लुम्बिनी प्रदेश सभामुखसंग स्थानीयतहमा कानुन निर्माण र विकासकाे अवस्थाबारे अन्तरक्रिया

नवराज ज्ञवाली पाल्पा , रिब्दिकोट गाउँपालिकाले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती “वसन्त” संग कानुन र विकास निर्माणका बारे अन्तरक्रिया गरेको छ । रिब्दिकाेट गाउँपालिकाले स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन, सुधार गर्नुपर्ने अवस्था र विकास  निर्माणमा पालिकाकाे भूमिका लगाएतका विषय संग केन्द्रीकृत रहि लुम्बिनी प्रदेश सभा सभामुख घर्तीसंग अन्तरक्रिया गरेको हो । गाउँकार्यपालिका जननिर्वाचित पदाधिकारी ,वडा अध्यक्ष, विषयगत शाखाका कर्मचारी लगाएतले सभामुखसंग कानुन र विकास निर्माणकाे बारेमा छलफल अन्तरक्रिया गर्नुभएको थियोे । 

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेश सभामुख घर्तीले स्थानीयतहको कानुन निर्माण प्राथमिकता नपरेको बताउँनुहुदै घर्तीले स्थानीय तहले कानुन निर्माण गर्ने जिम्मा कर्मचारीलाई दिएको बताउँदै  उहाँले कर्मचारीले निर्माण गरेको कानुन सभाबाट पास गर्ने काम मात्र गाउँपालिकाबाट हुने गरेको बताउनुभयो । लुम्बिनी प्रदेशसभा सभामुख घर्तीले स्थानीयतहमा कानुन निर्माण संग सम्बन्धित विज्ञहरु नभएकोले कानुन निर्माणकाे विषयमा समस्या देखिएको उहाँले अन्तक्रिर्या कार्यक्रममा बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले स्थानीयतह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहितको शक्तिशाली सरकार भए   पनि त्यसको भरपुर प्रयोग गर्न नसकिएको बताउँदै   उहाँले स्थानीयतह, प्रदेश र संघीय सरकारले तयार    गरेको ऐन,कानुनहरु एक आपसलाई नै थाहा नहुने भन्दै अध्यक्ष कार्कीले त्यसलाई दाँज्ने काम गर्नुपर्ने बताउनुभयो ।

अन्तक्रिर्या कार्यक्रममा अध्यक्ष कार्कीले रिब्दिकोट गाउँपालिकामा विभिन्न ५९ वटा ऐन र कार्यविधि निर्माण भएको जानकारी गराउँनुभयाे । त्यस्तै गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्थानीयतहका नीतिगत समस्या प्रदेश संसद समक्ष पुर्‍याउन सभामुखलाई अनुरोध गर्नुहुदै उहाँले  रिब्दीकोट गाउँपालिकाको विकासका लागि प्रदेश सरकार बीचमा समन्वयत्माक भुमिका हुनुपर्नेमा जाेडदिदै उपाध्यक्ष अधिकारीले सभामुख संग अनुरोध गर्नुभएको थियोे। कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष चिरञ्जिवी पोखरेलले स्थानीयतहका योजनाहरु लामो समयसम्म सम्पन्न नहुने अवस्था रहेको भन्दै  उहाँले त्यसका कारण पनि  स्थानीय क्षेत्रमा भएको राज्यबाट गरिएको लगानी खेरजाने  अवस्था रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *