रिब्दिकाेट गाउँपालिकामा प्रस्तुत नीति कार्यक्रम र बजेट माथि १३औँ गाउँसभा तथा अधिवेशनकाे तेस्रो बैठकमा छलफल

पाल्पा , रिब्दिकाट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १३ औं गाउँसभा तथा अधिवेशनमा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम एवम् गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेट रू.५३ कराेड ६८ हजार रूपैयाँकाे बजेटमा गाउँसभाकाे दाेस्राे बैठकले महत्त्वपूर्ण छलफल सहित पारित गरेका नीति कार्यक्रम र बजेट माथिकाे छलफल अधिवेशनकाे तेस्रो बैठकमा गाउँसभाका सदस्य हरूबिचमा छलफल भएकाे हाे ।

रिब्दिकाेट गाउँपालिकाको वार्षिक नीति कार्यक्रम तथा प्रस्तुत बजेटमा गाउँसभा बैठकमा सहभागी हुदै गाउँसभा सदस्यहरूले बैठकमा महत्त्वपूर्ण छलफल गर्नुहुदै १३औं गाउँसभा तथा अधिवेशनमा प्रस्तुत नीति कार्यक्रम तथा बजेट माथि वडाअध्यक्ष चिरञ्जीवी पाेखरेल, साेमकुमार कार्की, ओमप्रसाद पाेखरेल, दानबहादुर कुँवर, नारायणबहादुर केसीले महत्त्वपूर्ण भनाइ राख्दै शुभकामना दिनुभएको थियोे ।

त्यस्तै गाउँसभामा सभासदस्य रञ्जना आचार्य, नरेन्द्र सुन्धाैली, दुर्गाप्रसाद ढकाल, गाेमा थापा,लगायतले गाउँसभाकाे तेस्रो बैठक कार्यसूचिअनुसारको आ-आफ्नो भनाइ राख्दै महत्त्वपूर्ण रायसुझाव सहित विषयबस्तुलाई गाउँसभामा उठाउनुभएकोमा गाउँसभा बैठकले त्यसलाई गम्भीरताका साथ लिएको बताउँदै सभाका सदस्यहरूले उठाउनुभएको विषयलाई समावेश गर्ने सभाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । उहाँले गाउँपालिकाकाे १३ औँ अधिवेशकाे गाउँसभा तेस्रो बैठकमा पहिलो कार्यसूचि अन्तर्गतकाे शून्य समयकाे छलफल सकिएको जानकारी गराउनुहुदै अधिवेशनकाे गाउँसभा तेस्रो बैठककाे कार्यसूची दुई अन्तरगर्त गाउँपालिकाकाे वार्षिक कार्यसम्पादन प्रगति प्रतिवेदन प्रस्तुत गर्न विभिन्न विषयगत समिति संयाेजक हरूलाई अनुमति प्रदान गर्नुभएको थियोे ।

आर्थिक विकास प्रतिवेदन संयाेजक नरेन्द्रअमात्य, सार्वजनिक सेवा तथा क्षमता विकास प्रतिवेदन संयाेजक गीता काैशल, विद्ययक समिति प्रतिवेदन संयाेजक सरस्वतीकुमार श्रेष्ठ, सामाजिक विकास प्रतिवेदन सुनिल बस्याल ,वन तथा वातावरण, विपद् व्यवस्थापन प्रतिवेदन संयाेजक दानबहादुर कुँवर, पूर्वाधार विकास प्रतिवेदन संयाेजक साेमकुमार कार्की , लेखा समिति प्रतिवेदन संयाेजक चिरञ्जीवी पाेखरेल, राजश्व परामर्श समितिकाे प्रतिवेदन र न्यायिक समितिकाे वार्षिक प्रतिवेदन संयाेजक एवं गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा गाउँसभाका सदस्यहरूले छलफल गर्दै बहुमतले पास गर्नुभएको थियोे । गाउँसभाकाे आगामी बैठक आषाढ ३० गते बस्ने गरि सभाका अध्यक्ष कार्कीले समापन गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *