लुम्बिनी मेडिकल कलेज प्रभासमा स्वास्थ्य बिमा पुनः सुरु

पाल्पा, लुम्बिनी मेडिकल कलेज प्रभासले धेरै पटककाे प्रयास पछि पुनः स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नलाई पाएकाे छ ।स्वास्थ्य बीमा बोर्डले लुम्बिनी मेडिकल कलेजलाई सेवा प्रदायक स्वास्थ्य संस्थाको रूपमा सूचीकृत गर्ने निर्णय गरे सँगै साढे एक वर्ष देखि बन्द स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरू भएको हाे । स्वास्थ बीमा बोर्डकाे बैठकले लुम्बिनी मेडिकल कलेजलाई पुनः बीमा कार्यक्रम सञ्चालन गर्न दिने निर्णय अनुसार स्वास्थ्य बीमा बाेर्ड र लुम्बिनी मेडिकल कलेलका बीच स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सम्झौता भई क्लेम काेड प्राप्त गरेपछि लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गरेको लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गाेपालबहादुर पाेखरेलले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ बीमा बोर्डले सेवा वापतकाे रकम भुक्तानीमा ढिलाई गरेको भन्दै लुम्बिनी मेडिकल कलेजले २०७९काे साउनदेखि स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य उपचार सेवालाई स्थगित गरेको थियो । भने नेपाल सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा सम्वन्धि स्पष्ट व्यवस्था अनुसार स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य उपचार सेवालाई सामुदायिक स्वास्थ्य संस्था एवं सरकारी स्वास्थ्य संस्था, सरकारी अस्पतालबाट मात्र दिने बजेट घाेषणा गरेसंगै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको उपचार सेवा हटेको यस हस्पिटलबाट हटेको लुम्बिनी मेडिकल कलेजका सञ्चालक समिति सदस्य रामप्रसाद पाेखरेलले बताउँनुभयाे ।स्वास्थ्य बीमा बाेर्डले बीमा मार्फत दिइने स्वास्थ्य उपचार सेवाकाे विषयलाई सरकारले नै बजेट तथा नीति कार्यक्रमकाे व्यवस्था अनुसार सरकारी स्वास्थ्य संस्थाबाट गर्ने निर्णय भए अनुसारकाे कार्यान्वयनका लागि बीमा कार्यक्रमकाे सेवा प्रदायक सूचीबाट हटेको मेडिकल कलेज सञ्चालक समिति सदस्य पाेखरेलले भन्नुभयो । कुराकानीमा उहाँले पाल्पाका दुई ठूला अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द हुँदा पाल्पाली नागरिकले स्वास्थ्य उपचारमा निकै दुःख व्यहोर्नु परेको बताउँनुभयाे ।

सहज स्वास्थ्य उपचार सुविधाका लागि स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भै बीमा गरेकाले नागरिकले विरामी भई उपचारमा आवश्यक पर्दा स्वास्थ्य उपचार सेवामा सरकारी अस्पतालबाट पर्याप्त उपचार पाउन सक्ने अवस्था नआए पछि अहिले पाल्पामा स्वास्थ्य बीमा नविकरण गर्नेको संख्यामा समेत निकै कमी आएको छ । पाल्पाको स्वास्थ्य बीमा सेवा सुचारु गराउन निरन्तर पहल गर्नुहुने संघीय सांसद,प्रदेश सांसद एवं जिल्लाका क्रियाशील राजनीतिक दल, नागरिक समाज,पाल्पाका सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरुले सेवा सुचारु गर्नका लागि सघाउँदै आएका थिए । लामो समयको पहल पछि लुम्बिनी मेडिकल कलेजले पुनः स्वास्थ्य बीमा कार्यक्रमकाे सेवा सुचारु गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *