रेडक्रस पाल्पाको रक्तदान जीवनदान शिर्षक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पाल्पा, विश्व रक्तदान दिवशको अवसरमा नेपाल रेडक्रस सोसाईटी पाल्पाले आयोजना गरेको जिल्ला स्तरीय रक्तदान जीवनदानमा युवाहरुको भूूमिका वक्तृत्वकला प्रतियोगितामा रामतुल्सी माध्यमिक विद्यालय रामपुरकी सुरक्षा घिमिरे प्रथम हुनुभएको छ । यस्तै न्यू होराइनज विद्यालय तानसेनकी कृसला ढुंङ्गाना दोस्रो र दमकडा नमुना माध्यमिक विद्यालय दमकडाकी सपना भण्डारी तेस्रो हुनुभएको हाे ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी रामतुल्सी माध्यमिक विद्यालय रामपुरकी घिमिरेले नगद पचास हजार, दोस्रो भएकी न्यू होराइजन स्कुलकी ढुंङ्गानाले नगद तीस हजार, र तेस्रो भएकी दमकडा नमुना विद्यालयकी भण्डारीले बीस हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ।

पुरस्कार विजेताहरुलाई मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मी , प्रदेश सदस्य खेम बहादुर सारु,नेपाल रेडक्रस साेसाइटी पाल्पा सभापति बाबुराम कार्कीले पुरस्कार वितरण गर्नुभएकाे । वक्तृत्वकला प्रतियोगितामा जिल्लाका दसवटै पालिका बाट उन्नाइस जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्लाका दस पालिकाहरू बीचमा विद्यालय विद्यालयहरूकाे प्रतिष्पर्धाबाट उत्कृष्ट भएका विद्यार्थीहरुलाई जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी गराइएको थियो ।

पाल्पाका तीनवटा ठूूला अस्पतालमा दिनहुँ रगतको अभाव भएपछि रेडक्रस पाल्पाले युवा विद्यार्थी मार्फत जिल्लाको दसवटै पालिकामा रक्तदानको विषयमा जनचेतना फैलाउन, गाउँ–गाउँमा रक्तदान समुह निर्माण गर्न नेपाल रेडक्रस साेसाइटी पाल्पाले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको हो ।

पाल्पामा करीव तीन हजार पाँच सय युनिट रगत आवश्यक पर्ने गरेको छ । नेपाल रेडक्रस साेसाइटी पाल्पाले जिल्लामा रगतकाे अभाव हुन नदिनका लागि रक्तदान रोष्टर ग्रुप अभियान सुरु गरेको छ । नेपाल रेडक्रस साेसाइटी पाल्पाले युवाहरुमा रक्त समुह पहिचान गर्ने, सो कार्यलाई व्यवस्थित गर्न लागेको छ ।

वक्तृत्वकला कार्यक्रममा बोल्नुहुदै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले रक्तदानमा मानिसहरुलाई सहभागी गराउने, विद्यार्थीमार्फत जनचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिताले सहयोग पुगेको बताउँनुभयाे । कार्यक्रममा उहाँले वर्तमान शिक्षा प्रणाली नेपाल सुहाउदो नभएको बताउँदै पूर्व अध्यक्ष रेग्मीले शिक्षक , विद्यार्थी, अभिभावकहरुले शिक्षामा राजनीति गरेको, र सरकारले समेत वर्तमान शिक्षा निती प्रति ध्यान नदिएकोेले अब त्यसतर्फ ध्यान दिन जरुरी रहेको पूर्वअध्यक्ष रेग्मीले जोड दिनुभयाे ।

लुम्बिनी प्रदेशका प्रदेश सभासदस्य खेमबहादुर सारुले रेडक्रसले सुरु गरेको रक्तदान अभियानले सबैपक्षबाट साथ सहयोग पाउने बताउँनुभयाे । विद्यार्थीहरू मार्फत रक्तदान अभियान जिल्लाको कुना कुनामा पुग्ने प्रदेश सभासद सारुले बताउँनुभयाे ।

कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, नेपाल रेडक्रस साेसाइटी पाल्पा निवर्तमान सभापति बुद्धिप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पाल्पा उपाध्यक्ष भरत शर्मा, पाल्पाली संगम अमेरीका पाल्पाका संयोजक दिनेश घिमिरे लगायतले कार्यक्रममा मन्तब्य राख्नुहुँदै रेडक्रसले शुरु गरेको रक्तदान अभियान सफल बनाउन सहयोग गर्ने बताउँनुभएकाे थियोे । प्रतियोगीताका लागि पाल्पाली संगम अमेरीकाले ब्लड डोनेसनका लागि जीवन दान रक्त दान शिर्षक वक्तृत्वकला प्रतियोगिता सञ्चालनलाई आर्थिक सहयोग गर्नुभएको थियाे। प्रतियोगिता टंक पन्तको संयोजकत्वमा गणेश ज्ञवाली र शिखा पहाडीले निर्णयाककाे भूूमिका निर्वाह गर्नुभएकाे थियो । नेपाल रेडक्रस साेसाइटी पाल्पाका सभापति बाबुराम कार्कीको सभापतित्व, उपसभापति भिमसेन कार्कीको स्वागत र मन्त्री केशवराज नेपालको सञ्चालनमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *