रैनादेवी छहराकाे १ करोड ११ लाख ४७ हजार राजश्व सकंलन

पाल्पा, रैनादेवि छहरा गाउँपालिकाले गत आर्थिक वर्षमा एक करोड ११ लाख बराबरको राजस्व सकंलन गरेको छ । गतआर्थिक वर्ष २०७८/०७९ मा ६९ लाख ६५ हजार आन्तरिक आम्दानी गरेको गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा भने एक करोड ११ लाख ४७ हजार बढीको राजश्व संकलन गरेको छ ।

गाउँपालिकाले अघिल्लो आर्थिक बर्ष भन्दा ४१ लाख ८१ हजार बढी आम्दानी गरेको गाउँपालिका उपाध्यक्ष युवराज थापाले जानकारी दिनुभयो । यो ६०. ०३ प्रतिशत बढी हो । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ९० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ ।

वडागत रुपमा विश्लेषण गर्दा ३ नंं वडा कार्यालय भुवनपोखरीले सबैभन्दा धेरै आठ लाख ७४ हजार आठ सय ५३राजश्व संकलन गरेको छ भने सबै भन्दा कम १ नं. वडा कार्यालय सिद्धेश्वरले दुइ लाख ३९ हजार पाँच सय ७८ रूपैयाँ राजश्व संकलन गरेको छ । वडागत रुपमा वडा नंं. २ सोमादीले सात लाख ५० हजार चार सय ५९, वडा नं ४ छहराले आठ लाख ६४ हजार चार सय पाँच, वडा न. ५ मुझुङले ६ लाख ५३ हजार सात सय ५९, वडा नंं. ६ जुठापौवाले चार लाख ५२ हजार २७ , वडा नं ७ बल्ढेगढीले पाँच लाख ८५ हजार चार सय ६ , वडा नंं. ७ सत्यवतीले पाँच लाख दुइ हजार नौ सय ९४ , पालिका कार्यालयबाट २० लाख चार हजार आठ सय ३१ र बैकबाट ४२ लाख १८ हजार सात सय राजश्व संकलन भएको उपाध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकाले विभिन्न १६ वटा शिर्षकमा राजश्व संकलन गरेको हाे । सबैभन्दा बढी रोयल्टीबाट ३१ लाख ४६ हजार दुइ सय नौँ राजश्व संकलन गरेको छ भने वातावरण शुल्कबाट १८ लाख राजश्व संकलन गरेको छ । यसैगरी निकासी करबाट १३ लाख ३७ हजार ६ सय ४१, घटना दर्ता एवं अन्य सिफारिस दस्तुरबाट १२ लाख ४४ हजार नौँ सय ३५, भुमिकर मालपोतबाट ६ लाख ५७ हजार ७ सय ४२, व्यवसायकरबाट ५ लाख ९७ हजार ६ सय १९, व्यक्तिगत घटनादर्ताबाट ५ लाख ९ हजार ४५ राजश्व संकलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो ।

यस्तै गाउँपालिकाले गएको चालु आ.व.मा दण्डजरिवानाबाट ५५ हजार सात सय ३९, विविधबाट ८१ हजार पाँच सय १६, बेरुजु असुलीबाट चार लाख ४६ हजार आठ सय ४९ , कवाडी करबाट एक लाख ५१ हजार एक सय, अन्य दस्तुरबाट एक लाख ५६ हजार एक सय ४८, नाताप्रमाणितबाट ९३ हजार २ सय ५०, बहाल विरौटा करबाट १० हजार ४ सय ५०, घर बहाल कर वापत ३ लाख १५ हजार २ सय १८ र सम्पत्तीकर वापत ४ लाख ६२ हजार ६ सय ५८ संकलन गरेको रैनादेवी छहरा गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *