रिब्दिकाेट गाउँपालिका स्वास्थ्य शाखाकाे क्षयरोग  सम्वन्धि योजना तर्जुमा गोष्ठी

पाल्पा, रिब्दीकोट गाँउपालिका स्वास्थ्य शाखाकाे आयोजनामा क्षयरोग कार्यक्रमको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । स्थानियतहका स्वास्थ्यकर्मीहरुकाे सहभागितामा भएको स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले कार्यक्रमको उद्धेश्य माथि प्रष्ट  पार्दै आर्थिक वर्षकाे २०७९/८० मा क्षयरोगी कति जना भए ? स्वास्थ्य कर्मी मार्फत दिएका सेवाहरु के कति उपलब्धी पूर्ण रह्यो त्यस बारेमा जानकारी लिदै गाउँपालिका स्वास्थ्य शाखाबाट आगामी वर्ष  २०८०/०८१ का लागि तय गरिएका योजनाहरु के कस्ता रहेका छन् भन्ने विषयमा याेजना तर्जुमा गाेष्ठीमा जानकारी गराउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिकाबाट नागरिकको आधारभूत स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने गरी योजना तयार गरिएको जानकारी दिनुहुदै उहाँले स्वस्थ्य नागरिकबाट मात्र समृद्ध गाउँपालिकाको परिकल्पना गर्न सकिने भएकोले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि  बढेको बताउनुभयो ।

गोष्ठीको सहजीकरण स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले गर्नुभएको थियो । उहाँले क्षयरोग न्यूनीकरणका लागि यस गाउँपालिकाकाे स्वास्थ्य शाखाबाट भएगरेका काम र असल अभ्यासहरु प्रशंसनिय रहेको बताउँदै क्षयरोगीहरुको पहिचान, आवश्यक परामर्श, उपचार विधि, यस रोगको न्यूनीकरण र रोकथाममा स्थानीय तह र सम्बन्धित स्वास्थ्यकर्मीहरुको भूमिकाको बारेमा जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *