रिब्दिकाेट गाउँपालिकाले राजश्व सम्वन्धि सराेकारवालाहरूसंग राजश्व परामर्श समितिकाे छलफल

पाल्पा, रिब्दिकाेट गाउँपालिकाले राजस्व परामर्श समितिकाे संयोजक एवं गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीकाे अध्यक्षतामा कर तथा राजस्व नीति, कर संरचना तथा करका दर सम्बन्धमा गाउँपालिकामा कर संकलनका क्षेत्रहरू कर वृद्धि गर्ने विषयमा छलफल भएको छ । रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीकाे प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाप्रमुख प्रशासकीय अधिकृत मदन अर्याल र अतिथि वडाअध्यक्ष चिरञ्जीवी पाेखरेल, ओमप्रकाश पाेखरेल, नारायणबहादुर केसी, साेमबहादुर कार्की, मानबहादुर रेस्मी, दानबहादुर कुँवर, चुरा बहादुर छहरी रहनुभएकाे थियो । रिब्दिकाेट गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, उद्योग तथा ब्यापार ब्यवसाय संचालन गरिरहनुभएका उद्योगी ब्यवसायी एबं संघसंस्थाका प्रतिनिधि तथा सराेकारवालाहरू संग राजश्व वृद्धि र राजश्व संकलनमा स्रोत पहिचान गर्दै आर्थिक वर्षको राजश्व परामर्श समितिले छलफल गरेको हाे ।

रिब्दिकाेट गाउँपालिकाले आर्थिक वर्षका लागि राजश्व परामर्श समितिकाे संयाेजक कान्ताअधिकारीकाे अध्यक्षतामा छलफलकार्यक्रममा प्रमुख अतिथि एवं रिब्दिकाेट गाउँपालिका अध्यक्षनारायणबहादुर कार्कीले गाउँपालिकाभित्रकाे प्राकृतिक स्राेत र सेवाप्रवाहमा लाग्ने शुल्क लगायतका करहरूलाई पालिकाकाटाेलटाेलमा पुगेर नागरिकहरूलाई राजश्व सम्वन्धि शिक्षा प्रदानगर्ने र पालिकाभित्रका व्यापार ब्यवसाय,सम्पत्ति कर,बहाल कर,मनाेरञ्जन कर,व्यवसाय दर्ता कर र विविध किसिमका करहरूबाट रिब्दिकाेट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा कर वृद्धिका लागि सराेकारवालासंग छलफल गर्दै राजश्व वृद्धि गर्नमागाउँपालिकाले नीति तथा याेजना बनाएर अघि बढेको जानकारी दिनुभयो ।

सराेकारवालासंगकाे छलफलमा रिब्दिकाेट गाउँपालिकाका सबै जनप्रतिनिधिहरूबाट आ-आफ्नोतर्फबाट महत्त्वपूर्ण सुझाव राख्दै उहाँहरूले पालिकाभित्र रहेका रहेको स्राेत साधनको सहिउपयोग गरि राजश्व वृद्धिमा लक्ष्य प्राप्तगर्न सकिने धारणा प्रस्तुत गर्नुभएको थियोे ।

छलफल कार्यक्रममा रिब्दिकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले राजश्व सम्बन्धी विषयको अध्ययन, अनुसन्धान र विश्लेषण गरी राय, सल्लाह र सुझाव संकलन गर्न गाउँपालिकाले समुदायमा पुगेर यस विषयमा छलफल गर्नुपर्ने बताउँनुभयाे।

त्यस्तै कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधि , व्यापारिक क्षेत्रका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राख्नुहुदै उहाँहरूले राजश्व वृद्धि भन्दा पनि राजश्व संकलनक्षेत्र पहिचान गरेर राजश्व संकलनमा वृद्धि गर्न सकिने सुझाव दिनुभएको थियोे ।

राजश्व परामर्श समितिकाे छलफल कार्यक्रममा राजश्व वृद्धिका आधार प्रष्टाउदै लेखा अधिकृत मन्जु पन्थीले ,कर नीति, कर संरचना तथा करका दरका विषयमा सरोकारवालाहरूको विचार तथा चाहना बुझ्न खोजेको छलफलमा बताउँनुभयाे।

राजश्व परामर्श समितिकाे छलफल कार्यक्रममा अध्यक्षता गर्नुहुदै रिब्दिकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले नजिकिएको बजेटलाई मध्येनजर गर्दै समितिले सुझाव संकलन कार्यलाई तिव्रता दिन लागेको बताउँदै बजेटमा समावेश हुने आय व्ययमा आय (राजस्व)को पाटोलाई समितिले विशेष रुपमा केलाउने छ । खासगरी राजस्व नीति, संरचना दरलाई समावेशी बनाउदै वैज्ञानिक कर प्रणाली लागू गर्न स्थानीय सरकारलाई सुझाव दिने तयारीका साथ यहाँहरूकाे सुझावहरू संकलन गर्न राजश्व परामर्श समितिले छलफलकाे आयाेजना गरेको बताउँनुभयाे। लेखा अधिकृत मन्जु पन्थीले कार्यक्रमकाे सञ्चालन गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *