रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

पाल्पा, रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । रिब्दीकाेट गाउँपालिका स्वास्थ्य शाखाबाट आयोजना गरिएको कार्यक्रममा गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।जिल्ला खोप समन्वय समितिका सह–संयोजक काशिका गैरेकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं जिल्ला खाेप समन्वय समितिका सदस्य सचिव डा.राजेन्द्रकुमार गिरीले रिब्दीकाेट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको घाेषणाकाे प्रमाण -पत्र गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेललाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभएकाे हाे।

रिब्दीकाेट गाउँपालिकाले गाउँपालिकाका आठवटै वडाहरुलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरेपछि सिङ्गो गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो ।पुर्ण खाेप सुनिश्चितता गाउँपालिका घाेषणा कार्यक्रममा चालु आर्थिक बर्षमा १५ महिना देखी ५ बर्ष मुनिका ८ सय ५२ जना बालबालिकालाई सरकारले तोकेका १३ किसिमका खोपहरुकाे पुर्णता गरेपछि बालबालिकाहरुलाई लगाईएको सबै किसिमका खाेप पूरा भएपछि गाउँपालिलाई पुर्ण खाेप सुनिश्चितता भएको घाेषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले जानकारी गराउनुभयाे ।उहाँले कार्यक्रमका अतिथि एवं सहभागीहरूलाई स्वागत गर्दै भन्नुभयो ।हामीले सरकारबाट प्रदान गरिने १३ किसिमका खोपमा एक जना बालबालिकाहरु पनि नछुटुन भनि गाउँपालिकाकाआटवटै वडामा पुगेको बताउँदै वडामा घरदैलो गरी पूर्ण खोप अभियानलाई सफल सक्रियताका साथ काम गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयाे । गाउँपालिका भित्रका जन्मेदेखी १५ महिनासम्म र १५ महिनादेखी ५९ महिनासम्मका बालबालिकाहरूलाई दुई समूूहमा वर्गीकरण गरेर खोप अभियानलाई सञ्चालन गरिएको समेत जानकारी गराउनुभयाे ।

पुर्ण खाेप सुनिश्चितता घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख काशिका गैरेले पूर्ण खोप कार्यक्रम अभियानले बाल मृत्युदर,मातृ मृत्युदर शूून्यको अवस्थामा पुर्‍याएकाे र मानिसको औसत आयुमा वृद्धि गर्न एवं धेरै किसिमका रोगहरुबाट मानिसलाई सुरक्षित गर्नलाई र समग्र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय सुधार यस किसिमको खाेप सुनिश्चितता कार्यक्रम आएको बताउनुभयाे ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले पूर्ण खोप सुनिश्चिता कार्यक्रमले ५ बर्षमुनिका कुनै पनि बालबालिका सरकारको मापदण्ड भित्रका खोपहरु पाउने,कुनै तरिकाबाट छुटेका भएपनि पुन समेटिने भएकाले याे कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयाे । पाल्पाले तीन वर्षदेखि खोप सुनिश्चितता भएको गाउँपालिका घाेषणा अभियानलाई निरन्तरता दिदै आएको स्वास्थ्य कार्यालय प्रमुख डा.गिरीले बताउनुभयाे । खोप अन्तर्गत दादुरा,विफर र पोलियो पाल्पामा हालको अवस्थामा निर्मुल अवस्थामा रहेको समेत कार्यक्रममा डा.गिरीले बताउनुभयाे ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले पूर्ण खोप अभियानले पालिकाको स्वास्थ्यकाे क्षेत्रमा उल्लेखनीय सुधार आएको बताउनुभयाे । पूर्ण खोप अभियानले प्रत्येक घरघरमा पुग्दा स्वास्थ्य क्षेत्रका अन्य विषयबस्तुमा समेत जानकारी प्राप्त भएकाले गाउँपालिकाले सोही अनुसारको नीति कार्यक्रम र बजेट बनाउदै आएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयाे । सर्ने रोगहरु खोपबाट नियन्त्रण हुने भएपनि नसर्ने रोगहरुको अवस्था दिनहुँ भयावह हुँदै आएकाे बताउँदै अध्यक्ष कार्कीले सिंगो गाउँपालिका नियन्त्रणको अभियानमा जुटेको बताउनुभयाे । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिने र आगामी दिनमा जिल्लामै पहिलो गाउँपालिका हुने गरी काम गर्ने योजना सहित गाउँपालिका लागि पर्ने र खट्ने बताउनुभयाे ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले नयाँ संविधान जारी भएपछि स्थानीय तहमा स्वास्थ्य अधिकार पाएको बताउँदै उहाँले गाउँपालिका आफै नीति नियम कानुन र बजेट बनाउने र आवश्यकता अनुसारको स्वास्थ्य कार्यक्रम लागु गर्न पाउँदा स्वाथ्यक्षेत्रमा उल्लेखनिय सुधार भएको बताउनुभयाे । बालबालिका स्वस्थ भए देश नै स्वस्थ हुने भएकाले सबै तहको सरकारबाट बालबालिकाको स्वास्थ्यकाे क्षेत्रमा बढी लगानी गर्नुपर्ने उहाँले बताउनुभयाे ।पुर्ण खाेप सुनिश्चितता घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय खोपसुपर भाईजर विश्वनाथ न्यौपानेले तीन कराेड वर्षको मानव इतिहासकाे बारेमा बताउँदै स्वास्थ्य विग्रिएमा जीवनका सबै कुरा बिग्रिने भएकाले सबैले आ-आफ्ना बालबालिकाहरुलाई १३ प्रकारका खोप अनिवार्य लगाउन आग्रह गर्नुभएकाे थियोे ।

त्यस्तै गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीले पछिल्लो समयमा नसर्ने रोगले स्वास्थ्य क्षेत्रमा जटिलता ल्याएकाे बताउँदै उहाँले खानपान,आनिबानी तथा व्यहारमा परिवर्तन गर्न र नियमित व्यायम गर्न अनुरोध गर्दै कृषि उत्पादनमा विषादी जाँच अनिवार्य गर्ने व्यवस्था लागु गर्न सरकारसँग माग गर्नुभएको छ ।रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीकाे अध्यक्षतामा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीकाे स्वागत र नर्सिङ प्रमुख कमला लाम्टाङ्गेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *