट” स्वयंसेवी कार्यक्रमलाई साकार बनाउन ब्यापक जनसहभागिता जुटाई देशका विभिन्न स्थानमा बसाेवास गर्ने नागरिकहरूले स्वयंसेवी श्रमगर्न इच्छा राख्ने नागरिकलाई कार्यक्रममा सहभागी गराई संवत ; स्फूर्त श्रमदान गर्न सक्ने गरि अभियानलाई सञ्चालन गरिने अध्यक्ष कार्कीले बताउँनुभयाे ।

स्वास्थ्य:

“आधारभूत स्वास्थ्य उपचार जनताको अधिकार” भन्ने सेवाभावले खस्याैली प्राथमिक स्वास्थ्य केन्द्रबाट फरक क्षमता भएका व्यक्तिहरू र जेष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षण, ल्याव परीक्षण, एक्सरे लगायतका सेवाहरू नि:शुल्क गरिने , जेरियाट्रिक केयर सेवालाई निरन्तर सञ्चालनमा ल्याइने बताउँदै उहाँले स्वास्थ्य संस्थाहरूबाट आधारभूत औसधिहरुलाई निःशुल्क उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिइने बताउनुभयो । नीति तथा कार्यक्रममा स्वस्थकर जीवनशैली प्रर्वद्धन तथा भान्सा सुधार कार्यक्रम सञ्चालन गरि “बिरामी हाेइन स्वस्थ हुने प्रतिस्पर्धा गराैँ” काे अभियानलाई थालनी गर्दै बढ्दाे नसर्ने राेगकाे राेकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखी नागरिक आराेग्य सेवा कार्यक्रमलाई अघि बढाउदै दीर्घ राेगीहरुकाे तथ्यांकलाई अद्यावधिक गरिने, नागरिकहरुको माैलिक अधिकारकाे रुपमा रहेकाे स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाई विशेषज्ञ सहितकाे स्वास्थ्य शिविर कार्यक्रमलाई अघि बढाइने, गाउँपालिका भित्रका सुत्केरी आमा र बच्चाकाे पाेषण तथा स्याहारलाई थप व्यवस्थित गर्न “सुत्केरी आमा पाेषिलाे खाना” कार्यक्रमलाई निरन्तरता दिइने, शाेकमा परेका अति विपन्न परिवारकाे सहयाेगका लागि उपाध्यक्षकाे मातहतमा रही “काेख देखि शाेक सम्म कार्यक्रम” लाई सञ्चालन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै अध्यक्ष कार्कीले बताउनुभयो । गाउँपालिका भित्रका बर्थिङ्ग सेन्टरलाई सुविधा सम्पन्न तथा गुणस्तरीय बनाउदै लगिने, HIV Positive व्यक्तिहरुकाे तथ्यांक सङ्कलन गरि आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य बिमा कार्यक्रमलाई हरेक नागरिककाे पहुँचमा पुर्‍याउने, खस्याैली प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगिने, पालिका भित्रका बर्थिङ्ग सेन्टरमा प्रसुति हुन नसकि रिफर गरिएका गर्भवती तथा सुत्केरी महिलालाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स सेवा नि:शुल्क गरि पालिका भित्र सञ्चालनमा रहेका एम्बुलेन्स सेवालाई एकरूपता ल्याइने, क्यान्सर मृगौला र मुटु जस्ता असाध्य राेग लागेकालाई राहत स्वरुप गत वर्ष दिदै आएकाे आर्थिक सहयाेगलाई निरन्तरता दिइने, नेपाल सरकारकाे सहकार्यमा मृगौलाकाे डाइलासिस, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भई क र ख वर्गकाे अपांगता कार्ड प्राप्त भएका व्यक्तिलाई मासिक रुपमा दिदै आएकाे आर्थिक सहायतालाई निरन्तरता दिइने, लागुपदार्थ दुर्व्यसनी विरुद्ध नियमन र नियन्त्रण गर्नका लागि प्रहरीसँगकाे साझेदारीमा सचेततामूलक कार्यक्रम सञ्चालन गरिने, विद्यालय क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र र सार्वजनिक कार्यालय क्षेत्रलाई पूर्णत सूर्तीजन्य पदार्थ र मदिरा निषेधित गरिने अध्यक्ष कार्कीले बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्काे सहयोग र सहकार्यमा गाजा लगायतका जडिबुटीहरूकाे पहिचान गरि स्थानीय स्तरमा उपलब्ध आयुर्वेद औषधिजन्य जडिबुटीहरूकाे संरक्षण ,प्रवर्द्धन गर्नका लागि निश्चित मापदण्डकाे आधारमा व्यवस्थित गर्दै याेग पञ्चकर्म ,प्राकृतिक चिकित्सा सेवा विस्तार तथा स्तराेन्नती गरि “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” कार्यक्रमबाट आयुर्वेद स्वास्थ्य सेवाकाे पहुँच देखि टाढा रहेका रिब्दिकाेट गाउँपालिकाका वडा नं.१,२,३ र ४ का वडावासी नागरिकहरूलाई लक्षित गरि सेवा प्रवाह सम्वन्धि जनचेतनामूलक सुचना सामग्रीकाे प्रकाशन तथा प्रशारण ब्यवस्था मिलाई आयुर्वेद उपचार सेवा पहुँचमा वृद्धि गर्ने नीति अवलम्बन गरिने, सम्वन्धित जडिबुटीकाे सदुपयोग गर्ने नीति अनुसार प्रसाेधन कार्यलाई अघि बढाउने बताउँनुभयाे ।

शिक्षा :

“शिक्षाकाे विकास नभई अन्य क्षेत्रकाे विकास असम्भव” भन्ने भनाइलाई साकार पार्न दस वर्षे गाउँ शिक्षा याेजना निर्माण गरि कार्यान्वयन गर्ने र सीपमूलक प्रविधिक शिक्षामा जाेडदिदै बिद्यालय शिक्षालाई जीवन उपयोगी र समयसापेक्ष बनाउँदै अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाउने, “पढ्दै कमाउदै,कमाउदै पढ्दै ” कार्यक्रमलाई निरन्तरता दिई “सिकाउने ,टिकाउने र आत्मनिर्भर बनाउने ” शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्न एक वडा एक सुविधा सम्पन्न नमुना बिद्यालय निर्माण गर्ने नीति अनुसार पहिलो चरणमा भवानी माध्यमिक बिद्यालय कुसुमखाेलालाई नमुना बिग स्कुलकाे रूपमा विकास गर्ने नीति लिएको बताउँदै “अन्तर बिद्यालय अनुगमन,उत्कृष्टलाई प्राेत्साहन” कार्यक्रमले शिक्षक बिद्यार्थीहरूकाे मनाेवल वृद्धि गर्न पालिकामा उत्कृष्ट हुने शिक्षक बिद्यार्थीहरूलाई सम्मान गर्ने नीति लिइएको अध्यक्ष कार्कीले बताउँनुभयाे । “संस्कार सहितको शिक्षा आजको आवश्यकता” लाई आत्मसात गर्दै साेकाे लागि आवश्यक व्यवस्था मिलाई नयाँ विद्यालय स्थापना गर्न र कक्षा थप गर्ने परिपाटीलाई निरूत्साहित गरि आवश्यकता अनुसार बिद्यालय मर्जकाे नीति लिईने,बिद्यालयतह देखिनै राष्ट्रिय एवं स्थानीय भेषभूषा,भाषा धर्म ,संस्कृतिकाे बाेध एवं संरक्षणका लागि आगामी शैक्षिकसत्रबाट स्थानीय पाठ्यक्रम तयार गरि लागू गरिने,सामुदायिक बिद्यालयका गरीब विपन्न छात्रछात्राहरूलाई छात्रवृत्ति वितरण गर्ने ,नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने , दिवा खाजा व्यवस्था ,छात्रालाई सेनेटरी प्याडकाे उपलब्धता र जाेगीथुम कक्षा ८का बिद्यार्थीलाई खुवाउँदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ। अभिभावक बिहिन बालबालिकाहरूकाे १२ कक्षा सम्मकाे पठनपाठनलाई गाउँपालिकाले जिम्मा लिने नीति अवलम्बन गरिने, सम्पूर्ण बिद्यार्थीहरू एवं युवाहरूलाई खेलकुदकाे माध्यमबाट एकताबद्ध बनाउँदै सामाजिक सहिष्णुता एवं भातृत्वकाे विकास गर्न “राष्ट्रपति रनिङ शिल्ड”“अध्यक्ष कप भलिबल” खेल सञ्चालनलाई निरन्तरता दिईने बताउँनुभयाे ।

महिला,बालबालिका ,जेष्ठ नागरिक लक्षित वर्ग तथा सामाजिक न्याय र समावेशीकरण :

विभेद ,असमानता ,अन्बविश्वास, बालविवाह ,बहुविवाह लैङ्गिक हिंसा ,बालश्रम लगायत समाजमा रहेको व्याप्त करीति कुसंस्कारकाे अन्त्य गरि समतामूलक र सामाजिक न्यायमा रहि न्याय आधारित समाज निर्माणका लागि सशक्तीकरण कार्यक्रम ल्याईनेछ। “महिला उत्थानकाे लागि जिम्मेवार स्थानीय सरकार “ अभियानलाई साकार तुल्याईनेछ। फरक क्षमता भएका व्यक्तिहरूकाे सामाजिक समावेशीकरण एवं सेवा प्राप्तिमा सहज पहुँचका लागि गाउँपालिका सबै वडामा अपाङ्ग मैत्री बनाउँदै लगिने र सबै खाले हिंसा अन्त्य गर्न आवश्यक कार्य गरिनेछ।

खानेपानी तथा सरसफाइ :

“एक घर एक धारा” काे राष्ट्रिय नीति अनुसारको संकल्पलाई पूरा गर्न गाउँपालिकाकाे खानेपानी तथा स्वच्छता याेजना (Wash Plan) काे आधारमा खानेपानीका याेजनाहरू कार्यान्वयनमा ल्याउने र अधुरा रहेका खानेपानीका सम्पूर्ण याेजनाहरूलाई पूर्णता दिन आवश्यक व्यवस्था मिलाउने परम्परागत रहेका प्राचीन ढुङ्गेधारा, कुवा,पानीका मुहान संरक्षण गर्न पानीका मुहान दर्ता गरि स्राेत संरक्षण गरिने, रिब्दिकाेटका खानेपानी पुनर्संरचना गर्ने कार्यकाे थालनी गर्ने र लिफ्टिङ पानी विद्युत महशुलमा सहुलियत दिने नीति लिईने बताउँनुभयाे।

सहकारी तथा वित्तीय क्षेत्र विकास :

सहकारी संस्थाकाे क्षमता विकासकाे लागि सहकारी व्यवस्थापन तथा वित्तीय साक्षरता सम्बन्धि तालिम सञ्चालन गरिने, सहकारी संघ संस्थाहरुकाे अनुगमन,नियमन,संस्थागत सुशासन प्राप्ति तथा एकीकरण र बचत तथा लगानीकाे सदुपयाेग र सुरक्षा गर्ने नेपाल सरकारकाे नीति अनुरुप कार्य गरिने, उत्पादनमा आधारित अनुदान कार्यक्रममा कृषि सहकारी लगायतका कृषि कार्य गर्ने संस्था र समूहसँग हातेमालो गर्दै विषयगत संजाल गठन गरिने, “हाम्रो कर, हाम्रै विकास” काे अभियान सञ्चालन गरि करका दर तथा दायरा पुनरावलोकन गरि कर प्रणालीलाई वैज्ञानिक,वस्तुनिष्ठ र व्यवहारिक बनाइने अध्यक्ष कार्कीले बताउँनुभयो ।

श्रम, राेजगार तथा गरिबी निवारण :

श्रममुलक याेजनालाई प्रभावकारी बनाउन वडा तहकाे याेजनामा सूचीकृत बेराेजगारहरुलाई परिचालन गरि राेजगारीकाे प्रबर्द्धन र भाैतिक पुर्वाधारकाे विकास गरिने, स्थानीय स्तरमा हुने पूर्वाधारको काममा स्थानीय व्यक्तिहरुलाई सीप र क्षमताकाे आधारमा राेजगारीमा प्राथमिकता दिइने, गरिबी निवारणका लागि साना तथा घरेलुु उद्यमी सिर्जना गरिने, उद्यम गर्न चाहाने युवाहरुलाई प्रविधि हस्तान्तरण गरिने,गरिबसँग विशेश्वर कार्यक्रम मार्फत अल्पसंख्यक सिमान्तकृत समुदायसँग पुगी आयआर्जनकाे कार्यक्रमहरु सञ्चालन गरिने छ।


न्याय तथा कानुन:

न्यायीक समितिकाे सेवालाई थप व्यवस्थित गरि सर्वसाधारण सहज पहुँच स्थापित गरिने, प्राकृतिक न्यायकाे सिद्धान्तमा आधारित रही स्थानीय सरकार सञ्चालन ऐनले ताेकेकाे क्षेत्राधिकार भित्र रही न्याय सम्पादन गरिने, न्याय सम्पादनलाई प्रभावकारी बनाउन वडास्तरमा मेलमिलापकर्ताकाे व्यवस्था गर्नुका गर्नुका साथै न्यायिक समितिकाे इजालास कक्ष निर्माण गरिने कार्कीले बताउनुभयो ।


सूचना प्रविधि :

सबै घरधुरीमा इन्टरनेट सेवा पुर्‍याउने नीति लाई निरन्तरता दिइने, स्वयं सेविकाहरु मार्फत अव्यवस्थित Smart Tole हरुलाई व्यवस्थित तथा आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने नीति ल्याईने छ।

सुशासन तथा संस्थागत विकास :

सेवाग्राहीहरुलाई गाउँपालिका क्षेत्रबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सरल र सहज बनाइने, गाउँपालिका र मातहतका कार्यालयहरुबाट प्रवाह हुने सम्पूर्ण सेवाहरुलाई डिजिटल र विद्युतिय माध्यमबाट उपलब्ध गराउन आवश्यक कार्यकाे थालनी गरिने, “घर-घरमा सार्वजनिक सेवा, नागरिकलाई टेवा” काे नारालाई सार्थक तुल्याउन आवश्यकता अनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरिने, कर्मचारीहरुलाई काममा उत्प्रेरित गर्न “शासक हाेइन सेवक हाैँ” काे नारालाई सार्थक तुल्याइने, विषयगत समितिलाई प्रभावकारी बनाउन समितिका पदाधिकारीहरुलाई समितिकाे काम, कर्तव्य, अधिकार र जिम्मेवारी सम्बन्धमा अभिमुखीकरण गरिने, सार्वजनिक खर्चलाई मितव्यायी र नतिजामुखी बनाउने कार्यमा जाेड दिई चालु प्रकृतिका खर्चहरु कटाैती गरिने अध्यक्षले बताउनुभयाे ।

रिब्दिकाेट गाउँपालिकाकाे तेह्रौं गाउँसभा तथा अधिवेशनमा अध्यक्ष नारायण बहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम माथि गाउँसभाका सदस्य एवं वडाअध्यक्ष साेमबहादुर कार्की, प्रकाश रायमाझी, चिरञ्जीवी पाेखरेल, ओमप्रसाद पाेखरेल, दानबहादुर कुँवर, दुर्गाप्रसाद ढकाल र गाेमा थापाले प्रस्तुत नीति कार्यक्रम माथि आ-आफ्नो भनाइ सहितकाे महत्त्वपूर्ण सुझाव राख्नुहुदै शुभकामना दिनुभएको थियो ।

त्यस्तै गाउँसभामा वडासदस्य सरस्वती कुमार श्रेष्ठ ,पवन कुँवर , भरत जिसी, राजेन्द्रप्रसाद नेपाल, भिमबहादुर राना, सुरेश ठकुरी, नरेन्द्र सुन्धाैली र रूद्र थापा लगायतले आ-आफ्नो टिप्पणीका महत्त्वपूर्ण बिचार राख्दै आफ्नोतर्फबाट दिएका सुझावहरूलाई समावेश गरिदिन अनुराेध गर्दै गाउँसभामा प्रस्तुत नीति कार्यक्रमले जनताका आवश्यकता मर्म भावना समेटिएको बताउँनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *