विकू बचत तथा ऋण सहकारीले घाेषणा गर्दै : ‘पूर्ण विकू सदस्य वडा’

नवलपुर संवाददाता, गैंडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट नगरपालिकाकाे वडा नम्बर ९ लाई ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गर्ने तयारी गरेको छ। गैंडाकोट- ९ का घरपरिवारले सहकारीको ९३.९६ प्रतिशत सदस्य सहकारी संस्थामा जाेडिए संगै विकू संस्थाले ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गर्ने तयारी थालेको हो । संस्थाले विकू स्थापना दिवसको अवसर पारेर भदौ १ गते ‘पूर्ण विकू सदस्य वडा’ घोषणा गर्न लागेको हो ।

पूर्ण वडा घोषणा पश्चात् आन्तरिक आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गरिने विकू संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले जानकारी दिनुभयाे । उहाँले गैडाकाेट नगरपालिका ९ नं.वडा कार्यालयसँग सहकार्य गरी गैर वित्तीय कार्यक्रमलाई सहयोग गर्ने, सदस्यको क्षमताका आधारमा आत्मनिर्भर बनाउने कार्यक्रम गरिने अध्यक्ष सापकोटाले बताउनुभयाे ।वि.सं.२०७८ जनगणना अनुसार गैंडाकोट- ९ मा १ हजार ८० पुरुष र १ हजार १ सय ८ महिला गरी २ हजार १ सय ८८ जना रहेको बताउँदै वडामा रहेको नवजागरण सेवा केन्द्र, विकूका २४ वटा सेवा केन्द्र मध्ये तीन पटकसम्म उत्कृष्ट सेवा केन्द्रका रुपमा समेत पुरस्कृत भइसकेको सेवा केन्द्र हो उहाँले भन्नुभयो । विकू संस्थाले कर्मचारी र व्यवस्थापन उप समितिको सक्रियताले वडाका सबै नागरिक विकूका सदस्य बनेपछि वडालाई विकू सदस्य वडाकाे रूपमा घाेषणा गर्न लागिएको जानकारी दिनुभयो । जिल्लाका अन्य वडाहरुपनि पूर्ण सदस्य हुने अन्तिम चरणमा रहेकोले त्यस्ता वडालाई क्रमैसँग घोषणा गर्ने संस्थाका अध्यक्ष सापकोटाको भनाइ छ ।

विकू बचतले नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवन गरी १४३ वडामा २४ वटा सेवा केन्द्र मार्फत वित्तीय तथा गैरवित्तीय कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले कुराकानीमा जानकारी दिनुभयाे ।यसैबीच विकूले ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने तयारी गरेको छ । जस अनुसारको साउन ३०, ३१ र ३२ गते हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम, भदौ १ गते पूर्ण विकू सदस्य वडा घोषणा कार्यक्रम, भदौ २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै भदौ ५ गते कर्मचारीस्तरीय नृत्य प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रम (पिओएस मेशिन शुभारम्भ) र दीप प्रज्ज्वलनका कार्यक्रम तय गरिएको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *