विकास निर्माणका काम जनताको उत्पादनसंग जाेडिनु पर्दछ मन्त्री आचार्य

पाल्पा, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा बिकास मन्त्री चेत नारायण आचार्यले बिकास निर्माणकाे कामसंगै जनता उत्पादनमा जोडिनु पर्ने बताउँनु भएको छ । मन्त्री आचार्यले निस्दी गाउँपालिका वडा नम्बर -६,अर्चले र पुर्वखाेला गाउँपालिकाको वडा नम्बर-१,सिलुवा  जाेड्ने रेचेघाट पक्कि पुलको उद्घाटन कार्यक्रममा  बाेल्नुहुदै उहाँले उक्त कुरा बताउँनुभएकाे हाे ।

उद्घाटन कार्यक्रममा बाेल्नुहुदै उहाँले बिकास निर्माणका हरेक गतिविधि जनतासंग जोडिन सक्यो भने बिकासकाे समग्र पक्षले सार्थकता पाउनेमा आफू विश्वास लिएको बताउँनुभएको छ। उद्घाटन कार्यक्रममा बाेल्नुहुदै मन्त्री आचार्यले  सामाजिक संजाल लगायत केही ठाउँहरुमा प्रदेश सम्वन्धि बिरोध गरेको देखिए पनि स्थानीय सरकारबाट सम्भव हुन नसकेका बिकास निर्माणका कामहरुमा प्रदेश सरकारको उपस्थितिले बिकासले गति लिएको समेत उहाँले बताउँनुभयाे ।
उद्घाटन कार्यक्रममा पाल्पा क्षेत्र नम्बर-१ का संघीय सांसद नारायण प्रसाद आचार्यले कृषिको निम्ति धेरै सम्भावना बोकेको पुर्वी पाल्पाको यस क्षेत्रमा प्रदेश सरकारकै सहयोगमा चार वटा पक्की पुल निर्माण हुनु सुखद रहेकाे बताउँनुहुदै उहाँले आफू प्रदेश सभा सदस्य हुँदा विकास निर्माणका कामसंगै बिद्युत बिस्तार ,सडक निर्माण ,कृषिक्षेत्र  उत्पादनका लागि सिँचाइ  लगायतका क्षेत्रमा जोड दिएर काम गरेको उहाँले बताउँनुभयाे । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले केन्द्र, प्रदेश र स्थानीय सरकारको पहलमा बिकास निर्माणका कामहरूअगाडि बढाइने उहाँले बताउँनुभयाे ।

भौतिक पुर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठ, लुम्बिनी प्रदेश यातायात पुर्वाधार निर्देशनालयका महानिर्देशक भिमार्जुन पाण्डे पुलकाे निर्माण पछि यस क्षेत्रमा उत्पादित भएको कृषि उपज बस्तुलाई बजारीकरण गर्नमा सहज हुने बताउँनुभयाे ।

उहाँले पक्की पुलमा पैदलमार्ग सहित दुई लाइनमा रहेको उक्त पुलकाे कुल लागत रू. ४ करोड ४८ लाख १० हजार ३ सय ७९ रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको उहाँले बताउँनुहुँदै महानिर्देशक पाण्डेले पुल निर्माणका लागि जय नेपाल कम्पनी र विवेक कुमार निर्माण सेवा प्रा.लि. स्याङ्जाले निर्माण कार्य जिम्मा लिई पुलकाे निर्माण कार्यलाई सम्पन्न गरेको जानकारी गराउँनुभयाे।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले स्वागत मन्तव्य राख्नुभएको थियो भने पूर्वखोला गाउँपालिकाका अध्यक्ष नूनबहादुर थापाले पक्की पुल निर्माणकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियाे ।
उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति पाल्पा सभापति टंकनाथ खनालको अध्यक्षतामा निस्दी गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *