रिब्दीकोट बजार अनुगमनमा अधिकांश पसलमा समयावधि गुज्रिएको सामग्रीहरू भेटिए  

पाल्पा, जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,करदाता सेवा कार्यालय पाल्पा र रिब्दिकाेट गाउँपालिकाबाट संयुक्त बजारअनुगमन  भएको छ । स्थानीय सरकारहरूले यतिबेला चार्डपर्वहरूलाई ध्यानमा राखेर चार्डपर्व नजिकिँदै गर्दा बजारको अनुगमनलाई तिव्र बनाउँदै संयुक्त रूपमा अनुगमन गरिरहेका हुन् । रिब्दिकाेट गाउँपालिकाकाे खस्याैली, कुसुमखाेला र पालुङमैनादीकाे बतासे बजारलाई अनुगमन गरिएको छ ।

संयुक्त बजार अनुगमन गर्दै चाडपर्वमा हुन सक्ने कालो बजारी खाद्य सामग्रीको कृतिम अभाव देखाएर हुने मूल्य वृद्धि जस्ता कृतिमअभाव देखाउने समस्या बजार  मा भएकालेे चार्डपर्व लक्षित मात्र नभएर बेलाबेला  समय अनुसार बजार अनुगमन गर्ने गरेको जिल्ला प्रशासन कार्यालय पाल्पा सहायक प्रमुख जिल्ला  अधिकारी भक्तिसरा रानाले बताउनुभयो ।

रिब्दिकाेट गाउँपालिकाकाे खस्याैली कुसुमखोला र पालुङमैनादीकाे बतासेबजारकाे तीन दर्जन बढी पसललाई अनुगमन गर्ने क्रममा स्थानीय बजारका अधिकांश पसलहरूमा समयावधि गुज्रिएको खाद्यसामग्री, अखाद्य मिसिएको बस्तु , लेभल नगरिएको  खाद्यबस्तु चामल , पेयपदार्थहरू, ब्यवसाय दर्ता र मूल्य सूची नटाँसिएको भेटिएको हाे ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई तिव्र प्राथामिकतामा राखेको अनुगमन गरेको बताउँदै पालिकाकाे खस्याैली कुसुमखोला र बतासे   लाई अनुगमन गर्दा अधिकांश पसलहरूमा उक्त   कमीकमजोरी देखिएकाले पहिलोपटकलाई सुझाव सहित जानकारी दिने र अटेरी गरेमा जरिवाना र कार्यवाही गर्ने ,अनुगमनमा समयावधि गुज्रिएको बस्तु भेटिए त्यसलाई जफत गरि नष्ट गर्ने काम भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाको संयुक्त टोलीले बजार अनुगमनमा सबै जसो व्यवसायीहरुले स्थानीय तहमा व्यवसाय दर्ता नगरेको, मूल्यसूची टाँस नगरेको र समयावधि  गुज्रिएको खाद्य सामग्री उपभोक्तालाई नबेच्ने गरी छुट्टयाएर अलग्गै राख्ने व्यवस्था नगरेको कारणले केही सामानलाई जफत गरि नष्ट गरेको र केही ब्यापारीलाई न्युनतम जरिवाना गरिएकाे जानकारी  गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गराउनुभयाे ।

बजार अनुगमनमा यसअघि अनुगमनको क्रममा दिइएको सुझावहरुलाई व्यवसायीहरूबाट सुझाव  कार्यान्वयन भए नभएको,मूल्यसूची राखे नराखेको पसल दर्ता गरेकाे छ छैन ,खाद्य तथा अखाद्य बस्तु सामग्रीहरुलाई छुट्टाछुट्टै व्यवस्थापन गरेकाे छ या छैन ,  उपभोग्य बस्तुकाे समयावधि गुज्रिएको लाई  छुट्टाछुट्टै राखेको छ या छैन र नापतौल सामाग्रीहरु दुरुस्त रहे,नरहेको आदि कुराहरुलाई ध्यान दिएर मालसामानहरुको बिक्रीवितरण गर्नलाई सुझाव दिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका श्यामकुमार पाैडेलले बताउनुभयो ।

संयुक्त बजार अनुगमनमा रिब्दीकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल,घरेलु तथा साना उद्योग कार्यालयका श्यामकुमार पौडेल,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नरेश श्रेष्ठ, कर दातासेवा कार्यालय पाल्पाका प्रमुख बिमला महत घरेलु कार्यालयका मनोज घिमिरे ,ब्यापार संघ पाल्पा र उद्योग बाणिज्य संघ पाल्पाका पदाधिकारी पत्रकार सुरक्षा कर्मी लगाएतको उपस्थितिमा भएको अनुगमनमा भेटिएका अखाद्य वस्तुहरू र समयावधि गुज्रिएको वस्तुहरूलाई सङ्कलन गरेर  नष्ट गर्ने काम औपचारिकतामा मात्रै सिमित रहेको    गुनासो स्थानीय उपभोक्ताहरूले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *