रिब्दीकाेटकाे रोजगार संवाद मञ्चकाे बैठक : राेजगारी, अवसर सम्भावना विषय केन्द्रीत छलफल

पाल्पा, रिब्दीकाेट गाउँपालिकाकाे रोजगार संवाद मञ्चकाे पहिलो बैठकले राेजगारी,अवसर र सम्भावना सम्वन्धि छलफल गरेको छ। रिब्दीकाेट गाउँपालपका अध्यक्ष एवं समिति संयाेजक नारायण बहादुर कार्कीको अध्यक्षतामा बसेकाे बैठकले मञ्चकाे गठन र संचालन तथा व्यवस्थापन गर्न बनेको कार्यविधि अनुसार गठन भएको राेजगार सम्वाद मञ्चकाे पहिलो बैठकमा विभिन्न विषय केन्द्रीत छलफल गरेको हाे।बैठकमा रिब्दीकाेट गाउँपालिकामा बेरोजगारकाे अवस्थालाई के कसरी हल गर्ने र तीनलाई स्वराेजगार बनाउन गाउँपालिकाबाट गर्न सकिने काम बारेमा विभिन्न विषयमा रही छलफल गरिएको थियोे ।

राेजगार संम्वाद मञ्चकाे पहिलो बैठकमा समिति सदस्यहरूले आ-आफ्नो धारणा राख्नुहुदै छलफलमा सुझाव राख्नुभएको थियोे । बैठकका अध्यक्ष कार्कीले बैठकमा भएका छलफल तथा सदस्यहरूबाट प्राप्त भएको सुझावलाई आत्मसात गर्दै अगाडि बढ्दै जाने बताउँदै उहाँले प्रधानमन्त्री राेजगार कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने र राेजगार संम्वाद मञ्च गठन सम्वन्धि व्यवस्था गर्न बनेको प्रस्तुत कार्यविधिमा भएको काम कर्तव्य अधिकार सहित कार्यविधिमा रहेको विषयमा रहेर प्राप्त सुझाव महत्त्वपूर्ण रहेकोले त्यसको कार्यान्वयन गर्ने बताउनुभयो ।बैठकमा रोजगार संयोजक दुर्गा पछाईले प्रस्तुत गर्नुभएको कार्यविधिमा भएकाे व्यवस्था अनुसार छलफल गर्दै सुझाव पेश गरिएको थियो। रोजगार संवाद मञ्च गठन कार्यविधि व्यवस्था अनुसार रोजगारदाता सेवा केन्द्र लगायतका विषय समेटिएका धारणा सहित कार्यविधिले ताेके अनुसार राेजगारलाई कसरी अघि बढाउने र सिर्जनात्मक रूपमा फलदायी कसरी बनाउने भन्ने विषयमा केन्द्रित भएर छलफल गरिएको थियोे ।

बैठकमा बेरोजगारी रहेका र रोजगारदाताबिचको व्यवस्थापनले रोजगारदाता र रोजगारकर्ताको पहिचान गरेर रोजगारी दिलाउने हो,पालिकास्तरिय कार्यविधि निर्माण गरेर रोजगारी दिने उदेश्य राेजगार संवाद मञ्चकाे गठन गरिएको जानकारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पाेखरेलले गराउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *