रोटरी क्लव अफ पाल्पा लुम्बिनीको छैठौं पदास्थापन कार्यक्रम

पाल्पा, रोटरी क्लव अफ पाल्पा लुम्बिनीले रोटरी वर्ष २०२३ – ०२४ का लागि रमेश न्यौपानेलाई अध्यक्षमा चयन गर्दै एक कार्यक्रमका बीच छैटौं पदस्थापन सम्पन्न गरेको छ ।

क्लवले समाजिकक्षेत्रमा कार्य गर्ने उद्धेश्यले स्वार्थ भन्दा माथि सेवा भन्ने मुल मन्त्रका साथ लागि परेको यस क्लवले छैठौ वर्षमा प्रवेश गर्दैगर्दा आफ्ना कार्ययोजना अनुसार कार्य सम्पादन गर्न प्रतीवद्ध रहेको बताउँदै आगामी दिनमा यस क्लवले अघि सारेका समाजिक कार्यलाई निरन्त्ररताका साथ थप कार्यहरु क्रमशः पूरा गराउन लागि पर्ने क्लवका रोटरी वर्ष २३ /२४ का प्रेसिडेन्ट रो. रमेश न्यौपानेले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

पदस्थापन कार्यक्रममा क्लवले अघि सारेका आगामी दिनका योजनाहरुलाई समयमा सम्पन्न गर्ने गरि आफुले लागि पर्ने बताउँदै वर्ष २०२४ का अध्यक्ष न्याैपानेले उक्त काम सफल बनाउन डिष्ट्रिकबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता रहेको र रोटरी वर्ष २३/२४ का डि.जी. राजेन्द्रप्रसाद ध्योजु,डि.जि.एन. बिनोद कोइरालाले आफ्नो मन्तब्य राख्नुहुँदै बताउनुभयो । उहाँहरूले क्लवले गरेका समाजिक कार्यलाई जनता समक्ष पुर्‍याउन तथा अहिले वर्तमान समयमा अधिकतम् व्यक्तिहरुले समाजिक सञ्जाल बारे जानकारी राख्ने हुँदा संचारको प्रयाेग अधिकतम् गर्दै जानकारी दिनुपर्ने डिष्ट्रिक पव्लिक चिएर राजकुमार गुप्ता तथा ए.जि. सुरज क्षेत्रीले पदस्थापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उक्त कुरामा जोड् दिनुभएको थियो ।

समाजिक क्षेत्रमा लागेका सहयोगी मनहरुलाई एक सुत्रमा बाँधि सामाजिक रूपान्तरमा महत्वपूर्ण भूमिका खेल्न सक्ने, कुरा क्लवका चार्टर पे्रसिडेन्ट रो. गोपालबहादुर पोखरेलले पदस्थापनमा शुभकामना मन्तव्यमा राख्दै बताउनुभयो । उहाँले सानोसानो सहयोगबाट पनि एकबद्ध रहि ठुलो कार्य गर्न सकिने र विभिन्न क्षेत्रमा रहेका समसामयिक चुनौती तथा अवसरलाई आ—आफ्नो ठाउँबाट सहयोगी मनलाई जाेड्दै हातेमालो गरि अघि बढनु पर्ने बताउँदै यसरी क्लवले अघि सारेका कार्ययोजना लाई पूरा गर्न सकिने विश्वास क्लवका पास्ट पे्रसिडेन्ट एवं तानसेन नगरपालिकाका मेयर रो. सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

त्यस्तै इमिडियट पास्ट पे्रसिडेन्ट खडगबहादुर जिरेलले मन्तव्यको क्रममा रोटरी वर्ष २२/२३ मा आफु अध्यक्ष रहदा आफनो कार्यकालमा क्लवको कार्य योजनारुप कार्य सम्पादन गर्न सहयोग पुर्‍याउने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदै सम्पूर्ण क्लब पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका रोटरी वर्ष २३/२४ का डि.जी. राजेन्द्रप्रसाद ध्योजुले,क्लवले छोटो समयमा नै धेरै सामाजिकक्षेत्रमा सरहानीय कार्य गरेको बताउँदै उहाँले आगामी समयमा पनि क्लवको योजना अनुसार समयमानै कार्य सम्पादन गर्न शुभकामना दिनुभयो ।

रिजन ५ जोइन्ट सेक्रेटरी कृष्ण पाण्डेले क्लवको उत्तराेउत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । रोटरी क्लव अफ पाल्पाका पे्रसिडेन्ट तथा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले क्लबले गरेका क्रियाकलावबाट सामाजमा परिवर्तनको लहर आइसकेको कुरामा जोड दिनुभयो ।

रोटरी क्लव अफ पाल्पा लुम्बिनीका पे्रसिडेन्ट इलेक्ट तथा कार्यक्रम संयोजक ,ता.न.पा ७ का वडा अध्यक्ष समेत रहनुभएका रो. प्रदिप खनालले क्लवले गरेका कार्यक्रमहरु अत्यन्तै प्रभावकारी एवं जनतामुखि रहेको साथै वडा स्तरिय कार्यक्रममा क्लव संग हातेमालो गरि कार्य गर्न कठिवद्ध रहेको जानकारी गराउनुभयो । राेट्याक क्लव अफ पाल्पा लुम्बिनीका पे्रसिडेन्ट अभिशेक शाहले रोटरी क्लवले धेरै कुराहरु सिकाएको र सिक्ने अवसर प्रदान गरेको कुरा राख्नु भयो । रोटरी क्लव अफ पाल्पा लुम्बिनीका सर्भिस प्रोजेक्ट डाइरेक्टर शिखा पहारीले पे्रसिडेन्ट रो. रमेश न्यौपानेको बायोडाटा प्रस्तुत गर्नुभएको थियो ।

रोटरी क्लव अफ पाल्पा लुम्बिनीका पे्रसिडेन्ट नोमिनी रो. लक्ष्मण कोइरालाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा, लुम्बिनी मेडिकल कलेजका भाइस प्रिन्सिपल डा. रुवन राज जोशी, क्लवका पास्ट प्रेसिडेन्ट रो. निर्दोश खनाल,ए.जी. कृष्ण रावल लगाएत रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनी तथा रोटरी क्लव अफ पाल्पा लुम्बिनीका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रम, क्लवका सचिव रो.मुक्तिराम भुसालकाे संचालन कार्यक्रम सम्पन्न भएकोे, क्लब पब्लिक इमेजका डाइरेक्टर भक्तिराम न्यौपानेले जानकारी दिनु भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *