रिब्दिकाेट गाउँपालिका,विपद् व्यवस्थापन समिति  बैठक सम्पन्न

पाल्पा,रिब्दिकाेट गाउँपालिकाकाे गाउँविपद् व्यवस्थापन समिति बैठक गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीकाे अध्यक्षतामा सम्पन्न भएको छ । गाउँपालिकाकाे सभाहलमा भएको बैठकमा गाउँपालिकामा क्रियाशील राजनीति दलका प्रमुख प्रतिनिधि र वडाअध्यक्ष सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले बैठकमा  विपद्का सम्वन्धि आगामी दिनमा गर्नुपर्ने कामका बारेमा प्रस्तुति सहित राहत उपलब्ध कसरी भइ राखेको छ, भन्ने जिज्ञासा र भविष्यमा हुने जाेखिम सम्वन्धिकाे तयारी कसरी भएको छ ,भन्ने जिज्ञासा  राख्नुभएको थियो । उहाँहरूले विपद् व्यवस्थापन समितिले आगलागी,बाढी पहिरो पीडित तथा अन्य विपद्का घटनाबाट मानवीय क्षति तथा भाैतिक सम्पत्तिकाे पूर्ण र आंशिक क्षति भएका प्रभावित परिवारलाई  सरकारले तोकेअनुसारको स्थानीय  सरकारबाट राहत प्रदान कसरी भएकाे र त्यस बिषयमा स्थानीय जनताको चाँसाेकाे विषयमा बैठकमा जानकारी गराइएको थियोे ।

बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत  मदन अर्यालले विपद्का घटना न्युनीकरणमा   स्थानीय जनता स्वयं सचेत भई आ-आफ्नो स्थान बाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।गाउँपालिका विपद् व्यवस्थापन समितिकाे बैठक अध्यक्ष नारायणबहादुर कार्कीकाे अध्यक्षतामा सूचना अधिकृत रूकलाल भट्टराईकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *