वडाबाट मालपोतको राजश्व संकलन गर्दै रामपुर नगरपालिका

पाल्पा , रामपुर नगरपालिकाले मालपोतकाे राजश्व संकलन अव वडा कार्यालय मार्फत संकलन गर्ने भएको छ । यस अघि वडाले विभिन्न सिफारिस तथा घटना दर्ताको राजश्व मात्र संकलन गरिरहेकोमा अबदेखि वडा कार्यालयबाट रामपुर नगरबासीले मालपोतको राजश्व समेत तिर्न पाउने भएका हुन् ।आगामी मंसिर महिना देखि नगरका प्रत्येक वडा कार्यालयबाटै मालपोतको राजश्व संकलन गर्ने गरि रामपुर नगरपालिका नगर कार्यपालिकाकाे बैठकबाट उक्त निर्णय भएको हो ।

नगरवासी जनताको सेवा सहजताका लागि अब प्रत्येक वडा कार्यालयबाट मालपोतको राजश्व तिर्ने सुविधा दिईने रामपुर नगरपालिका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । मालपोत कार्यालयकाे थाेरै राजश्व रकम तिर्नका लागि धेरै समय खर्चेर नगरपालिकाको कार्यालयमा आउन पर्दा जनतालाई निकै सास्ती भएको महशुस गर्दै छिटोछरितो सेवा र नागरिककाे सुविधालाई ध्यानमा राखेर वडा कार्यालयबाट नै राजश्व संकलनकाे सेवा दिने निर्णय नगर कार्यपालिका बैठकले गरेको नगर प्रमुख थापाले बताउनुभयो ।

४० / ५० रुपैयाँकाे मालपोत राजश्व बुझाउन पनि नगरपालिका कार्यालयमा आउनु पर्ने सेवाग्राहीको समस्यालाई मध्य नजर गर्दै रामपुर नगरपालिकाले अवदेखि वडा कार्यालयहरुबाटै मालपोत राजश्व संकलन गर्ने निर्णय गरे संगै नागरिकहरूलाई छिटोछरितो सहज रुपमा सेवाप्रदान हुने नगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *