रैनादेवी छहरामा सञ्चालित पाँचदिने नि:शुल्क याेग शिविर समापन

पाल्पा, रैनादेबी छहरा गाउँपालिकामा सञ्चालित पाँचदिने नि:शुल्क याेग शिविर समापन भएको छ । जेष्ठ ४ गतेदेखि ८गतेसम्म छ्हरा आयुर्वेद  अस्पतालकाे आयोजनामा सञ्चालन भएको याेग शिविर पाँच दिनसम्म चलेको थियोे ।छहरामा चलेको याेग शिविरमा पाल्पा आयुर्वेद अस्पतालका प्रशिक्षकद्वय वैद्य निरीक्षक यज्ञप्रसाद गैरे, वरिष्ठ वैद्य प्रदिप बैठाले मानवले जीवनमा गर्ने  कर्म र ब्यायाम, आहारविहार खानपान जीवनशैली  सहित आयुर्वेदमा याेगकाे महत्त्व याेग ध्यानबाट हुने फाइदा सम्वन्धि प्रशिक्षण दिनुभएको थियाे । पाँच दिनसम्म सञ्चालनमा रहेको नि:शुल्क योग प्रशिक्षण शिविर सम्मापन कार्यक्रमकाे अध्यक्षता गर्नुहुदै गाउँपालिका अध्यक्ष रुकमाङ्गत भट्टराईले योग ध्यान साधनाले ब्यक्तिकाे जीवनमा सधै  सकरात्मक ऊर्जा ल्याउने भन्दै मानव स्वास्थ्यकाे   हितमा याेग ध्यानले स्वस्थ्य नागरिक सभ्य समाज निमार्ण हुने भएकोले याेग शिविर सञ्चाल गर्नका लागि गाउँपालिकाबाट सधै रहने सहयोग उहाँले बताउँनुभयो ।

शारीरिक रूपमा स्वस्थ रहन र मानसिक तवरले शान्त रहन आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जीउन ध्यानयाेगले महाेत्वपुर्ण भुमिका खेल्ने भएकोले समान्यतया आत्माको परमात्मासँगको  भेटलाई एक किसिमले समायाेजन गरि अनुभूति  दिने र दैनिक जीवन रूपान्तरणका लागि याेगबाट सहयोग पुग्नेछ भन्ने विश्वास गरेको बताउँदै अध्यक्ष  भट्टराईले याे याेग शिविरले पक्कैपनि टेवा पुर्‍याउने उहाँले बताउँनुभयो । शिविरमा सहभागीलाई योग,ध्यान, स्वस्थ रहन र खानपानकाे बिषयमा जानकारी दिइएको थियो । बालबालिका लगायत सम्पुर्ण समुदायमा सर्ने अथवा नसर्ने रोगबाट बच्नका लागि विभिन्न योग सङ्गै खानपानको आवश्यक पर्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृदि गर्न सक्ने, स्वस्थ जीवन यापन गर्न याेगकाे महत्त्वलाई बताउँदै ध्यान याेगबाट हुने   गाँउसमाज याेगदान र  फाइदाकाे सन्दर्भलाई ध्यान   याेगकाे बारेमा जानकारी दिदै टोलटोलमा स्वस्थ र जीबनशैलीमा फेरबदल गर्न सिकाएको कुरालाई  पूर्ण रूपदे ब्यवहारमा लागूगर्न सके यसकाे महत्त्व  रहने र स्वस्थ समाज बनाउन सकिने भन्दै स्वास्थ्य   जीवनयापनका याेगकाे महत्त्व बताउँनका लागि नि:शुल्क योग शिविर सन्चालन गरिएको छ्हरा आयुर्वेद औषधालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *