लायन्स क्लवको क्याबिनेट बैठक श्रीनगर डबली तानसेनमा

पाल्पा, सामाजिक क्षेत्रमा गतिविधिमा क्रियाशील संस्था Lions international district -325p nepal काे चौँथो क्याबिनेट बैठक पाल्पाकाे तानसेन बतासेडाँडामा सम्पन्न भएको छ । लायन्स क्लवकाे चाैंथाे क्याबिनेट बैठक पाल्पाकाे बतासेडाँडा स्थित श्रीनगर डवली खुल्ला नाच घर परिषरमा सम्पन्न भएको हो । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ पि नेपालको आयोजना भएको बैठक पाल्पामा सञ्चालित एरिया -२का सबै लायन्स क्लवहरुको आतिथ्यतामा सम्पन्न भएको हो । बैंठकमा लायन्स क्लबहरुले गरेका सामाजिक कामहरूको समीक्षा एवं आगामी कार्ययोजनाको विषयमा बैठकमा छलफल गरिएको थियो ।लायन्स क्लवकाे एरिया-२का सबै क्लहकाे उपस्थितिमा भएको पाल्पा बैठकमा पाल्पा पर्यटकीय क्षेत्र भएकाले यहाँकाे समग्र विकास र विस्तारमा टेवा पुुगोस् भन्ने उद्देश्यले लायन्स क्लवको क्याबिनेट बैंठक तानसेनमा राखिएकाे कार्यक्रम संयोजक एवं क्लवकाे एरिया-२ का चिफ लायन भिमबहादुर श्रेष्ठले जानकारी गराउनुभयाे । चिफ लायन श्रेष्ठले बैंठक उद्घाटन क्रममा लायन पाहुनाहरूकाे पाल्पा स्वागत पाउनु खुशीकाे कुरा भएको श्रेष्ठले बताउनुभयो । लायन्स district गभर्नर pmjf लायन अर्जुनमान सैजुले गर्नुभएको थियाे ।

पाल्पा बैंठककाे स्वागत गर्नुहुदै लायन सैंजुले पाल्पा पर्यटकीय गन्तव्यमा सुरक्षित छ भन्ने सन्देश दिन लायन्स क्लवकाे बैठक पाल्पामा गरिएको सैंजुले बताउनुभयो ।उहाँले क्लबको इतिहासमा इटा थप्न,सबै लायन सदस्यहरूको आत्मसम्मान बढाउन एवं लायन्स क्लवहरुको संस्थागत विकास सामाजिक योगदान दिनलाई पाल्पामा लायन्स क्लवकाे बैठक आयोजना गरिएको लायन्स सैंजुले भन्नुभयाे । ‘सुन्दर नगर तानसेनकाे बैठकले स्थानीय उत्पादन,भाषा,कला संस्कृतिकाे प्रवर्द्धन गर्नुका साथै स्थानीय स्तरमा उत्पादन हुने बस्तुहरूकाे व्यापार,व्यवसायलाई आन्तरिक तथा बाह्य रूपमा प्रवर्द्धन गर्न र धार्मिक,साँस्कृतिक एवं प्राकृतिकक्षेत्रको समेत सम्भावनाको खोजी गर्नका लागि याे बैठकले सहयोग पुग्नेमा हामीले विश्वास लिएका छौं ’उहाँले भन्नुभयो । लायन सैंजुले सामाजिक कार्यमा निरन्तर लागेकै कारण लायन क्लबले विभिन्न अवार्डहरु जित्न सफल भएको उहाँले बैठकमा बताउनुभयो । लायन्स क्लवकाे सफलतामा अवार्ड पाउनुु भनेकाे क्लवमा आवद्ध सदस्यहरूको सफलता प्राप्त गर्नु हाे भन्दै आफ्नो धारणा व्यक्त गर्नुभयाे । लायन्स क्लवबाट सम्मानित हुनुभएका सबै लायन्स सदस्यहरुलाई जिम्मेवारी बोध गर्न समेत आग्रह गर्नुहुदै ‘सफलता र सम्मान पायौं भन्दैमा आफ्नो जिम्मेवारीलाई विर्सनु हुँदैन ।’ उहाँले बैठकमा भन्नुभयो ।

बैंठकमा क्लवका निवर्तमान गभर्नर लायन नवराज न्यौपाने, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर लायन बालराम भट्टराई, वर्ष २०२४/२०२५ का निर्वाचित गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग लगायतले क्लवको वर्तमान अवस्था र क्लबकाे भावी योजनाका बारेमा आ-आफ्ना धारणा राख्नुभएकाे थियाे । लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटी, मल्टिपल काउन्सिल चियर पर्सन लायन सिवी चन्द र पूर्व गभर्नर लायन अरुण प्रताप राणाले भिडियो मार्फत पठाउँनुभएकाे शुभकामना सन्देशलाई बैठकमा प्रस्तुत गरिएको थियो । बैंठकमा डिष्ट्रिक्टका जोन तथा रिजोन चियर पर्सन तथा क्याबिनेट अफिसर्सहरुले आ-आफ्नो क्षेत्रमा भएका मानवीय एवं सामाजिक कार्यको प्रगति विवरण तथा आगामी दिनमा गर्न सकिने कार्ययोजना प्रस्तुत गर्नुभएको थियाे । बैठकले क्याबिनेट सेक्रेटरी बिनोद खरेलले प्रस्तुत गर्नुभएको क्लवकाे संगाठानिक प्रतिवेदन र कोषाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको हाे। वर्ष २०२३/२०२४ का लागि चयन भएको नेतृत्वको यो अन्तिम क्याबिनेट बैंठक रहेको समेत कोषाध्यक्ष श्रेष्ठले बताउँनुभयाे । उहाँका अनुसार क्लबमा तीन हजार सात सय सदस्य रहेकाे जानकारी गराउनुभयाे । क्लवले अहिलेसम्म पाँच हजार बढी सामाजिक गतिविधिमा सक्रिय रही काम गर्न सफल भएको बैठकमा जानकारी गराइएको थियोे ।

क्लवले कार्यक्रमकै अवसरमा लायन्स क्लव अफ काठमाडौ मालरानी नयाँ सदस्य क्लवको रुपमा जोडेको छ । बैठकको अवसरमा उत्कृष्ट कार्य गर्ने क्लव र क्लवका अध्यक्ष एवं क्लव पदाधिकारीहरु, जोन तथा रिजोन चियर पर्सनहरुलाई सम्मान गरिएको थियो । लायन्स क्लबकाे चाैंथाे पाल्पा डिष्टिक बैठकमा पाल्पा, कपिलवस्तु,काठमाडौ,रुपन्देही ,नवलपरासी जिल्लाका १ सय ६९ क्लवका ७ सय बढी लायन्स कर्मीहरुको उपस्थिति रहेको डिष्ट्रिक सचिवालय बुटवलका सचिव भुपति न्यौपानेले जानकारी दिनुभयाे । लायन्स डिष्ट्रिक गभर्नर पिएमजेएफ अर्जुनमान सैजुको सभापतित्व, लायन्स सुनिता राणाले झण्डा अभिनन्दन, कार्यक्रम संयोजक तथा एरिया-२ का चिफ लायन भिमबहादुर श्रेष्ठको धन्यवाद ज्ञापन क्याबिनेट सेक्रेटरी बिनोद खरेलको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *