रिब्दिकाेट गाउँपालिकाकाे कार्यपालिका बैठकले स्थानीयतह संस्थागत क्षमता स्व:मूल्याङ्कन सम्बन्धी छलफल गर्‍याे

पाल्पा, रिब्दिकाेट गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA)सम्बन्धी गाउँ कार्यपालिकाकाे बैठकमा महत्त्वपूर्ण छलफल गरिएको छ।वर्ष भरि गरिएका कार्यसम्पादनकाे विभिन्न दसवटा विषयमा रही तयार गरिएको स्थानीयतह संस्थागत क्षमता स्व:मुल्यांकन (LISA)काे बारेमा कार्यपालिका बैठकमा छलफल गरिएको हाे।बैठकमा गाउँपालिकाले वर्षभरि प्रदान गरेको सेवा तथा कार्य याेजना र प्रक्रिया अनुसार शासकीय प्रबन्ध, प्रशासन, संरचना गत बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवाप्रवाह, न्यायिक कार्यसम्पादन भए गरेका काम भौतिक पुर्वाधार एवं वातावरण संरक्षण ,सामाजिक न्यायिक, समावेशीकरण, विपद व्यवस्थापन र सहकार्य तथा समन्वय लगायतका विषयमा तयार गरिएको स्व:मूल्यांकन एवं तथ्याङमा आधारित प्रतिवेदन माथि छलफल गरिएको हाे।त्यस्तै बैठककाे अध्यक्षता गर्नुभएका गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले वित्तीय सुशासन जाेखिम मूल्यांकन (FRA) सम्बन्धि तयार पारिएको तथ्यांक गाउँ कार्यपालिकाकाे बैठकमा छलफल गरिएको बताउँनुभयाे ।

गाउँ कार्यपालिका बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गत आर्थिक वर्ष २०७९/०८०मा भएगरेका कामकाे मुल्यांकन गर्न बनेको स्थानीयतह संस्थागत क्षमता स्व:मुल्यांकन कार्यविधि-२०७४अनुसार रिब्दिकाेटले प्राप्त अंक र यसरी तयार गरिएको सो स्व:मूल्यांकन संस्थागत क्षमता प्रतिवेदनकाे नतिजालाई पुनः कार्यपालिकाको बैठकमा पेश गरिएको बताउँनुभयाे।उहाँले स्व:मुल्यांकन प्रतिवेदन माथि गाउँ कार्यपालिका बैठकमा छलफल गर्दै आगामी दिनमा प्राप्त हुन नसकेको लक्ष्य प्राप्तिलाई सबैकाे सहयोगमा कर्मचारी एवं जनप्रतिनिधिहरू मिलेर नीति तथा योजना र कार्यक्रम सहित आउँदा दिनमा कार्यान्वयन गर्न सकिने गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउँनुभयाे । त्यस्तै स्थानीयतहकाे संस्थागत क्षमता स्व:मूल्यांकन (LISA) का बारेमा विषयगत शिर्षक अनुसार शासकीय प्रवन्धमा ९ अंक, वार्षिक बजेट तथा याेजना निर्माणमा ७.५ अंक,संगठन तथा प्रशासनमा ६.५अंक, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ८.५ अंक ,सेवा प्रवाहमा १६ अंक ,न्यायिक कार्यसम्पादनमा५अंक,भाैतिक पूर्वाधारमा ७.२५ अंक,सामाजिक समावेशीकरणमा ७.५ अंक ,वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.५ अंक र सहकार्य तथा समन्वयमा १.५ गरि जम्मा ७४.२५ अंक प्राप्त रिब्दिकाेट गाउँपालिकाका सूचना एवं प्रविधि अधिकृत सुदिप पाैडेलले कुराकानीमा जानकारी गराउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *