रिब्दिकाेट गाउँपालिका ४नं.वडा भैरवस्थानकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

नवराज ज्ञवाली पाल्पा, रिब्दिकाेट गाउँपालिकाकाे ४ नं. वडा कार्यालय भैरवस्थानले भैरव जनता माध्यमिक विद्यालयकाे स्राेत केन्द्र भवनमा वडाको  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडाअध्यक्ष साेम बहादुर कार्कीले वडाबाट सम्पन्न भएका याेजनालाई सार्वजनिक भाैतिक पूर्वाधारका सबैजसाे याेजनाहरू सम्पन्न भएको ,स्वास्थ्य चाैकीबाट आफू नजिकैको वडा सरकारबाट सेवा उपभाेग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै पारदर्शी र थप प्रभावकारी बनाउँदै  वडाका जेष्ठ नागरिक स्याहारकाे अनुभूति दिन घरमै पुगेर स्वास्थ्य परिक्षण आधारभूत औषधि  नि:शुल्क वितरण “सुत्केरी आमाहरूलाई पाेषिलाे खाना” र बच्चाकाे पाेषण तथा स्याहारलाई ध्यान  राख्दै ब्यवस्थित रूपमा सेवा प्रदान गरिएको छ।

वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई नि:शुल्क सेनिटरी प्याड वितरण  गरिएको ,वडाका धार्मिक स्थल लगायतका स्थान  हरूमा “म बनाउँछु मेराे रिब्दिकाेट” स्वयंसेवी   कार्यक्रममा जनसहभागिता सहित सरसफाइ काम  गरिएको, लक्षितवर्गकाे माैलिक तथा संवैधानिक अधिकारकाे प्रत्याभूत गर्न आयआर्जन,सीपमूलक कार्यक्रम मार्फत क्षमता विकास र राेजगारी सिर्जनाका कार्यक्रम संचालन गरिएको ,खानेपानी  तथा सरसफाइ कार्यक्रमतर्फ “एक घर एक धारा” नीति अनुसारकाे वडाका सबै घरधुरीमा खानेपानी पुगेको र उपभोक्ताहरूकाे खानेपानी महशुललाई केही मात्रा भएपनि महशुल छुट गरिएको,पानीको  मुल संरक्षण गर्न प्राचीन धारा,कुवा,पंधेरा,पाेखरी आदि स्रोतहरूकाे संरक्षणमा ध्यान दिएको छ।

बेरोजगार भई राेजगारीका लागि वडामा सूचिकृत हुन वडा कार्यालयमा निवेदन दिएका नागरिकलाई प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत चाैध जना बेरोजगारलाई एक सय दिनकाे राेजगारी दिई भौतिक पूर्वाधार निर्माण तथा वडाका टाेलबस्ती  सडकका नाली कटिङ र सरसफाइकाे काममा संलग्न गराई राेजगार प्रदान गरिएको सार्वजनिक सुनुवाइमा प्रस्तुत गर्नुभएको हाे। सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले प्रस्तुत सार्वजनिक सुनुवाइमा सम्पन्न भएका याेजनाहरू जनताको सहभागीता र सक्रियतालेनै याे सम्पन्न  हुनेहुँदा यी उपलब्धि हासिल गर्न पनि यहाँहरूकाे भूमिका भएकोले वडाकाे कार्यसम्पादन मुल्यांकन गर्दा कुल संचालित याेजनाकाे ८५ प्रतिशत काम सम्पन्न गर्न सफल बताउँनुहुदै प्रमुख प्रशासकीय  अधिकृत अर्यालले वडा कार्यालयलाई शुभकामना तथा बधाई दिनुहुँदै उहाँले विकास निर्माणकाे काम गर्ने क्रममा नीतिगत रूपमा देखिएका समस्यालाई  कानुनले मिल्ने जति समाधान गरिने उपभोक्ताहरू लाई सहजरूपमा सेवाप्रवाह गरिने उहाँले बताउनु  व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्टअतिथि रिब्दिकाेट गाउँपालिका लेखा अधिकृत मन्जु पन्थीले वडा कार्यालयबाट गरिएका कामकाे बारेमा महत्त्वपूर्ण भनाइ राख्दै  उहाँले उपभोक्ताहरूले काम गर्दा आफुलाई परेको  समस्याहरू बारेमा बाेल्ने गुनासो गर्ने र सुझाव राख्ने ठाउँ भनेको सार्वजनिक सुनुवाइ कार्यक्रम भएकाले यहाँहरूले प्रश्न उठाउने र त्यसको जवाफ दिने ठाउँ पनि यही सार्वजनिक सुनुवाइ भएकाले उपभोक्ताहरूले खुलेर प्रश्न गर्न सक्नुपर्ने बताउँदै उहाँले जहाँ सचेत उपभोक्ता हुन्छ त्यहाँकाे काम सचेतता पुर्वक हुने भन्दै शुभकामना दिनुभयो। अर्का विशिष्ट अतिथि रिब्दिकाेट गाउँपालिकाका याेजना अधिकृत काशीनाथ आचार्यले उपभोक्ता  समितिले याेजनाकाे कामगर्दा लागत अनुमानमा राखिएको इष्टिमेण्ट अनुसारको काम गरे मुल्यांकन गर्दा समस्या नहुने भएकोले साेही अनुसारकाे काम उपभोक्ता समितिबाट भएमा काम गरेपछि याेजना फरफारकमा समस्या नहुने भन्दै सार्वजनिक सुनुवाइ कार्यक्रम बाेल्दै शुभकामना दिनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका अतिथि एवं पूर्व वडाअध्यक्ष दुर्गाप्रसाद खनालले वडाले सम्पादन गरेको कामकाे टिकाटिप्पणी गर्ने बेला अहिलेनै नभएकोले त्यसको समीक्षा टिप्पणी आउँदावर्षका कामहरूमा गरिने बताउनुहुदै उहाँले वर्तमान वडा सरकारले हाम्रो आवश्यकता महशुस गरि सहकार्य गर्न चाहेमा पूर्व जनप्रतिनिधिकाे हैसियतले वडाका काममा सघाउन तयार रहेको बताउँदै शुभकामना दिनुभयाे। सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्षबाट   प्रस्तुत गरिएका याेजनाहरूकाे विषयमा केन्द्रीत रही इउत्तरदायित्व डटकम सह-सम्पादक नवराज ज्ञवाली,सामाजिक अभियन्ता दुर्गाबहादुर पाेखरेल, कुखुरेढाप लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष माधव प्रसाद पाेखरेल, महेन्द्र जनता प्रावि प्रधानाध्यापक चन्द्र प्रसाद गाैतम,टाेल विकास संस्था अध्यक्ष  विरेन्द्र मिदुन लगायतले वडाको सार्वजनिक सुनुवाइमा  बाेल्नुहुदै आ-आफ्नो धारणा सहितको सुझाव राख्नुभएको थियोे ।

कार्यक्रममा उठेका जिज्ञासाहरूलाई सम्वाेधन गर्दै  वडाअध्यक्ष कार्कीले सार्वजनिक सुनुवाइमा यहाँले राख्नुभएको जिज्ञासालाई अमुल्य र सकरात्मक मार्गनिर्देशन रूपमा ग्रहण गर्दै आगामी दिनमा ती प्राप्त सुझाव अनुसार अघि बढने प्रतिवद्धता ब्यक्त गर्नुहुदै वडामा सम्पादन हुने काम याेजना निर्माण   गर्नका लागि खटिनुहुने उपभोक्ता समिति अनुगमन   गर्नमा खट्ने सचेत वडाका नागरिक साथै कर्मचारी हरूकाे सहयोगले मात्र स संम्भव भएको बताउँदै  कार्यक्रमकाे अध्यक्षता गर्नुभएको थियोे ।  कार्यक्रममा वडा सदस्य दुर्गाप्रसाद ढकालकाे स्वागत कम्प्युटर अप्रेटर उमनप्रताव राणाकाे संचालनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न   भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *