रिब्दिकाेट गाउँपालिकाकाे स्वास्थ्य चौकी सम्वन्धि न्यूनतम स्वास्थ्य मापदण्ड समीक्षा गाेष्ठी कार्यक्रम सम्पन्न

पाल्पा, रिब्दिकाेट गाउँपालिकाकाे आयोजनामा गुणस्तरीय एवं आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकीहरूमा न्यूनतम स्वास्थ्य मापदण्ड अनुसारको सेवा सञ्चालनका लागि स्वास्थ्य चौकीबाट गरिने सेवाकाे जानकारी दिने उदेश्यले (HPMSS) समीक्षा गाेष्ठी कार्यक्रम गरिएको छ ।गाउँपालिकाकाे आयोजना गरिएकाे स्वास्थ्य चाैकी स्तरीय न्यूनतम् सेवा मापदण्ड समीक्षा गाेष्ठी कार्यक्रममा गाउँपालिका स्वास्थ्य संस्थामा सेवामा नव आगन्तुक कर्मचारीहरूलाई समेत स्वागत गरिएको थियोे ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीकाे अध्यक्षतामा भएको समीक्षा गाेष्ठी कार्यक्रममा स्वास्थ्य चौकीमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि चाहिने आवश्यक पूर्वाधारकाे निर्माण र आवश्यक औषधि सहितकाे स्वास्थ्य सेवा सामर्थ्यलाई बलियो बनाउन दक्ष जनशक्ति सहितको आवश्यक सामग्रीकाे उपलब्ध गराउने बारेमा समीक्षा गर्दै गाउँपालिकाले तत्काल बजेट सहित स्वास्थ्य चाैकीलाई चाहिने सबै सामग्रीको उचित व्यवस्थापन गर्ने गरि काम अघि बढेको जानकारी गराउनुभयाे । समीक्षा गाेष्ठी कार्यक्रममा अध्यक्ष कार्कीले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाअन्तर्गत रिब्दिकाेट गाउँपालिकाकाे समन्वयमा पालिकाका सबै स्वास्थ्य चौकीको मुल्यांकन र स्वास्थ्य चौकी तथा प्रसुती केन्द्रहरूको निरीक्षण गर्दै आएको समीक्षा गाेष्ठी कार्यक्रममा अध्यक्ष कार्कीले बताउनुभयो ।

स्वास्थ्य चाैकीका लागि पर्याप्त बजेट व्यबस्थापन गरी सेवाका काम अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियोे । उहाँले स्वास्थ्य क्षेत्र स्थानीय सरकारको पहिलो प्राथमिकतामा रहेको धारणा व्यक्त गर्दैै सधैँ आवश्यक सहयोग निरन्तर रहने समेत बताउनुभयो । रिब्दिकाेट गाउँपालिकाबाट स्वास्थ्य चाैकीहरूमा सञ्चालन गरिएको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको समीक्षा गरी पुनः स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्ड चेकलिष्टको प्रयोग गरी सेवाको स्वमूल्यांकन र प्रभावकारी रुपमा छलफल तथा समीक्षा गर्दै समस्याहरूको पहिचान गरी स्कोरिङ फेलेक्स भरेर प्राथमिकताको आधारमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न कार्ययोजना तयार गरिएको गाउँपालिकाले जनाएको हाे।

समीक्षा गाेष्ठी कार्यक्रममा बाेल्दै अध्यक्ष कार्कीले कार्यक्रमबाट स्वास्थ्य चौकीमा सुसाशन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन र स्वास्थ्य चौकी सहयोग व्यवस्थापनका महत्वपूर्ण पक्षमा स्वास्थ्य संस्थालाई सक्षम बनाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवासहित मातृ तथा नवशिशु स्वस्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *