वडा कार्यालय भैरवस्थानकाे सार्वजनिक सुनुवाइ

नवराज ज्ञवाली पाल्पा, रिब्दिकाेट गाउँपालिकाकाे वडा कार्यालय भैरवस्थानले वडाबाट भएगरेका कामकाे प्रगतिविवरण सहित सार्वजनिक सुनुवाइ  सम्पन्न गरेको छ। रिब्दिकाेट गाउँपालिका-४नं.वडा कार्यालयकाे आयाेजनामा युनिक एफएम ९४.२ मेगाहर्ज र उत्तरदायित्व त्रैमासिक पत्रिकाकाे सहजीकरणमा भैरव जनता माध्यमिक विद्यालयकाे स्राेत केन्द्र भवनमा भैरवस्थान वडा कार्यालयको  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

वडाअध्यक्ष साेमकुमार कार्कीले वडा कार्यालय बाट सम्पन्नभएका याेजनालाई सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गर्दै उहाँले वडाका जनताको माग अनुसारका याेजना र भाैतिक पूर्वाधार समेत  गरि सबै जसाे याेजनाहरू समयमै सम्पन्न भएको कार्यक्रममा जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबाट आर्थिक वर्षका याेजना तथा विकास निर्माण सम्वन्धि काम र गुणस्तरीयतामा उठने जिज्ञासा प्रति आफुहरू र सचेत रहेको र सेवाग्राही प्रति कुनै पनि भेदभाव वा आस्थाकै आधारमा विभेद नगरेकाे र आफुहरूले काम गर्दा साशककाे व्यवहार नगरी सेवक भएर जनताकाे काम गर्ने गरेको बताउनुभयो । उहाँले वडा कार्यालयबाट हुने सबै काम चुस्तदुस्त राखेको बताउँदै कुनै जिज्ञासा भए निर्धक्क राख्न  समेत अनुरोध गर्नुभयो ।

वडाबाट आफू नजिकैको सरकार भएको अनुभूति  हुने गरि सेवा उपभाेग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै  थप पारदर्शी र प्रभावकारी सेवा   दिन वडा सरकार सक्षम रहेको र वडाका जेष्ठ नागरिकलाई स्याहारकाे अनुभूति दिन घरमै पुगेर स्वास्थ्य परिक्षण आधारभूत सेवा प्रदान,नि:शुल्क औषधि वितरण “सुत्केरी आमाहरूलाई पाेषिलाे खाना” र बच्चाकाे पाेषण तथा स्याहारलाई ध्यान  राख्दै ब्यवस्थित रूपमा सेवा प्रदान गरिएको छ।

वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई नि:शुल्क सेनिटरी प्याड वितरण  गरिएको ,वडाका धार्मिक स्थल लगायतका स्थान  हरूमा “म बनाउँछु मेराे रिब्दिकाेट” स्वयंसेवी भाव  राखी जनसहभागिता सहित सरसफाइकाे काम र  लक्षितवर्गका कार्यक्रममा माैलिक तथा संवैधानिक अधिकारकाे प्रत्याभूत गर्न आयआर्जन,सीपमूलक कार्यक्रम मार्फत क्षमता विकास तालिम सञ्चालन  गरि गाउँमै राेजगारी सिर्जना गर्ने र खानेपानी तथा सरसफाइ तर्फ “एक घर एक धारा” नीति अनुसार वडाका सबै घरधुरीमा खानेपानी पुर्‍याउने, विद्युत महशुल भूक्तानीमा वडाबाट तिर्ने,उपभोक्तालाई खानेपानी महशुल भुक्तानीमा केही मात्रा भएपनि महशुल छुट गरि सहुलियत दिने र खानेपानी मुल संरक्षण गर्ने, प्राचीन धाराहरू,कुवा,पंधेरा,पाेखरी आदि स्रोतहरूकाे पहिचान र संरक्षण ध्यान दिएको जानकारी दिनुभयो ।

वडाबाट सडक पहुँच टाेलटाेलमा पुर्‍याउने भौतिक पूर्वाधार निर्माण काम सम्पन्न गर्दै सडक निर्माणमा  नाली कटिङ अनिवार्य गरि त्यसलाई सरसफाइ गर्ने काममा जनसहभागिता गराउने गरिएको सार्वजनिक सुनुवाइमा प्रस्तुत प्रतिवेदनमा प्रस्तुत  प्रतिवेदनमा जानकारी गराइएको हाे। सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका याेजना अधिकृत काशीनाथ आचार्यले वडाअध्यक्षबाट प्रस्तुत प्रगति  प्रतिवेदन र याेजनाहरूकाे विवरण सार्वजनिक गर्दै  सम्पन्नभएका याेजनाहरू जनताकै सहभागीता र सक्रियताले नै सम्पन्न हुनेहुँदा ठेक्कामा निर्माण गर्ने  कामभन्दा जनसहभागितामा गर्ने काम धेरै गर्न  सकिने हुँदा उपभोक्ताबाट नै काम गर्दा राम्रो हुने भन्दै साेहीअनुसारकाे कार्यअघि बढेकोले पनि यस  किसिमको उपलब्धि हासिल गर्न यहाँहरू सक्षम भएको बताउँदै याेजना अधिकृत आचार्यले यसको  उपलब्धि प्राप्त गर्नमा यहाँहरूकाे भूमिका निकै महत्त्वपूर्ण रहेकाे बताउँनुभयाे।

त्यस्तै प्राविधिक शाखा प्रमुख इन्जिनियर पुरन कार्कीले वडामा विनियोजित गरिएको याेजनालाई सफल बनाउन सक्रिय हुनुपर्ने र कामको विवरण  सार्वजनिक सुनुवाइमा प्रश्न गर्न पाउने अधिकार  सुनिश्चित गर्न उपस्थित भएर जिज्ञासा राख्दा कुनै  वडाका जनता समस्या नआउने बरू कामको गुणस्तरीयता बढ्दै जाने भन्दै निर्धक्क भएर आफ्नो कुराहरू राख्नुपर्ने बताउँनुभयाे।

वडाको याेजनाका काम सम्पन्न गर्न जागरूक वडा बासी जनता र उपभोक्ता समितिकाे सक्रियताले नै सफल हुनेहुँदा वडा कार्यालयलाई शुभकामना तथा बधाई दिनुहुँदै उहाँले विकास निर्माणकाे काम गर्ने क्रममा नीतिगत रूपमा देखिने समस्यालाई मिल्ने जति व्यवहारिक भएर समाधान गरिने र कानुनमा बाँझिने समस्यालाई केहि गर्न नसकिने हुँदा त्यसमा उपभोक्ता समितिहरू चनाखो हुनअनुरोध गर्नुभयो ।  

वडा कार्यालयबाट सार्वजनिक सुनुवाइ गर्न युनिक एफएम ९४.२ मेगाहर्ज र उत्तरदायित्व त्रैमासिक पत्रिकालाई सहजीकरण गर्न दिएको जिम्मेवारी अनुसार वडाका टाेलटाेलहरूमा पुगेर भएगरेका  कामकाे बारेमा जनता संग सम्वाद र प्रश्न उत्ताेर गरि सुझाव सहितको प्रतिवेदन समेत वडामा पेश गर्ने र जनताको सुझावलाई महत्त्वका साथ पूर्ण कार्यान्वयन गर्न तयार रहेको कुरा जानकारी कार्यक्रममा गराईएकाे थियोे ।

सार्वजनिक सुुनुुवाइ कार्यक्रममा निवर्तमान वडा अध्यक्ष वडामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,युवाक्लव टाेल विकास संस्था,सामाजिक संघसंस्थाका प्रमुख भैरवस्थान स्वास्थ्य चाैकी प्रमुख अतिरिक्त हुलाक  कार्यालय प्रमुख,विद्यालयका प्रधानाध्यापक दलित समन्वय समिति प्रमुख,आदिवासी जनजाति समन्वय समिति प्रमुख, लिफ्ट खानेपानी उपभोक्ता समिति अध्यक्ष,भैरवनाथ मन्दिर व्यवस्थापन समिति अध्यक्ष, बुद्धिजीवी,समाजसेवी र पत्रकारहरूले आ-आफ्नो धारणा राख्दै उपभोक्ताहरूले काम गर्दा आफुलाई परेको समस्याहरूका बारेमा खुलेर गुनासो गर्ने तथा सुझाव दिने कार्यक्रम सार्वजनिक सुनुवाइ भएकाले यहाँहरूले प्रश्न उठाउने,जिज्ञासा  राख्ने त्यसको जवाफ पाउने पनि सार्वजनिक सुनुवाइ कार्यक्रम भएकाले उपभोक्ताहरूले खुलेर प्रश्न गर्न सक्नुपर्ने बताउँदै उहाँहरूले जहाँ सचेत उपभोक्ता हुन्छ त्यहाँकाे काम सचेतता पुर्वक हुने गर्दछ भन्दै आ-आफ्नो धारणा राख्नुभएको थियो। 

कार्यक्रमका अतिथि रिब्दिकाेट गाउँपालिकाका याेजना शाखा अधिकृत काशीनाथ आचार्यले उपभोक्ता समितिले याेजनाकाे कामगर्दा लागत अनुमानमा राखिएको इष्टिमेण्ट अनुसारको काम गरे मुल्यांकन गर्दा समस्या नहुने भएकोले साेही अनुसारकाे काम उपभोक्ता समितिबाट भएमा काम गरेपछि याेजना फरफारकमा समस्या नहुने भन्दै साेही अनुसार काम गर्न उपभोक्ता समिति र सराेकारवालालाई सुझाव सहित शुभकामना दिनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका अतिथि एवं पूर्व वडाअध्यक्ष दुर्गाप्रसाद खनालले वडाले सम्पादन गरेको कामकाे समीक्षा टिका टिप्पणीलाई सचेत  पुर्वक गुणदाेसकाे आधारमा गरिने भन्दै वडामा हुने  कामहरूमा उहाँले वर्तमान वडा सरकारबाट हाम्रो आवश्यकता महशुस गरि सहकार्य गर्न चाहेमा पूर्व जनप्रतिनिधि हैसियतले वडाका प्रत्येक काममा सघाउन तयार रहेको बताउँदै शुभकामना ब्यक्त गर्नुभयाे।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाअध्यक्षबाट   प्रस्तुत गरिएका याेजनाहरूकाे विषयमा केन्द्रीत रही भैरवनाथ मन्दिर व्यवस्थापन समिति अध्यक्ष  गाेविन्दबहादुर पाेखरेल,भैरव जनता माविका निमित्त प्रधानाध्यापक सुरेशप्रसाद गाैतम,साैरगैरा लिफ्ट खानेपानी अध्यक्ष माधव ढकाल ,कुखुरेढाप लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति  सचिव सुमन पाेखरेल,राजन खनालले सार्वजनिक सुनुवाइमा आ-आफ्नो धारणा सहितको सुझाव राख्नुभएको थियोे ।

कार्यक्रममा उठेका जिज्ञासाहरूलाई सम्वाेधन गर्दै  वडाअध्यक्ष कार्कीले सार्वजनिक सुनुवाइमा यहाँले राख्नुभएको जिज्ञासालाई अमुल्य र सकरात्मक मार्गनिर्देशन रूपमा ग्रहण गर्दै आगामी दिनमा ती प्राप्त सुझाव अनुसार अघि बढने प्रतिवद्धता ब्यक्त गर्नुहुदै वडामा सम्पादन हुने काम याेजना निर्माण   गर्नका लागि खटिनुहुने उपभोक्ता समिति टाेल विकास संस्था,अनुगमन गर्नमा खट्ने वडाका सचेत नागरिक पत्रकार साथै कर्मचारीहरूकाे सहयोगले मात्र संम्भव भएको बताउँनुभयाे।

सार्वजनिक सुनुवाइ कार्यक्रम वडाअध्यक्ष साेमकुमार कार्कीकाे अध्यक्षता र वडा सदस्य दुर्गाप्रसाद ढकालकाे स्वागतमा पत्रकार निराजन पाैडेलकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *