रिब्दिकाेट गाउँपालिकाले भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाउँदै

पाल्पा, रिब्दिकाेट गाउँपालिकाले पालिकाका सबै  वडाहरूका बालबालिकालाई बैशाखकाे पहिलो साता देखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।रिब्दिकाेट गाउँपालिकाले पालिकाका पाँच वर्ष भन्दा मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखा सुनिल अधिकारीले जानकारी दिनुभयो । उहाँले भिटामिन ‘ए’ राष्ट्रिय  कार्यक्रम भएकोले देशभर नै भिटामिन ‘ए’ क्याप्सुल  छ महिनादेखि ५९ महिनाका बालबालिकाहरूलाई खुवाउने र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउने उहाँले बताउनुभयाे ।

रिब्दिकाेट गाउँपालिकाले  राष्ट्रिय अभियानकाे रहेको यस कार्यक्रमलाई सफल बनाउनका लागि  पालिकाले स्वयंसेवी तथा स्वास्थ्यकर्मीहरू सहित वडाका सबै टाेलहरूमा पुगेर भिटामिन ‘ए’  क्याप्सुल र जुकाको औषधि बालबालिकालाई खुवाइने  स्वास्थ शाखाले जनाएको छ ।

गाउँपालिका सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता र कुपोषणको जोखिमलाई मध्ये  नजर गर्दै न्यूनीकरणका संघीय सरकारकाे नीति कार्यक्रम अनुसार २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेकोमा राष्ट्रिय कार्यक्रमकाे रूपमा   रिब्दिकाेटले पनि प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई खुवाउने गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी गराउनुभएकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *