लुम्बिनी प्रदेश सभाको स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम ल्याउने तयारी

रूपन्देही संवाददाता, लुम्बिनी प्रदेश सभाले स्थानीयतहसंग प्रदेश सभा कार्यक्रम ल्याउने तयारी गरेको छ । बुटवलमा पत्रकारहरुसंगकाे भेटघाटमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले उक्त जानकारी गराउनुभएकाे हाे। सभामुख घर्तीले कानुन निर्माणमा समन्वय गर्ने उद्देश्यले कार्यक्रम ल्याउने तयारी गरिएको जानकारी दिनुभयाे । संविधानले संघीय‚प्रदेश र स्थानीय सरकारलाई आवश्यक कानुन निर्माणको अधिकार दिएपनि समन्वयको अभावका कारण कानुन बाझिने समस्या देखिएको बताउँदै उहाँले यसको समाधानका लागि बिज्ञ सहितको अध्यन समिति निर्माण गर्न लागिएको समेत उहाँले पत्रकारसंगकाे कुराकानीमा बताउनुभयाे । उहाँले पत्रकारसंगकाे भेटघाटमा लुम्बिनी प्रदेशले निर्माण गर्ने कानुनको बिषयमा संघीय सरकार वेखबर हुने र स्थानीय सरकारले निर्माण गर्ने कानुनको बिषयमा प्रदेश सरकार वेखबर हुने अवस्था रहेको उल्लेख गर्दै प्रदेश सभाका सभामुख घर्तीले कानुनको तुलनात्मक अध्ययन गर्ने समयन्त्र आवश्यक भएको बताउनुभयाे । प्रदेश सभाले लुम्बिनी प्रदेशको पहाडी जिल्लामा जिल्लास्तरमा र मधेसका जिल्लाहरुमा पालिकास्तरमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयाे ।

कार्यक्रममा सहभागि पत्रकारहरुले लुम्बिनी प्रदेश कानुन निर्माणमा अग्रस्थानका रहे पनि कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै कार्यान्वयन पक्ष सुधार गर्न सुझाब दिएका थिए । कानुनको बिषयमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरु जानकार नहुँदा कानुन बाझिने समस्या रहेकोले प्रशिक्षण गर्नु अति आवश्यक रहेकोमा पत्रकारहरुले जोड दिएका थिए । लुम्बिनी प्रदेश सभाले अहिले सम्म पचास वटा कानुनकाे निर्माण गरेको जानकारी सभामुख घर्तीले बताउनुभयो । उहाँले प्रदेशका कतिपय स्थानिय तहले कानुन नै बनाउन सकेका छैनन् भने कतिपयको लिखित दस्तावेज समेत नरहेको स्वीकार गर्नुभएको छ । स्थानीय सरकारहरूसंग न्यायपालिका‚ कार्यपालिका र व्यवस्थापिकाको पनि अधिकार हुँदा स्वविवेकले काम गर्ने अवस्था बनेको उहाँकाे बुझाई छ ।

कार्यक्रमको औपचारीक घोषणा हुन भने बाँकि छ । प्रदेश राजधानी राप्ती उपत्यकामा पत्रकार सम्मेलन गरेर कार्यक्रमको औपचारीक घोषणा गर्ने तयारी गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *