रिब्दीकोट गाउँपालिकाको वार्षिक कार्य प्रगति समिक्षा

पाल्पा, रिब्दीकोट गाउँपालिकाले बार्षिक प्रगति समिक्षा सम्पन्न गरेको छ । गाउँपालिकाले गत आर्थिक बर्ष ०७९/८० का लागि गाउँ सभामा पास भएका योजना तथा कार्यक्रमहरुको वार्षिक कार्य प्रगति समिक्षा गरेको हो ।रिब्दिकाेट गाउँपालिकाकाे वार्षिक कार्य समीक्षा कार्यक्रममा गाउँपालिकाका विषयगत शाखाहरूका प्रमुखले आआफ्ना शाखा अन्तर्गतको वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

वार्षिक कार्य प्रगति कार्यक्रममा प्रशासन शाखा प्रमुख रुकलाल भट्टराई , शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख मणि खनाल , प्राविधिक तथा पुर्वाधार शाखा ईन्जिनियर पुरन कार्की लगायतले आ-आफ्नो शाखाकाे वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

त्यस्तै गाउँपालिकाकाे वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रममा आर्थिक प्रशासन शाखाको प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल, पञ्जिकरण सेवा इकाई शाखाकाे सिर्जना नेपाल , प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा दुर्गा पछाँई, पशु विकास शाखा गिता नेपाली र आयूर्वेद औषधालय प्रमुख डाक्टर रोमहर्ष नेपालले आ-आफ्नो शाखा अन्तर्गतकाे वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

रिब्दिकाेट गाउँपालिकाकाे वार्षिक कार्य प्रगति समीक्षामा प्रस्तुत प्रतिवेदन माथी कार्यक्रममा सहभागीहरूले उठाउनु भएको प्रश्न, जिज्ञासा सहित राख्नु भएको सुझावलाई गाउँपालिका विषयगत शाखाप्रमुखहरुले कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै आउने दिनमा प्राप्त सुझावहरूलाई कार्यान्वयन गरेर अघि बढ्दै जाने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले आफ्नो कार्यकालको पहिलो वर्ष उत्साहपूर्ण रहेको बताउँदै उहाँले आगामी वर्षहरूमा थप सक्रियताका साथ अघि बढ्नुपर्ने जिम्मेवारीबाेध भएको उहाँले बताउनुभयो । कार्यक्रममा अध्यक्ष कार्कीले गाउँपालिकाले अघि सारेको योजना तथा कार्यक्रमलाई पूर्णरूपमा सम्पन्न गरि सफल गाउँपालिका बनाउन कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने समेत बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रममा सहभागीहुने र गाउँपालिकाका शाखाअन्तर्गत आ-आफ्नो वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुने शाखा प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्नुभएकाे थियो । उहाँले कार्यक्रममा कर्मचारीहरूको मनोबल वृद्धि गर्नका लागि गाउँपालिका सधै सकारात्मक भएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *