लुम्बिनी विकास कोषद्वारा भ्रमणमा रहेको चिनियाँ टाेलीलाई लुम्बिनीमा स्वागत

रूपन्देही संवाददाता, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले चीनमा साहित्य एवं सम्पदा क्षेत्रमा काम गर्दै आउनुभएका चिरुई सहितकाे चिनियाँ टोली लाई एक कार्यक्रमका बीच लुम्बिनीमा स्वागत गर्नु भएको छ ।उहाँले नेपाल भ्रमणको क्रममा लुम्बिनी आउनुभएको टाेलीलाई स्वागत गर्दै काेषका कोषाध्यक्ष भट्टराईले नेपाल र चीन बीच धेरै पुरानो सम्बन्ध रहेको बताउँदै बुद्ध जन्म स्थल लुम्बिनीको खोज अनुसन्धानमा समेत चिनियाँ टाेलीहरुको याे यात्राले महत्त्वपूर्ण काम गरेको उहाँले बताउँनुभयाे ।

चीनमा बुद्धिष्टहरुको संख्या ठूलो रहेकाले पनि नेपाल भ्रमणमा रहनुभएका टाेलीलाई स्वागत गर्दै उहाँले लुम्बिनी भ्रमण आउनका लागि आग्रह समेत गर्नुभयो । उहाँले व्यापारिक पृष्ठभूमिका चिरुईले आफुहरु बुद्धको जन्म स्थलसँग जोडिएर काम गर्न इच्छुक रहेको बताएका थिए ।स्वागत कार्यक्रममा वल्र्ड बुद्धिष्ट रिलिजियस एसोसियशनका अध्यक्ष भिमसुवा गुरुङ, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत,वनस्पती शाखा प्रमुख कमलेश वर्मा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *