लुम्बिनी प्रदेश सरकारले जनतालाई अनुभूति हुनेगरि काम गरिरहेको छ : मुख्यमन्त्री चौधरी

पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पाका पत्रकारहरूसंगकाे भेटघाटमा प्रदेश सरकारबाट जनताले प्रदेश सरकारको अनुभूति हुनेगरि काम गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री चौधरीले पाल्पाका पत्रकारहरू संग कुराकानी गर्दै उहाँले प्रदेश सरकारले जनताको भावना र आवश्यकतालाई बुझेर जनताको माग अनुसारकाे बजेटलाई बिनियोजन गरि कार्यान्वयन गर्दै आएको पत्रकार भेटघाटमा उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री चाैधरीले आर्थिक कार्यक्रम मार्फत कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा साझेदारी काम गर्ने प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

पाल्पाका पत्रकारहरूसंगकाे भेटमा मुख्यमन्त्री चौधरीले बजेट तयार भैसक्ने समयमा आफूहरुले जिम्मेवारी प्राप्त गरेकोले सबै मन्त्रालयको बजेट निर्माणमा आफुले आवश्यक ध्यान दिन नसक्दा केही मन्त्रालयबाट गलत रुपमा व्यक्तिगत सञ्चारगृहलाई बजेट विनियोजन भएको भेटिएकोले त्यो रकम तानिएको कुराकानीमा जानकारी गराउँनुभयो । सञ्चार क्षेत्रको बजेट परिचालनका सवालमा उहाँले विधि र पद्धती अनुसार संस्थागत रुपमा समन्वय गरेर मात्र अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले पत्रकार भेटघाटमा पाल्पाको पर्यटन विकासका लागि आफू गम्भीर भएर छलफल गरेको समेत बताउनुभयो । उहाँले अलपत्र अवस्थामा रहेको श्रीनगर साँस्कृतिक डवलीको प्रयोग र व्यवस्थापनका विषयमा छलफल भईरहेकाे र त्यसलाई तानसेन नगरपालिकालाई व्यवस्थापन र सञ्चालनका लागि जिम्मादिने विषयमा अन्तिम छलफल जारी रहेको उहाँले कुराकानीमा जानकारी गराउनुभयो ।

मुख्यमन्त्रीसंगकाे पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माको स्वागत र अध्यक्ष रेखिराम रानाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *