रैनादेवी छहराकाे हेलिप्याड निमार्ण,विपदमा परेका नागरिककाे उद्धारमा सहज

भुवन रायमाझी पाल्पा, रैनादेवी छहरा गाउँपालिकाको ४ नं वडामा रहेको तिलकथान पार्कमा नेपाली सेना, दि फेमस महिन्द्र दल गणको सहयोगमा हेलिप्याड निमार्ण भएको छ ।नेपाली सेनाद्वारा निमार्ण गरिएको हेलिप्याड एक कार्यक्रमका बिच गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । हेलीप्याडको गाउँपालिकाका अध्यक्ष रुक्मांगत भटराईलाई मध्य पश्चिम पृतना हेडक्‍वाटरका पृतनापति उपरथी याम प्रसाद ढकालले हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भटराईले विपदमा परेका, जटिल अवस्थाका गर्भवती र सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उदेश्यका साथ हेलीप्याड निर्माण गरिएको बताउनु भएको छ ।

कार्यक्रम नेपाली सेनाले छहरा क्षेत्रमा हेलीप्याड निमार्ण गर्दा सैनिक र नागरिक बिचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै हेलिप्याड निर्माणबाट रैनादेवी छहरा र पुर्वी अर्घाखाचीका नागरिकहरु लाभान्वित हुने रैनादेवी छहरा ४ का वडा अध्यक्ष गोविन्द रायमाझीले बताउनुभयो । हेलिप्याड ८ लाख ४५ हजार रुपैयाको लागतमा नेपाली सेना मार्फत खर्च गरेर हेली प्याड निर्माण भएपछि विपद्का घटनामा हेलिकप्टर प्रयोग गरी उद्धार गर्न सहज हुने नेपाली सेनाको दावी छ ।

नेपाली सेना, दी फेमस महिन्द्र दल गणद्वारा निर्मित नाइट ल्यान्डिङ हेलिप्याड रैनादेवी छहरा गाउँपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष युवराज थापा, सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, वडाध्यक्षहरु दान बहादुर पौडेल, प्रदिप पौडेल हुमान सिंह कार्की, वडा सदस्यहरू, सामुदायिक वनका प्रतिनिधि, समाजसेवी लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।हेलिप्याड निमार्ण गरेको महत्पुर्ण योगदानको कदर गदै फेमस महिन्द्र दल गणका प्रमुख बाल मुकुन्द विष्टलाई रैनादेवी छहरा गाउँपालिकाको तर्फबाट मायाको चिनो र कदर-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *