रिब्दीकोट गाउँपालिकाले अदुवा प्रवर्द्वनका लागि   कारीतास नेपालसंग अन्तरक्रिया तथा छलफल

पाल्पा, रिब्दिकाेट गाउँपालिकाले अदुवा प्रवर्द्वनका   लागि अन्तरक्रिया सुरु गरेको छ।गाउँपलिकालाई अदुवा पकेटक्षेत्रको रूपमा अघि   बढाउँदै नागरिकको आयआर्जन र जीवनस्तरमा वृद्धि गर्ने उदेश्यका साथ अन्तरक्रिया गरेको हाे।रिब्दिकाेट गाउँपालिकाले कारीतास नेपालसंगकाे सहकार्यमा गाउँपालिकालाई अदुवा पकेट क्षेत्रकाे रूपमा विकास गर्दै प्रवर्द्वन सम्वन्धि छलफल तथा अन्तरक्रिया गरेको छ । कारीतास नेपालकाे आयोजना भएको कार्यक्रम  रिब्दिकोट गाउँपालिकाको समन्वयमा अदुवा पकेट  क्षेत्र विस्तार एवं प्रवर्द्वन र उद्यम विकासका लागिकृषक र व्यवसायीसंग छलफल गरिएको हाे ।     

छलफल तथा अन्तरक्रिया कार्यक्रम सराेकारवाला बीच छलफल गर्दै प्रायः नागरिकहरू कृषि पेशामा आश्रित रहेकोले पनि कृषि उत्पादनलाई आधुनिक प्रविधिसंग जाेडेर कृषि प्रणालीमा व्यवसायिकता नहुँदा कृषिबाट कृषकहरूले साेँचे अनुसारकाे प्रतिफल प्राप्त गर्न नसकेकाेले पनि व्यवसायिक रूपमा अघि बढन कृषिलाई विविधता जाेड्दै जानुपर्ने आवश्यक रहेको छलफलमा सहभागी हरूले बताउनुभयो ।कार्यक्रममा सहभागीहरूबाट आ-आफ्नो विचार राख्दै  विविध परिस्थितिका बीच पनि रिब्दीकोट गाउँपालिकाले कृषिलाई आधुनिक एवं प्रविधियुक्त  उत्पादनमा जोड दिदै आएको छ ।गाउँपालिकाले अकबरे खुर्सानी उत्पादनमा नमुना कार्य गरेको बताउँदै कार्यक्रममा सहभागीहरूले अब गाउँपालिकाले कृषकहरूलाई अदुवा प्रवर्द्वन कार्यक्रम मार्फत व्यवसायीक बनाउन अन्तरक्रिया  र छलफल गर्दै कृषि आधारित कार्यक्रम बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।

अन्तरक्रिया छलफल कार्यक्रममा बाेल्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिका र कारितास नेपालको सहकार्यमा कृषिक्षेत्रमा काम गर्न साना उद्यमीकाे खाेजी गर्दै कृषि उत्पादनकाे क्षेत्रमा देखिने जोखिमलाई ध्यान    राख्दै कृषि क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले गाउँपालिकालाई अदुवा पकेटको विकास  माध्यमबाट नागरिकहरूको जीवन स्तरमा सुधार गरि आत्मनिर्भर बनाउन सकिने भन्दै याे कार्यक्रम  सञ्चालन गर्न र प्रवर्द्वन सम्बन्धि छलफल एवं  अन्तरक्रिया छलफल गरिएको बताउनुभयो ।गाउँपालिकाभित्र पछिल्लो समय गाउँघरका खेतबारीहरू बाँझो रहेको अवस्थामा अदुवा पकेट  तथा प्रवर्द्धन कार्यक्रमले केहिहद बाँझो रहेकाे जमिनको सदुपयोग राम्रोसँग हुने विस्वास गरि बाँझो जमिनकाे प्रयाेग ल्याउन यसले सघाउने भन्दै  कृषिकाे उत्पादनमा समेत वृद्धि हुने गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी एवं वडाअध्यक्षहरू चिरञ्जीवी पोखरेल, ओमप्रकाश पोखरेल, नारायणबहादुर केसी, दानबहादुर कुँवर लगायतका जनप्रतिनिधि सहित गाउँपालिकाका कर्मचारी ,गाउँकार्यपालिका सदस्य हरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *