रिब्दीकोटकाे नागरिक आरोग्य तथा नसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम

पाल्पा, रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र पालुङ्गमैनादी आयुर्वेद औषधालयकाे समन्वयमा “नागरिक आरोग्य कार्यक्रम” स्वस्थ जीवनशैली,योग तथा नसर्ने रोग सम्बन्धी तीनदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । रिब्दीकाेट गाउँपालिकाका आठवटा वडाका ३७ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र ७२ जना स्वास्थ्य स्वयंसेविका गरि करिब २००जनाबढी सहभागीता रहेको कार्यक्रमकाे पहिलो दिन खस्याैली,दाेस्राे दिन पालुङमैनादी र तेस्रो दिन देउरालीमाअभिमुखिकरण कार्यक्रमकाे सञ्चालन हुनेछ ।

कार्यक्रमका प्रमुखअतिथि एवं रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै स्वस्थ्य रहने उपाय घरमा आफैसँग छ भन्ने कुरालाई आम नागरिकलाई बताउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि कार्कीले प्रत्येक व्यक्तिले स्वास्थ्यका सामान्य नियमहरू लाई आत्मसात् गर्ने हाे स्वास्थ्य क्षेत्रकाे उपचारमा हुने ठुलो रकम खर्च समेत बचत हुने बताउँदै उहाँले जीवनशैली परिवर्तनले उच्च मनाेवल वृद्धि हुने र चित्त शुद्ध बनाउन सकिने भएकोले पनि सानो प्रयासमा धेरै लाभ लिन सकिने र सधै स्वस्थ रहन सकिने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि रिब्दीकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले आयुर्वेद,योग तथा जडिबुटिको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ शरीर,सकारात्मक सोच र व्यक्तित्व विकास गर्न साथै नसर्ने रोगहरुको प्रकोपलाई न्यूनिकरण गरी स्वस्थ समाज निर्माण गर्न सहयोग पुर्‍याउने उद्धेश्य अनुसार नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्वस्थ जीवनशैली,सन्तुलित आहार आजको आवश्यकता भएकोले पनि कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पाेखरेलले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी “भन्ने लक्ष्य रउद्धेश्य अनुसार गरिएको कार्यक्रमलाई सार्थक बनाउन आमनागरिकलाई शारीरिक मानसिक एवं आध्यात्मिक रूपमा स्वस्थ र सफल बनाई विश्वव्यापी रूपमा आक्रान्त बनेको नसर्ने राेगकाेप्रकाेपलाई न्युनीकरण गर्न स्थानीय परिवेशका आवश्यकताकाआधारमा उपलब्ध स्राेतहरूलाई अधिकतम् रूपमा प्रयाेग गरिस्वस्थ शरीर ,सकरात्मक साेँच एवं व्यक्तित्वकाे विकास गर्दै अघि बढनु कार्यक्रमकाे उद्धेश्य रहेको बताउनुभयो ।

उहाँले याेग ध्यान र प्राकृतिक उपचार विधिबाट हुने उपचारलेव्यक्तिमा शारीरिक तन्दुरुस्ती एवं स्वस्थ जीवनशैली जिउनलाईमद्धत समेत पुग्ने बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले आयुर्वेद स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा तथा रोग अनुसार ध्यान र योगा सम्बन्धी छलफलकाे प्रयोगात्मक अभ्यासबाट नागरिकमा पर्ने प्रभाव र सर्ने तथा नसर्ने राेगबाट कसरी बच्ने लगायत विषय केन्द्रित भएर सहजीकरण गर्नुभएको थियो । पालुङमैनादी आयुर्वेद औषधालय प्रमुख डा.राेमहर्ष नेपालले “नागरिक आराेग्य कार्यक्रम “ र स्वास्थ्य जीवनशैली तथा नसर्नेराेग सम्वन्धि आयुर्वेदकाे महत्त्व बुझाउदै आफ्नै भान्सा नै घरकाे अस्पताल रहेकोले व्यक्ति स्वस्थ रहन दैनिक आनीबानी बदल्न र व्यक्तिको खानपिनले स्वास्थ्यमा पर्ने असरबाट कसरी बच्ने भन्ने विषयमा बताउँदै शारीरिक तन्दुरुस्ती रहनका लागि ध्यान याेगकाे बारेमा सहजीकरण गर्नुभएको थियोे ।

त्यस्तै अर्का प्रशिक्षक डा.प्रशान्त बस्नेतले आयुर्वेदिक उपचार रबैकल्पिक उपचारका बारेमा बताउँदै दैनिक जीवनमा गरिने खानपानमा सतर्कता अपनाउन सके मात्र खानपिनबाट व्यक्तिको स्वास्थ्यमा पर्ने असरबाट जाेगिन सकिन्छ भन्ने विषय केन्द्रित सहजीकरण गर्दै सबै राेगकाे उपचार व्यक्तिकाे बानी व्यवहार भएकोले दैनिक जीवनमा स्वस्थ रहन आफु नै परिवर्तन हुनुपर्ने बताउनुभयो ।

वडाअध्यक्षहरू ओमप्रसाद पाेखरेल,नारायणबहादुर केसी, साेमबहादुर कार्की,मनबहादुर अस्लामी,कार्यपालिका सदस्य रञ्जना आचार्य र गाेमा पचभैयाकाे आथित्यता रहेको कार्यक्रममा रिब्दीकाेट गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषय शिक्षक शिक्षिका तथा महिला स्वास्थ्य स्वयंसेविका लगायत दुई सय बढीको सहभागी रहेको कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पाेखरेलकाे अध्यक्षतामा भएको थियोे । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *