रेडियो नेपालकाे पाल्पा प्रसारण सेवा बगनासकालीबाट सुरु

पाल्पा , रेडियो नेपालले पाल्पाको बगनासकाली गाउँपालिकाकाे बगनासडाँडाबाट रेडियो रिले स्टेशन केन्द्र स्थापना गर्दै रेडियोकाे एफएम रिले पाल्पाबाट प्रसारण सुरु गरेको छ ।देशका सबै भू-भागमा रेडियो नेपालको प्रसारण पहुँच पुर्‍याउने लक्ष्य र उद्धेश्य अनुसार रेडियो नेपालले पछिल्लो रिले स्टेसनका रुपमा पाल्पाको बगनासमा रिले स्टेशन स्थापना गरेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो ।

रेडियो नेपालले बगनासबाट पाँच सय वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरी प्रसारण सुरु गरिएकाे रेडियो नेपालकाे प्रादेशिक प्रसारण केन्द्र पोखरा कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवले बताउँनुभएकाे हाे । उहाँले नेपाल टेलिभिजन पाल्पाको टेलिभिजन रिले टावर भवन सहित अन्य भौतिक संरचना प्रयोग गर्दै नेपाल टेलिभिजनसंगकाे सहकार्यमा पाल्पा एफएम प्रसारण सुरु गरिएको बताउँनुभयाे ।

पाल्पाबाट रेडियो नेपालकाे एफएम ब्यान्ड १०३ मेगाहर्जमा सुन्न सकिने जानकारी दिनुहुँदै सुरु गरिएको रिले प्रसारणबाट पाल्पा, अर्घाखाँची,गुल्मी, रूपन्देही, स्याङ्जा जिल्लाका साथै बाग्लुङ्ग, पर्वत, नवलपरासी र केही भागमा रेडियो सुन्न सकिने प्रादेशिक केन्द्र प्रमुख यादवले जानकारी गराउँनुभयाे।रेडियो नेपालले एफएम रिले स्टेशन पाल्पाको बगनासडाँडामा रहेको रिले प्रसारणभवनमा एफएम जडान कार्यका लागि रेडियो नेपालका उप-निर्देशक तथा प्रादेशिक प्रसारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवको नेतृत्वमा टोली खटिएको थियो । जसमा वरिष्ठ प्राविधिक अधिकृत जगदिश शर्मा, वरिष्ठ प्राविधिक सहायक गोविन्द पाठक, टोपराज पुरी,वीरबहादुर थापा तथा पाल्पा जिल्ला संवाददाता बिष्णुप्रसाद खनाल खटिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *