वडा कार्यालय चिदिपानीको भवन सिलान्यास

पाल्पा, माथागढी गाउँपालिका १नं.वडा कार्यालय  चिदिपानीको वडा कार्यालय भवनको सिलान्यास भएको छ ।माथागढी-१ चिदीपानी स्थित १ करोड ६७ लाख  रूपैयाँ लागतमा निर्माणाधिन वडा कार्यालय भवन गाउँपालिकाको आन्तरिक स्राेतबाट निर्माण हुन लागेको हाे ।

यसअघि वडाको पुरानो भवनबाट सेवासम्पादन गर्दै आएको वडा कार्यालयले नयाँ भवन बनेपछि वडा कार्यालयकाे काम र गतिविधिलाई गुणस्तरीय  सेवाप्रवाह गर्ने र सेवाग्राही जनतालाई सेवामा  सहज हुने विश्वास लिइएको छ।

वडाको कार्यालय  भवन निर्माणका लागि गणेश निर्माण सेवा निर्माण कम्पनीलाई भवन निर्माणकाे जिम्मा दिएको र समयमै निर्माणकाे काम सम्पन्न गरि वडा कार्यालय भवन हस्तान्तरण हुने भवन सिलन्यास कार्यक्रममा  वडाध्यक्ष राजकुमार पन्थीले जानकारि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *