रिब्दिकोट गाउँपालिकाकाे पालिकास्तरीय पोषण समिक्षा तथा योजना तर्जुमा गोष्ठी

पाल्पा, रिब्दिकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकास्तरीय वार्षिक पोषण समिक्षा तथा याेजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य शाखाकाे वार्षिक कार्यक्रम अनुसार समिक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हाे ।रिब्दिकाेट गाउँपालिकाकाे स्वास्थ्य शाखाबाट गत आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन भएका पोषण सम्वन्धि कार्यक्रमकाे समीक्षा तथा गाेष्ठीमा छलफल गर्दै यसवर्ष गाउँपालिकाले पोषण क्षेत्रमा स्थानीय सरकारबाट १५ लाख र संघबाट छ लाख ५२ हजार गरी २१ लाख ५२ हजार बजेट बराबरको काम गर्ने गाउँपालिकाले जनाएको छ ।

समीक्षा गाेष्ठी तथा छलफल कार्यक्रममा गत वर्ष गाउँपालिका स्वास्थ्य शाखाबाट २१ लाख ६७ हजार बजेटको काम गरेको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।समीक्षा कार्यक्रममा स्वास्थ्य शाखाबाट भएका कामहरूमा कुपोषणको वर्गीकरण, बालबालिकामा पोषणको अवस्था, कुपोषणका कारण नेपालमा बाल मृत्युदर, पोषणको अवस्था सुधार गर्न रिब्दीकोट गाउँपालिकामा भएका पहलहरु, पोषणबारे दीर्घकालीन साेँच, लक्ष्य र उद्देश्यहरु, पालिकास्तरीय पोषण समितिको काम, कर्तब्य र अधिकार लगाएतका बारेमा कार्यक्रममा छलफल भएको प्रमुख अधिकारीले बताउनु भयो ।

समीक्षा कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले कार्यक्रमका आगामी योजनाहरु, पोषण सम्बन्धि सूचकहरुको अभिलेख एंव प्रतिवेदनको गुणस्तरको सुधार तथा चुनौतीहरु लगाएतका विषयमा धारणा राख्नुहुदै गाउँपालिकाकाे काममा आम नागरिकहरूलाई थाहा भएमा मात्र कामकाे सुधार भएर जाने बताउदै यस विषयमा स्वास्थ्य कर्मीलाई गम्भीर भएर नागरिकको सेवामा लाग्न सुझाव दिनुभयो ।

रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले समीक्षा कार्यक्रममा बाेल्नुहुदै समुदायमा अझै पनि आम नागरिकहरूमा स्वास्थ्य सचेतनाको अभावमा बालबालिकाहरुलाई कुपोषण हुने गरेकाले गाउँपालिकाले चेतनामुलक सन्देश प्रवाह गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने बताउनुभयो ।समीक्षा बैठकमा पालिकास्तरमा पोषण विशेष समितिहरुको नियमित बैठक ,पोषण कर्नर सबै स्वास्थ्य संस्थामा भएको तथा पोषण फोकल व्यक्तिबाट कार्य भएको स्थानियस्तरबाट उपल्ब्ध हुने पोसिलो खाना तथा विद्यालयमा खुवाईने खानामा पोसिलो भए नभएको कुरा हर समयमा रेखदेख गर्ने गरि गाउँपालिका अघि बढेको जानकारी अध्यक्ष कार्कीको गराउनुभयाे ।समीक्षा गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी तथा स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत तथा पोषण कार्यक्रम फोकल पर्सन टिकाराम अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *